काठमाडौँ, वैशाख १२ गते। अनिल गुरुङले गरेको गोल निणर्ायक बनेपछि मनाङ मस्र्याङ्दी क्लबले मङ्गलबार प|mेन्ड्स क्लबलाई १-० ले हराएर बि्रटिस गोर्खाकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
मनाङको जितसँगै अन्तिम चारमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। मनाङले बिहीबार लिग विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ। उत्तरार्द्धको पाँचौँ मिनेटमा अनिलले हेड गोल गरेपछि मनाङ लगातार तेस्रो पटक सेमिफाइनलमा पुग्यो। सुजल श्रेष्ठको कर्नर प्रहारमा आयातित खेलाडी बाईल लियोनल स्टेफनले मिलाइदिएको हेड पास अनिलले सदुपयोग गरेका हुन्।
प|mेन्ड्समाथि एकोहोरो दबाब बनाएको मनाङसामु गोलरक्षक लक्की कार्की बाधक बनेर तेर्सिएपछि हारजितको अन्तर कम भयो। खेलको ६४औँ मिनेटमा दुई डिफेन्डरलाई छलाएपछि गोलरक्षक लक्कीसँगको एक्लो जम्काभेटमा गोल गर्ने अवसर पाए पनि अनिलले लक्ष्य भेद्न सकेनन्। दुई मिनेटपछि गोलरक्षक लक्की मात्र बाधक भएको अवस्थामा पनि अनिलले बल गोलपोस्ट माथि प्रहार गरे। यसअघि, अमिर श्रेष्ठले प्रहार गरेको बल प|mेन्ड्सको गोलपोस्टमा लागेर फर्केको थियो।
खेल सकिन १४ मिनेट बाँकी रहँदा मनाङका सुलभ मास्केले पनि अग्रता दोब्बर बनाउने मौका गुमाए। प|mेन्ड्सका डिफेन्डर एवं् कप्तान दीपक गुरुङले गल्ती गरेपछि सुलभले छ गजमा बल भेट्टाएका थिए तर उनी पनि गोल गर्न सफल भएनन्।
मनाङले सोमबार मात्र आप\mनो क्लबमा भित्र्याएका विकाससिंह क्षेत्रीलाई खेलको ६४औँ मिनेटमा मैदानमा छिराएका थिए। राष्ट्रिय डिफेन्डर विकास पूर्ण रूपमा फिट छैनन्।
मनाङका प्रशिक्षक दीपेन्द्रजङ्ग शाहीले टिम अझै सेट भई नसकेकोले गोल हुन नसकेको बताए। विकास टिममा आएपछि डिफेन्स लाइन बलियो भएको छ तर अझ एक अनुभवी स्ट्राइकरको खाँचो छ, प्रशिक्षक शाहीले बताए। उनले पुलिसविरुद्ध राम्रो नतिजा निकाल्ने विश्वास पनि देखाए।
बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगिताका सेमिफाइनल बेलुकी ६ बजे ˆलडलाइटमा हुने भएको छ।
बुधबारको खेल
थि्रस्टार क्लब
हिमालयन शेर्पा क्लब