Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
नैतिक सङ्कटमा अमेरिका
रामप्रसाद आचार्य
 

अमेरिकाका लागि अफगान युद्ध भालुको कन्पट साबित भएको छ। सेना फिर्ताको तयारी गरिरहँदा तालिवानी विद्रोहीले राजधानी काबुल र तीनवटा प्रान्तमा भीषण आक्रमण गरेपछि १८ घण्टासम्म भएको पछिल्लो भिडन्तले काबुल हल्लेको छ भने गएको दश वर्षदेखि अफगान सुरक्षाको ठेक्का लिएको अमेरिकाका लागि थप चुनौती साथै नैतिक प्रश्न खडा भएको छ। भिडन्तपछि त्यहाँको जनजीवन अत्यन्तै आक्रान्त र अशान्त बनेको छ। भिडन्तका क्रममा सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण गरी ५१ जनाको ज्यान गएको छ भने ६५ भन्दा बढी घाइते भएका छन्। भौतिक संरचनामा व्यापक क्षति पनि भएको छ। १८ घण्टे युद्धलगत्तै तालिवान विद्रोहीले ठूलो नरसंहार गर्न काबुलमा विस्फोट गराउने तयारी अवस्थामा राखेको १० टन विस्फोटक पदार्थ बरामदको घटनाले त्यहाँको जनजीवन झन् त्रसित बनेको छ। पछिल्ला घटनाले अफगानिस्तानमा युद्ध लडेर शान्ति र सुख ल्याउन सकिँदैन भन्ने कुरा पुनः पुष्टि भएको छ। सार्वभौम मुलुक अफगानिस्तानमाथि गरिएको अमेरिकी नेतृत्वको सैनिक कारबाही गलत भएको कुरा घटनाक्रमले पुष्टि गरेको छ।

अनावश्यक युद्धमोह देखाउँदा अफगानिस्तान र इराकमा अमेरिकाले पनि ठूल्ाो मूल्य चुकाउनु परेको छ। अफगानिस्तान र इराकमा अमेरिकाले चाहेजस्तो राजनीतिक सुधार र शान्तिसुरक्षा सुदृढ हुन नसकेपछि त्यहाँका विद्रोहीहरूको मनोबल निकै बढेको छ। इराकबाट हार न जितको अवस्थामा अमेरिकी सेनाको फिर्तीले उत्साहित भएका विश्वका प्रमुख अतिवादी तथा आतङ्कवादी सङ्गठनहरू अल कायदा र तालिवानका नेताहरू अफगानिस्तानलाई पुनः कब्जा गर्ने अभियानलाई तीव्रता दिएका छन्। उनीहरूले शान्तिवार्तालाई बेवास्ता गर्दै युद्ध गरेर नै विदेशी सेनालाई पराजित गर्न सकिने दाबी गरेका छन्।

विशेष गरी अफगानिस्तान र पाकिस्तानको आदिवासी सीमा क्षेत्रलाई आतङ्कवादी गतिविधि गर्न 'सुरक्षित स्वर्गभूमि' बनाएका उनीहरूले त्यहाँ बसेर ठूलठूल्ाा आक्रमण गरिरहेका छन्। गत आइतवार र सोमबार काबुल र तीनवटा प्रान्तमा तालिवानले गरेको शृङ्खलाबद्ध भीषण आक्रमणले त्यहाँको शान्तिसुरक्षा कति कमजोर अवस्थामा पुगेको रहेछ भन्ने देखाएको छ। संसद् भवन, उपराष्ट्रपतिको कार्यालय, अमेरिकी लगायतका दूतावास र नाटो मुख्यालयलाई लक्षित गरी गरिएका आक्रमण र त्यसपछिको १८ घण्टासम्म नाटो आबद्ध बहुराष्ट्रिय सेनासँग भएको भिडन्तले तालिवान विद्रोहीहरू कमजोर अवस्थामा नरहेको प्रमाणित गरेको छ।

तालिवानी विद्रोहीहरूकै दबाब, आतङ्क र त्रासका कारण अफगानिस्तानमा न राष्ट्रपतीय चुनाव राम्रो भयो न संसदीय चुनावले नै जनतामा आशा जगाउन सक्यो। राष्ट्रपतीय र संसदीय निर्वाचन गराई अफगानिस्तानमा राजनीतिक सुधार गर्ने र शान्ति स्थापना गरी तालिवान विद्रोहीलाई तह लगाउने सपना पूरा हुन सकेन। दुवै चुनावको असफलताले चरम हिंसा भड्काएर सत्ता कब्जा गर्ने अतिवादी सोचका साथ युद्धको तयारीमा जुटेका तालिवानहरूको मनोबल झन् बढेको छ। पछिल्ला घटनाक्रमले त अफगानिस्तानमा शान्ति स्थापना गरी प्रजातन्त्रलाई संस्थागत गर्ने अमेरिकी चाहनामाथि गम्भीर धक्का लागेको छ।

सम्पन्न राष्ट्रपतीय निर्वाचनमा भएको धाँधली र अनियमितताको घटनाले अफगानिस्तानको नयाँ प्रजातान्त्रिक पद्धतिप्रति नै गम्भीर आघात मात्र पुर्‍याएन यस घटनाले राष्ट्रपति हमिद कारजायीलाई र अमेरिकालाई समेत ठूलो नैतिक चुनौती थपिदियो। विवादास्पद ढङ्गले दोस्रो कार्यकालका लागि चुनाव जित्नुभएका राष्ट्रपति हमिद कारजायीले पनि मुलुकलाई सही नेतृत्व दिन सक्नुभएन। उहाँले न राम्ररी प्रजातन्त्रको जग बसाल्न सक्नुभयो न तालिवान र अलकायदाको आतङ्कलाई समाप्त पार्न सक्नुभयो। तालिवानलाई सत्ताच्युत गरे पनि अल कायदा प्रमुख ओसामा विन लादेन मारे पनि आतङ्कवाद नियन्त्रणमा आउन सकेन झन् बढ्दो अवस्थामा पुगेको छ। अफगानिस्तानका लागि यो अभिशाप नै हो।

अहिलेको विषम परिस्थितिमा चारैतिरबाट विद्रोहीको घेराबन्दीमा परिसकेको र विदेशी सेनाको आडमा मात्र टिकेको अफगान सरकार र अफगानीको भविष्य सुरक्षित छैन। इराकबाटजस्तै दुई वर्षभित्र अफगानिस्ताबाट नेटोमा आबद्ध अमेरिकी लगायत सबै सेना फिर्ता हुने अवस्था छ। त्यसपछि अफगान नागरिकको भविष्य कसरी सुरक्षित हुन्छ ? यो अहम् प्रश्नको उत्तर अमेरिकाले कसरी दिने हो प्रतीक्षाको विषय बनेको छ। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px