Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
आगलागीको मौसम
 

बर्सेनि सुख्खायाममा नेपालको खासगरी तराई क्षेत्रमा भीषण आगलागीले लाखौंको क्षति हुने गरेको छ। चैत-वैशाख हाम्रो सन्दर्भमा वसन्तमात्र नभएर आगलागी ऋतुमा परिणत हुँदै गएको अनुभव गर्न सकिन्छ। यस वर्षको सुख्खायामको आजका दिनसम्म आगलागीबाट विभिन्न स्थानमा १६ जनाले ज्यान गुमाइसकेका छन्। चारकोसे झाडीदेखि चुरेसम्म्ाका विभिन्न वन खण्डमा लागेका ठूला डढेलाहरू मानवबस्तीमा प्रवेश गर्ने खतरा बढेको छ। एकातिर चोरी शिकारी र निहित स्वार्थका लागि लगाइएका डढेलो मानवबस्तीमा पसेर क्षति पुर्‍याएका छन् भने अर्कोतिर मानवीय कमजोरी र असावधानीबाट हुने आगलागी मुलुकका लागि चिन्ताको विषय बनेको छ। तराई क्षेत्रमा लस्करै एकआपसमा जोडेर बनाइने खरले छाइएका घरहरूको बीचबाट आगो सुरु भयो भने त्यो अनियन्त्रित हुँदै अन्ततः बस्ती नै सखाप नपारेसम्म ननिभ्ने भएकाले ठूलो क्षति हुनेगरेको छ। वैशाख १२ को यस्तै घटनाले सप्तरीका चार गाविसका झण्डै ३०० घर जलेर क्षति पुगेको छ। जहाँ विपन्नता त्यही विघ्न भनेजस्तै उक्त आगलागीबाट अधिकांश विपन्न्ा, दलित राम -चमार) परिवारको उठीबास भएको छ। यद्यपि अन्य जाति तथा समुदायका मानिस पनि यो भीषण आगलागीबाट प्रताडित बन्न पुगेका छन्। हातमुख जोर्ने समस्याका यस्ता विपन्नहरूलाई आगलागीको कारण गाँस र बासको समस्या एकैचोटि थपिएको छ। बाक्ला, अव्यवस्थित र कच्ची घरका कारण आगलागीको क्षतिले पहाडमा भन्दा तराईमा, सहरमा भन्दा ग्रामीण क्षेत्रमा सम्पन्नभन्दा विपन्न्ालाई, सुगममा भन्दा दुर्गममा धरै दुष्परिणाम दिने गरेका छन्। एउटा परिवार वा व्यक्तिको कमीकमजोरी र लापरवाहीका कारण निर्दोष र होसियार छिमेकी पनि आगलागी पीडित बन्नुपरेका थुप्रै उदाहरण देखिएकाले आगलागी नियन्त्रणमा व्यक्तिगत होसियारी नै यसविरुद्धको ठूलो र प्राथमिक उपचार हुन सक्दछ। यस्ता बसोबासमा सधंै सामूहिक आगलागीको सम्भावित खतरा रहिरहने भएकाले आगलागीविरुद्ध त्यस्ता बसोबासीहरूले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता पनि यस्ता घटनाले पुष्टि गर्ने गरेका छन्। आगलागी न प्राकृतिक न त दैवी प्रकोप नै हो। यसलाई मानवीय प्रयासबाट न्यूनीकरण र नियन्त्रण गर्न सकिने भए पनि यसमा सरकारको कुनै पनि दायित्व वा जिम्मेबारी रहँदैन भन्ने होइन। यस्ता समस्या बर्सेनि दोहरिएका हुन्छन् राहत र क्षतिपूर्तिको परम्परा पनि त्यसरी नै धानिएको हुन्छ मानौं यी पात्रोबद्ध नियति र नियमहरू हुन् जुन हाम्रा लागि स्वाभाविक छन्। घर बनाउँदा अपनाउनु पर्ने होसियारी, जनचेतना, तत्काल आगो नियन्त्रण र चुस्त राहत वितरणजस्ता कार्यमा सरकारले गर्ने प्रभावकारी कामबाट आगलागी नियन्त्रण र त्यसका असरलाई कम गर्न सकिन्छ।

आगलागी हुन नदिनु पहिलो बुद्धिमानी हो। घटना भइसकेपछि पीडितलाई तत्काल मानवीय सहयोग उपलब्ध गराउनु त्यस्तै पहिलो कर्तव्य हो। सरकारले केन्द्रमा गृह मन्त्रालय र जिल्लामा प्रमुख लिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला दैवी प्रकोप समिति बनाएको छ। यसैगरी रेडक्रस सोसाइटी र विभिन्न सामाजिक संघसंस्थाले पनि यस्तो विपत्तिमा सघाउँदै आएको सन्दर्भमा प्रथमतः यस्ता सहयोगलाई तत्काल पीडितसम्म्ा पुर्‍याउन सबै प्रकारका प्रशासनिक औपचारिकता हटाई स्थलगत सहयोगमा उच्च्ा ध्यान दिनुपर्दछ। स्थलगतरूपमा प्रमाणित भइसकेपछि त्यसलाई कागजी र प्रसाशनिक/कानुनी प्रक्रिया पुर्‍याउने नाममा पीडितलाई सहयोग उपलब्ध गराउने कामलाई सुस्त बनाउनु हुँदैन। आगलागी भएपछि पीडितले प्रहरी प्रशासनमा जाहेरी दिनुपर्ने, प्रहरीले त्यसको सिफारिस सिडियो कहाँ पठाउनु पर्ने, सिडिओले दैवी प्रकोप समितिको बैठक बोलाउनु पर्ने र क्षतिको मूल्याङ्कन गरी बल्ल राहत वितरण गर्ने लामो कागजी प्रक्रियालाई छोट्याएर स्थलगत राहत वितरण प्रणालीको अवलम्बन गर्नु सान्दर्भिक हुन्छ। यसोगर्दा क्षतिको यथार्थ मूल्याङ्कन र पीडितको पहिचानका लागि घटनास्थलमा समिति सदस्यहरूको सामूहिक उपस्थिति र निर्णय आवश्यक हुन सक्दछ। साथै आगलागीका समस्यालाई न्यूनीकरण गर्न कम्तिमा पनि तीन चरणका कार्यक्रमहरूलाई सरकारी र नागरिकहरूको समन्वयात्मक प्रयासबाट अघि बढाउनु पर्दछ। जसका लागि आगलागी अघि र पछि गर्नुपर्ने कामलाई व्यवस्थित गर्न सकिन्छ। आगलागी अघि त्यसको नियन्त्रणमा जनचेतना, सुरक्षित चुलोको प्रचार, आगलागीका बेला आगो नियन्त्रक र दमकलको उचित परिचालन तथा उद्धार र पुनर्निर्माणका लागि विभिन्न प्रावधानमा जस्तापाता लगायत सुरक्षित सामग्री वितरण, काठका सट्टा सुधारिएको बिजुलीका पोलजस्ता खाँबा उपलब्घ गराएर घटनाको पुनरावृत्तिलाई न्यून गर्न सकिनेतर्फ सम्बन्धित पक्षको ध्यान जानु आवश्यक पर्दछ। á

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px