काठमाडौँ, वैशाख १३ गते। नेपाल क्रिकेट सङ्घ -क्यान)ले बुधबार एसीसी यु-१६ इलाइट कप क्रिकेट प्रतियोगिताका लागि टिम चयन गरेको छ।
क्रिकेट सङ्घद्वारा गठित चयन समितिले बन्द प्रशिक्षणमा सहभागी १९ जना खेलाडीमध्येबाट १४ खेलाडीको चयन गरिएको हेा। वैकल्पिकमा चार खेलाडी छन्।
मलेसियामा वैशाख २२ गतेदेखि ३१ गतेसम्म यु-१६ क्रिकेट हुँदैछ। सो प्रतियोगितामा खेल्नका लागि चयन गरिएको टिममा दीपेन्द्र चन्दलाई कप्तानको जिम्मेवारी दिइएको छ। अन्य खेलाडीमा आदिल खान, रुपेश बाँस्तोला, कालिचरण यादव, शशीभूषण मिश्र, मुकुन्द यादव, नुरध्वज सेन, जगदीश चन्द, अल्फाज मन्सुरी, आकाश विष्ट, रविन गुप्ता, अनुप न्यौपाने, आसिफ शेख र कुशल भूर्तेर्ेल छन्। नितेश ठाकुर, लोकेश झा, अजय साहनी र
हेमन राई वैकल्पिकमा परे।