बाँके, वैशाख १३ गते। बाँकेको बागेश्वरी गाविस-७ इगाउँमा सहिद सेतु विक स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
दर्पण युवा समूह बाँकेले वैशाख २५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने बताएको छ। प्रत्येक वर्ष लोकतन्त्र दिवसको अवसर पारेर दर्पण युवा समूहले सहिद विकको जन्मस्थान इगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।
यसैबीच दर्पण युवा समूहको मङ्गलबार भएको भेलाले लोकबहादुर बिसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा रविन्द्र विक, सचिवमा भोलाकुमार मल्ल, सहसचिवमा धनबहादुर सुनार, कोषाध्यक्षमा उज्वल बिसी र सदस्यहरूमा पुना घले र रोही सुनार चयन भए।