डोमिनिका, वैशाख १३ गते। विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले आप\mनो पहिलो टेस्ट शतक बनाएपछि वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन अस्ट्रेलियाको स्थिति बलियो भएको छ।
पहिलो दिन एक समय १६९ रनमा सात विकेट गुमाइसकेको अस्ट्रेलियाले वेडको शतकीय पालिको मद्दतमा ३२८ रन बनाई पहिलो पालिको समापन गर्यो। दोस्रो दिनको खेल सकिँदा घरेलु टिम वेस्ट इन्डिजले १६५ रनमा आठ विकेट गुमाइसकेको छ। अस्ट्रेलिया अहिले १६३ रनले अगाडि छ।
वेडले १०६ रनको पालि खेले। वेड २२ रनमा छँदा केमर रोखले आप\mनै बलिङमा क्याच छोडेका थिए। वेस्ट इन्डिजले सो गल्तीको ठूलो मूल्य चुकाउनु पर्यो। वेडले आठौँ विकेटका लागि वेन हिल्फेनहाउसँग मिलेर २० ओभरमा १०२ रन जोडेर अस्ट्रेलियालाई बलियो स्थिमिा पुर्याए।
वेस्ट इन्डिजका लागि अफस्पीनर तथा स्थानीय बलर शेन सिलिङफोर्डले सर्वाधिक छ विकेट लिए। टेस्ट क्रिकेटमा यो उनको सर्वश्रेष्ठ प्रदर्शन हो।
अस्ट्रेलियाले वेस्ट इन्डिजको पहिलो पालिमा चाँडै विकेट लिएर आप\mनो प्रभाव जमायो। प्रारम्भिक ब्याट्सम्यान क्रेग ब्रेथवेटलाई हिल्फेनहाउसले शून्यमा नै पभेलियन फर्काए। ब्रेथवेटले रनको खाता खोल्न नसकेको यो लगातार तेस्रो पटक हो। यसैगरी, पछिल्ला १६ पालिमा उनी छ पटक शून्यमा आउट भएका छन्।
वेस्ट इन्डिजले ४१ रनमा पाँच विकेट गुमाएको थियो। शिवनारायण चन्दरपल -३४ रन) र रवि रामपाउल -२४ रन)ले नवौँ विकेटका लागि अविजित ४५ रनको साझेदारी गरेपछि मात्र घरेलु टिमले केही मात्रामा राहत प्राप्त गर्यो। वेस्ट इन्डिजको पालिमा स्पीनर नाथन लियोनले तीन विकेट लिइसकेका छन्।