काठमाडाँै, वैशाख १३ गते। थि्रस्टार क्लब बुधबार हिमालयन शेर्पा क्लबलाई बल्लतल्ल १-० ले हराएर बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगितामा फाइनलमा पुगेको छ। थि्रस्टार पछिल्ला दुई संस्करणको विजेता टिम हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्िगएपछि थप गरिएको समयको १७औँ मिनेटमा विक्रमले गोल गरे। जुन गोल नै निणर्ायक बन्यो। सोही गोलले नै थि्रस्टार उपाधि हृयाटि्रकको नजिक पुगेको छ। थि्रस्टारले फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीचको विजेताविरुद्ध शनिबार खेल्नेछ। पछिल्ला दुई संस्करणमा उपाधि जित्ने क्रममा थि्रस्टारले मनाङलाई हराएको थियो।
म्यान अफ द म्याच विक्रमले रवि थापाको लामो क्रस बललाई हेडमार्फत गोलपोस्टमा छिराएका हुन्। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसके पनि खेल प्रतिस्पर्धात्मक थियो। दुवै टिमले गोलको खोजीमा कैयौँपटक आक्रमण गरेका थिए।
खेलको चौथो मिनेटमा गणेश खड्काले डिबक्स नजिकबाट प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरियो। थि्रस्टारले पनि हिमालयन शेर्पाका गोलरक्षक विनय श्रेष्ठलाई व्यस्त राखेको थियो। यद्यपि थि्रस्टारका फरवार्ड सन्तोष साहुखल, विशन गौचन र योगेश गुरुङ गोल गर्न असमर्थ बने।
अतिरिक्त समयमा हिमालयन शेर्पाले दबाब बनाएको थियो। जसको परिणामस्वरूप हिमालयन शेर्पाले तीनपटक गोल गर्ने अवसर प्राप्त गर्यो। खेलको ९७औँ मिनेटमा दिनेश कार्कीको पासमा कुञ्जन गुरुङको हेड थि्रस्टारका गोलरक्षक किरण चेमजोङले विफल पारे। खेलको ११५औँ मिनेटमा दिनेशले प्रहार गरेको कर्नरमा सचिन्द्र धिमालले मौका पाए पनि गोल गर्न सकेनन्। दुई मिनेटपछि गणेशले पनि सानो डिबक्सबाट बल गोलपोस्टमा छिराउन सकेनन्।
थि्रस्टारका प्रशिक्षक मेघराज केसी जितपछि आजको खेललाई फाइनलसरह भन्न पछि परेनन्। दुवैको सम्भावना उत्तिकै थियो, धेरै अवसरमध्ये एकको सदुपयोग भयो, सोही गोलले हामीलाई फाइनलमा पुर्यायो, उपाधि रक्षाका निम्ति हामी तयार छौँ, पुलिस वा मनाङ जो भए पनि उपाधि जित्न हामी भरमग्दुर प्रयास गर्नेछौँ, प्रशिक्षक केसीले भने।
हिमालयन शेर्पाका प्रशिक्षक नवल गुरुङ हारपछि पनि खुशी देखिए। रोमाञ्चक खेल भयो, केटाहरूको प्रदर्शनमा म गौरव गर्न सक्छु, हामीसमक्ष पनि फाइनलमा पुग्ने मौका थियो, तर मौकाको सदुपयोग हुन सकेन, प्रशिक्षक गुरुङले बताए।
बिहीबारको खेल
मनाङ मस्र्याङ्दी क्लब - नेपाल पुलिस क्लब