Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
सर्पको गति नहोस् है
निर्मलकुमार आचार्य
 

भनिन्छ, सर्पले छुचुन्द्रो समात्यो भने ठूलो सङ्कट आइलाग्छ। छुचुन्द्रो छाडेमा सर्प अन्धो हुनपुग्छ भने छुचुन्द्रो खाएमा सर्पलाई अति पीडा हुन्छ।

समकालीन राजनीतिमा यो प्रसङ्ग निकै सटीक बनेको छ। सङ्घीयतालाई छुचुन्द्रो मान्ने हो भने नेताहरूलाई सर्पको प्रतीक मान्न सकिन्छ। ठीक भए पनि, बेठीक भए पनि समातिएको सङ्घीयता अब छाड्ने स्थिति छैन। जबर्जस्ती वा विभिन्न बहाना तेस्र्याएर सङ्घीयता छाड्ने काम भएमा नेताहरू आँखाका होइनन्, बुद्धिकै दृष्टिविहीन ठहरिनेछन् र जे जस्तो खालको भए पनि हतारमा सङ्घीयता अँगाल्दा लामो पीडाले नेताहरूलाई नछाड्ने निश्चित छ।

पोहोर सालै संविधान आएको भए के हुन्थ्यो भन्न सकिँदैन तर अब भने सङ्घीयताबेगरको संविधान असम्भव बनेको छ। विभिन्न तह र तप्काबाट चर्को खबरदारी भइसकेकाले प्रस्तावनामा सङ्घात्मक शब्द मात्र राखी तपसिलका कुरा पछि मिलाउने चतुर्‍याइँपूर्ण तारतम्य पनि एकादेशको कथा बनिसकेको छ। सङ्घीयतासँग कुनै साइनो नगाँसिएको र खण्डखाद्यले पछि आएर स्वीकारेका काङ्गे्रस, एमालेलगायका दलका लागि मात्र होइन, न्वारानदेखिको बल लगाएर सङ्घीयताको खाँडो जगाउँदै आएका माओवादीका लागि समेत अहिले यो भाउँतो भएको छ।

सङ्घीयताको विरोध गर्नेका पृष्ठभूमि, स्वर र सङ्ख्याका तुलनामा सङ्घीयताको वकालत गर्ने बुलन्द रहेकाले पनि सङ्घीयता मुलुकको अपरिहार्य आवश्यकता बनेको छ। सङ्घीयता आवश्यक छ कि छैन ? भन्नेबारे बहस नचल्नुले पनि यसको औचित्य स्वतः उजागर गरेको छ। सङ्घीयता अधिकांश नेपालीको स्वीकार्य विषय बने पनि जातीय पहिचान, अग्राधिकार एवं आत्मनिर्णयको अधिकार आदि प्रश्नले भने सबैलाई गिजोलेको छ।

संविधानसभाको आयु अब केवल ३१ दिन बाँकी छ। आउँदो जेठ १४ गतेभित्र संविधान घोषणा हुन नसके संविधानसभाको औचित्य निरर्थक ठहरिने मात्र होइन, अहिलेसम्म भए, गरेका तमाम राजनीतिक चरणसमेत प्रश्नचिन्हभित्र पर्नेछन्। मुलुक भयावह संवैधानिक एवं राजनीतिक सङ्कटमा जाकिनेछ र सोच्दै नसोचिएको अराजक स्थिति सिर्जना हुने आशङ्का छ।

राजनीतिक दल ढिलै भए पनि पछिल्लो समयमा शान्ति, संविधानप्रति गम्भीर देखिएका छन्। माओवादी लडाकू समायोजनको प्रक्रिया अघि सरेको छ भने संविधान निर्माणका विवादित विषय सुल्झाउने प्रयत्न आशाजनक रूपमा चलेका छन्। नागरिकता र न्यायप्रणाली जस्ता पक्षमा पनि राजनीतिक सहमति जुट्नुलाई शुभसङ्केत मान्नुपर्छ। जनसाधारणका निम्ति खासै टाउको दुखाइको बिन्दु नबनेको तर दलबीच खिँचातानीको रबड बनेको शासकीय स्वरूपमा पनि सहमति जुर्नेमा शङ्का रहँदैन। राज्य पुनःसंरचना अर्थात् सङ्घीयताको पक्ष चाहिँ अवश्य पनि गाह्रो गुत्थी हो।

यतिखेर जातीय राज्यको माग, नारा, भाषण र दबाब बढेका छन् भने त्यस विपरीतका धारणा पनि चर्कनथालेका छन्। एकातिर जातीय राज्यको मागका साथ बन्द र जनप्रदर्शन भइरहेका छन्, अर्कोतिर त्यसको विपक्षमा बन्द, प्रदर्शनका चक्र पनि चलेका छन्। जातीय राज्यका सम्बन्धमा दलबीच मात्रै होइन, अन्तरदलीय धु्रवीकरणसमेत बढ्दो छ। जातीय राज्यको अवधारणा ल्याउने माओवादीभित्रै पनि अहिले आएर पृथक् मत राख्नेहरू छन्।

सङ्घीयताकै औचित्यका सम्बन्धमा सम्पूर्ण नेपाली एकमत नभएको वस्तुस्थितिमा जातीय राज्य हुनैपर्ने र हुनै नहुने वादविवादले आम नेपालीको सौमनस्यबीच कुठाराघातको काम गरिरहेको छ। लोकतन्त्र र गणतन्त्रको प्राप्तिपछि गरिबी निवारण गर्दै मुलुकलाई दुनियाको टक्करमा अघि बढाउन उद्यत रहनुपर्ने वीर नेपाली जात, जातिको चक्करमा यसरी फस्नथाल्नुलाई उदेककै कुरो मान्नुपर्छ।

अनेक जाति, अनेक भाषा र अनेक संस्कृति भएको नेपालमा सबै जाति, सबै धर्म, सबै भाषा र सबै क्षेत्रको समुन्नति हुनुपर्नेमा दुईमत रहँदैन। अझ खासगरी नेपालजस्तो देशमा समग्र नेपालीको उत्थानका निम्ति वर्गीय चिन्तन जरुरी छ। मुलुक सङ्घीयतामा गएपछि प्रदेशमा भएका तमाम पिछडिएका वर्ग, सीमान्तकृत समूहको उत्थानका मार्ग सुरुमै तय हुनुपर्छ। अन्यथा जात, जाति, क्षेत्र विशेषका नाममा फेरि तिनै ठूलाठालु, चलाखहरूले नै दुनो सोझ्याइरहनेछन्। सङ्घीयताको मूल उद्देश्य नै सङ्घ वा प्रदेशभित्रका जनताका हक, अधिकारको प्रत्याभूति र तिनको समुत्थान रहेकाले समावेशी, सहभागितामूलक, समतापरक नीति तथा दर्शन आजको माग बनेको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवाधिकारका घोषणा तथा अनुबन्धको पालना प्रत्येक प्रदेशका निम्ति अनिवार्य बनाउन चुक्नुहुँदैन। हिजो एकथरीको शोषण, उत्पीडन, अन्याय, अत्याचार थियो भनी अर्काथरीले त्यस्तै क्रम चाल्नथालेमा मुलुक झनै भयावह खाडलमा जाकिने पक्का छ।

के कसरी प्रदेश बनाउँदा सबै जात, जाति, धर्म, क्षेत्र, लिङ्ग, सम्प्रदाय एवं समुदायबीच परम्परागत सुसम्बन्ध कायम रहनेछ र प्रगतिको स्वणिर्मद्वार पनि उघ्रनेछ, त्यतातिर सम्बद्ध सबै अगुवा नेता गम्भीर हुनैपर्छ। तत्कालको तातो ताबाबाट उम्कन अवाञ्छनीय निर्णय कोही कसैबाट लिइनु हुँदैन। संविधान जारी हुने बेलामा अर्कोतिर च्यात्ने, बाल्ने अवस्था सिर्जना नहोस्। यसका लागि तमाम सरोकारी पक्षलाई विश्वासमा लिई समधुर सम्बन्ध विस्तारसहित अग्रगति अँगाल्नु श्रेयष्कर ठहरिनेछ।

मुलुक र मुलुकवासीको सर्वोत्तम हितका लागि शान्ति र संविधान निर्माणका काममा लागेका नेताहरूले दलगत स्वार्थलाई तिलाञ्जलि दिनैपर्छ। दलका एक, एक क्रियाकलापप्रति जनताका नजर रहेका छन्। थोरै चुक हुँदा पनि गुमाउनुपर्ने केवल नेताले हो, जनताले होइन। त्यसैले ३८५ सदस्यीय सङ्घीय व्यवस्थापिका-३२५ प्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रिय सभा)जस्तो राष्ट्रिय अर्थतन्त्रले नधान्ने जम्बो संसद्को अवधारणा सच्याउनैपर्छ। दलीय स्वार्थलाई सर्वोपरि राखिएकाले जम्बो संसद् बनाउने धारणा आएको आम गुनासो सर्वथा उचित छ। यस्ता कुनै पनि निर्णयमा मेरो, तेरो र दलको भावनाले खेल नखेलोस् र अब बन्ने संविधान, आम नेपालीको प्राण प्यारो, दिगो संविधान बनोस्, यही अपेक्षा रहेको छ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px