Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
मेरो सबैभन्दा आनन्ददायी अनुभव
- बीपी कोइराला
 

मेरो जीवनको सबैभन्दा आनन्दायी अनुभव म प्रधानमन्त्री हुँदाको अनुभव होइन। मेरी दुलहीले म प्रधानमन्त्री बन्ने कुराको घोर विरोध गरेकी थिइन्। उनले यति विरोध गरिन्, त्यसपछिका केही कार्यक्रम समारोहहरूमा उनी मसँग सामेल नहुने भइन्। साँच्चै भन्दा मेरो जीवनको सबैभन्दा आनन्ददायी अनुभव वा स्मृति हालसालैको एउटा घटना भएको छ। त्यसबारे म तपाईंलाई भन्छु। म एउटा गाउँको भ्रमणमा थिएँ। एउटी १९/२० वर्षकी एकदम राम्री र स्वस्थ केटी मकहाँ आइन्। तिनी शिवजीको मन्दिरमा पूजा गरेर आएकी रहिछन् र निधारमा पूजाको टीकासमेत लगाएकी थिइन्। म अति नै व्यस्त थिए। तैपनि तिनले एकपटक भेट गर्ने आग्रह गरिछन्। मेरा साथीहरूले तिनलाई म भएका ठाउँमा ल्याएपछि उनले म एक्लै भेटेर कुरा गर्न चाहन्छु भनिन्। अनि हामी एक्लै कुरा गर्न थाल्यौँ। उनले मलाई भनिन्, उनी आˆनो जीवन मलाई अर्पण गर्न भनेर मन्दिर गएकी थिइन्। म बिरामी छु र चाँडै नै शल्यक्रियाका लागि दिल्ली जाँदैछु भन्ने उनलाई थाहा रहेछ। ती अविवाहिता षोडसीले खाउँखाउँ र लाउँलाउँ वयमा उभिएर आˆनो जीवन देवमन्दिरमा गएर मलाई अर्पण गरिछन्। मैले भने- 'यो त ज्यादै ठूलो उपहार भयो, त्यसको बदलामा म तिमीलाई के दिन सक्छु ?' उनले भनिन्- 'तर म तपाईंले दिनुभएको उपहार लिन बाँचिरहने छैन, म त मरिहाल्छु नि।' म त्यो दिन प्रसन्नतावश रोएँ। त्यो मेरो जीवनको सबैभन्दा आनन्दको स्मृति हो।

केही दिनअघि केही बूढाबुढीहरूको हूल मेरो घरतिर आइरहेको मैले देखें। अनि ती मान्छे को हुन् भनेर मैले सोधें। उनीहरू मलाई भेट्न आएका भनेर मलाई भने। उनीहरू शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न भनेर तराईको कुनै गाउँबाट यहाँ आएका थिए र दर्शन गरेर घर फर्किंदै थिए। मैले उनीहरूलाई भनेँ 'पूरा तीन दिन हिँड्न बाँकी नै छ र मलाई भेट्न आएर आˆनो समय मात्र किन खेर फाल्नुभो ?' तिनीहरूको अगुवाले भन्यो- 'हैन नभेटीकन जाने हो भने त गाउँका मानिसहरूले उनीहरूलाई गाली गर्छन्। काठमाडौँ त गयौ, तर बीपी कोइरालालाई नभेटीकनै आयौ ?' अनि तिनीहरूले आˆनो घर लान भनेर मेरो तस्बिर मागे। मानिसहरूले आफूलाई त्यस्तो स्नेह गरेको देख्ता प्रसन्न नभइकन को रहन सक्ला ?

-प्रदीप गिरिद्वारा सम्पादित 'विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख' कृतिबाट लिइएको एक अंश।)

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px