Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
आर्थिक कूटनीतिलाई बढावा दिने नवनियुक्त राजदूतहरुको दृढता
सीताराम विलासी
 

काठमाडौँ, वैशाख १५ गते। उदार एवं प्रतिस्पर्धी वर्तमान विश्वअर्थतन्त्रमा आर्थिक कूटनीतिक अपनाउन नसक्ने जुनसुकै मुलुक पछाडि पर्ने कुरा सिद्ध भइसके पनि नेपालको अवस्था भने अलममलमै छ।

विश्वका हरेक मुलुकहरूले आफ्नो परराष्ट्र नीति आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्दि्रत गरिरहेको बेलामा नेपालले भने आर्थिक कूटनीतिमा खासै परिवर्तन गर्न नसकेको गुनासो गरिएको छ।

अन्तर्राष्ट्रियस्तरमा १० वर्षे सशस्त्र द्वन्द्वको छाप अझै मेटाउन नसकेको नेपालले राजनीतिकरूपमा ठूलो परिवर्तन गर्न सफल भए पनि आर्थिक विकास र बाहृय अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्ने कुरामा भने अझै ठोस रणनीति तथा कार्ययोजना तयार गर्न सकेको छैन।

व्यापारिक सम्बन्ध रहेका अधिकांश मुलुकसँग घाटा चुलिँदै गए पनि आर्थिक विकासको प्रचुर सम्भावनाबाट कसरी लाभ लिने भन्ने कुरामा सरकार, राजनीतिक नेतृत्व, विदेशस्थित कूटनीतिक नियोगहरू अझै अन्यौलमा रहेको विज्ञहरूले बताउँदै आएका छन्। पर्याप्त साधन स्रोतको अभाव र आर्थिक मुद्दामा स्पष्ट राष्ट्रिय नीतिबिना नै काम गर्दै आएका नेपाली दूतावास र मिसनहरूलाई द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने माध्यम तथा निजी क्षेत्रको सम्पर्क केन्द्र बनाउन निजी क्षेत्रले जोड दिएको छ।

नेपाल उद्योग परिसङ्घले आर्थिक कूटनीति विषयमा नवनियुक्त राजदूतहरूसँग शुक्रबार आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरूले विश्व आर्थिक प्रतिस्पर्धा र परिवर्तनसँगै व्यवसाय गर्ने तरिका, सोच, लगानी प्रवर्द्धनको संरचना फेरिएकोले नेपालका कूटनीतिक नियोगहरूलाई पनि आफ्नो कार्यशैली र मनस्थितिमा परिवर्तन गर्न सुझाव दिएका थिए।

वैदेशिक लगानी आकर्षण, औद्योगिकीकरण तथा व्यवसायीकरण, निर्यात प्रवर्द्धन, पर्यटक आकर्षण गरी मुलुकमा पुँजीको विकास गर्ने कुरामा आर्थिक कूटनीतिलाई केन्द्रबिन्दुमा राख्न राजदूतहरूलाई उनीहरूले आग्रह गरेका थिए।

प्रतिउत्तरमा नवनियुक्त राजदूतहरूले नेपाललाई आर्थिक लाभ हुने र व्यावसायिक क्षेत्रलाई प्रोत्साहन हुनेगरी काम गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै कुन मुलुकसँग के कस्तो आर्थिक सम्भावना छन्, त्यसबाट नेपालले के कस्ता लाभ लिनसक्छ भन्ने कुराको सूचना र सुझाव आफूहरूलाई जरुरी रहेको बताएका थिए।

पाकिस्तानका लागि नवनियुक्त राजदूत भरतराज पौडेलले आप\mनो चार वर्षे कार्यकालमा आर्थिक मुद्दालाई प्राथमिकता दिएर काम गर्ने र रणनीति नै आफूले तयार गरेको भन्दै पाकिस्तानबाहेक आफूले हेर्ने अफगानिस्तान, टर्कीलगायतका मुलुकमा नियमित रूपमा बिजनेस टू बिजनेस -बीटूबी) मिटिङ गर्ने, व्यापार मेला एवं महोत्सवहरूमा नेपालको सहभागिताको लागि पहल गर्ने, ती मुलुकमा काम गर्ने नेपालीको लागि सक्दो सहयोग गर्ने बताउनुभयो।

निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी काम गर्ने कुरामा आफूबाट कन्जुस्याई नहुने स्पष्ट पार्दै उहाँले कुन मुलुकमा कुन वस्तु निर्यातको सम्भावना छ, त्यसको गुणस्तर र नियमितताको सुनिश्चितता हुन्छ हुँदैन, ती कुराहरूको सूचना दूतावासलाई दिगोरूपमा उपलब्ध गराउने कुरामा निजी क्षेत्रले ख्याल गर्नुपर्ने बताउनुभयो।

पौडेलले पाकिस्तानसँगको व्यापारको सम्भावना निष्त्रिmय अवस्थामा रहेको भन्दै पाकिस्तानमा निर्यातको सम्भावना रहेका चिया, अलैँची, पश्मिनाको निर्यात बढाउन पहल हुने बताउनुभयो।

म्यानमारका लागि राजदूत पारस घिमिरेले आर्थिक कूटनीतिबिना अहिलेको समयमा कुनै पनि मुलुक अगाडि बढ्न सक्दैन भन्नुभयो। आफूहरूको मुख्य काम व्यावसायिक सम्बन्ध बढाउन जोड दिनु हो भन्दै उहाँले व्यापार तथा लगानीबाहेक सेवा उद्योगलाई हामीले प्रवर्द्धन गर्नसक्नुपर्छ भन्नुभयो।

त्यहाँ कार्यरत गैरआवासीय नेपालीसँग मिलेर व्यावसायिक तथा पर्यटन प्रवर्द्धनमा काम गर्ने बताउनुभयो।

इजरायका लागि राजदूत प्रल्हादकुमार प्रसाईले दूतावासहरूले गर्नुपर्ने कामका लागि आफू तयार रहेको तर त्यसका लागि नियमित सम्पर्क र सूचना दिने काम व्यावसायिक क्षेत्रले गर्नुपर्ने बताउनुभयो।

आफूहरूलाई आर्थिक कूटनीतिलाई प्राथमिकता दिएर काम गर्न सरकारीस्तरबाट निर्देशन दिइएको जानकारी दिँदै उहाँले इजरायलसँग रहेको सम्भावनाहरू वैदेशिक रोजगारी, कृषिको विकास, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा व्यावसायिक क्षेत्रसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो।

रसियाका लागि राजदूत रवीमोहन श्रेष्ठले रसियासँग आर्थिक विकासको निकै सम्भावना रहेको बताउँदै रसिया नेपालको जलविद्युतलगायतका क्षेत्रमा ठूलो लगानी गर्न इच्छुक भए पनि त्यो लगानी भित्र्याउने कुरामा नेपाल असफल रहेको आफूले पाएको बताउनुभयो। कूटनीतिक व्यक्तिबाट प्रतिबद्धता भए पनि दूतावासको सीमित साधनस्रोतले पर्याप्त काम गर्नसक्ने अवस्था नरहेको बताउँदै उहाँले यस कार्यमा सघाउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो।

ब्रसेल्सका लागि राजदूत राममणि पोखरेलले हाम्रो सम्भावना के मा छ त्यो हेरेर मात्र अन्य मुलुकसँग आर्थिक सम्बन्ध अगाडि बढाउँदा त्यो सफल हुन्छ भन्दै विश्वमा हाम्रो मुलुकको भौगोलिक स्थिति, हावापानी जस्ता कुराहरूलाई हेरेर उत्पादन र निर्यातको योजना बनाउनु पर्ने बताउनुभयो।

उहाँले ब्रसेल्स युरोपको सानो मुलुक भएकोले ठूलो लाभ लिन नसके पनि युरोपेली समुदायबाट हुने सफ्टवयर सहयोगलाई उत्पादनमूलक क्षेत्रमा पनि लगाउन सकिए त्यो प्रभावकारी हुने बताउनुभयो। नेपालमा उत्पादित वस्तु विश्वकै यूनिक रहेकोले यसको प्राङ्गारिक उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजारमा राम्रो निर्यात हुने पाखरेलको भनाइ थियो।

अस्ट्रेलियाका लागि राजदूत रुद्रकुमार नेपालले अस्ट्रेलियासँग व्यापार र पर्यटनको राम्रो सम्भावना रहेको र त्यसलाई बढाउन सकिए पनि ठूलो उपलब्धि हुने बताउनुभयो। उहाँले आर्थिक मुद्दाहरूमा दोहोरो लाभको कुरा हुने भएकोले नेपालले पनि त्यो किसिमको आकषिर्त दिनसक्नुपर्ने बताउनुभयो।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विनोद चौधरीले आर्थिक कूटनीति प्रभावकारी हुन नसके अबको आर्थिक विकास दिगो नहुने भन्दै निजी क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई परिचालन गरी आर्थिक कूटनीति अघि बढाउने कार्यनीति बनाउनुपर्ने बताउनुभयो।

परिसङ्घले विदेशी लगानी बढाउन सूचना पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै परिसङ्घ जस्ता संस्थामार्फत यस सम्बन्धी जानकारी गराउने प्रक्रिया नियमित गर्नुपर्ने, नेपालमा लगानीको वातावरण निर्माण गर्नुपर्ने, दूतावासमा सूचना प्रणालीलाई सुधार र व्यवस्थित गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार बस्नेतले दूतावासहरूको आर्थिक बोझ नबढाइकन पनि आर्थिक कूटनीतिलाई बढावा दिन सकिने भन्दै नेपालमा बढ्दो व्यापार घाटा कम गर्न, लगानी बढाउन दूतावासबाट हुने प्रयास प्रभावकारी हुने बताउनुभयो।

 

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px