Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
शनिवार
'चामलमा खोल लगाएपछि धान'
जुनार बस्नेत
 

धान कसरी बन्छ ? जवाफ थियो, ''चामलमा खोल लगाएपछि धान बन्छ।'' सिबी रमण अडिटोरियम हलमा गलल... हाँसो फैलियो। काठमाडौँ विश्वविद्यालय, धुलिखेलको सानो टाकुरो। टाकुरको टुप्पोमा बनेको त्यो हल। हलमा प्याजको बोक्रा छोडिँदै छ- मिडिया अनुसन्धानका नाममा। अनुसन्धानको मिहिन विश्लेषणमा चासो धेरैलाई छ, चैतको २० गते २०६८ को दिन। एक दिनको समय धेरैले अनुसन्धानवरिपरि समर्पण गरेका छन्। तीन पुस्ताको जमघट छ त्यहाँ। र, धेरैको सक्रिय सहभागिताको माहोल पनि। चानचुन पौने दर्जन कार्यपत्र छन्। पाका पुस्तादेखि 'टीनएज' पार गर्दै गरेकासम्म हषिर्त छन्। मिडियाका अनेक विषयको चासो र जिज्ञासाका भोक मटिनेमा ढुक्क। लालध्वज देउसा राईदेखि ६ "क" को सुन्दर सपनासँगै पत्रकारिता अध्ययनमा लागेको पछिल्लो पुस्ता, त्यसमा पनि युवकभन्दा युवतीको बाक्लो उपस्थिति र सक्रियता छ। सबैले बेग्लै अनुभव गरिरहेका छन्। बस चढेर अलि पर पुगेकाले नियमित कामका चाप र चासो छैन।

धान प्रसङ्गको हाँसो सकिएपछि गुत्थी खुल्छ। यो जवाफ स्नातक तह पार गरेका कुनै युवाले व्यावसायिक जीवनमा प्रवेश गर्न अन्तर्वार्ताक्रममा दिएको हो। अध्ययन र अनुभवबीचमा परेको खाडलको चर्चा हुँदै थियो त्यहाँ। स्नातक गरिसकेको जनशक्तिले त्यसो भन्न सक्छ र ? धेरैको मनमस्तिष्कमा खेलेको प्रश्न हो, यो। तर, हाम्रो शिक्षा प्रणाली र कथित सहरी जीवनको आयाम खोतल्दै गयौँ भने सत्यको नजिक पुग्न सकिन्छ। अनुभवसिद्ध ज्ञानबाट टाढा हुँदै गएपछिको प्रतिफल पनि हो- चामलमा खोल लगाएपछि बन्ने धानका कुरा। ब्याड कसरी राखिन्छ ? धान कसरी उम्रन्छ ? कस्तो बेर्ना रोपिन्छ ? मल, पानी, गोडमेल इत्यादि हुँदै धान पाक्ने, चुट्नेलगायत केही नदेखी र नभोगी चामलमात्र देख्नेका लागि सही जवाफ हुन सक्छ- चामलमा खोल लगाएपछि धान बन्ने कुरा। टेलिभिजनकर्मी तीर्थ कोइरालाको दलिल थियो, यो।

त्यसो त यो तेस्रो मिडिया सम्मेलन थियो तर विशेषताका हिसाबले पहिलो। काठमाडौँ विश्वविद्यालय सहभागी थियो, मार्टिन चौतारीसँग। मार्टिन चौतारी एक्लैले राजधानीमा यस्ता दुई सम्मेलन अघिल्ला वर्षहरूमा नगरेको होइन। भुक्तभोगीका अनुसार अगाडि कार्यपत्र नसकिँदा हल खाली हुँदै जाने जोखिम त्यस दिन धुलिखेलमा भएन। अन्तिमसम्म रौनक थियो। राजधानीको क्षणक्षणको व्यस्तताले कुनै कार्यक्रममा दिनभरि बस्ने फुर्सद कमैलाई हुन्छ। धुलिखेल पुगेपछि धेरैजना अनेक टन्टाबाट मुक्त थिए ।

नेपाली पत्रकारिता शिक्षाका पाका अध्येता राईको विशेष मन्तव्यले हलमा असीम सन्नाटा छायो। धुलिखेल पुगेको केही क्षणपछि सुरु भयो सम्मेलन। एक चित्तले उहाँको मन्तव्यतिर ध्यान गयो। नेपालमा आमसञ्चार अध्ययनको इतिवृत्तान्त लगाउनुभयो उहाँले। गुदी र केस्रा छुट्टयाउनुभयो। प्रवृत्ति पर्गेल्नुभयो। गोरखापत्र, युगेश्वर बर्मादेखि डलरयुगको चर्चामा धेरैको घैँटामा घाम लागे। उहाँको विशेष मन्तव्यको निष्कर्षले भन्थ्यो- नेपाली मिडिया सङ्ख्यात्मक संसारतिर त झाँगिदै छ तर गुणवेत्ता हिसाबकिताब गडबड छ। अनि त्यसका लागि मिडिया अनुसन्धान पद्धति भर्खर-भर्खर बामे सर्दै छ। काम गर्न धेरै छन्, गर्न बेला होइन, अबेला भइसक्यो।

उद्घाटनका औपचारिकतापछि लगभग सय सङ्ख्या दुईतिर बाँडियो। दुई हलमा समानान्तर कार्यपत्र सुरु भए। मूल हल, जहाँ उद्घाटनसत्र थियो, टङ्क उप्रेतीद्वारा टेलिभिजन जनशक्तिमा सामाजिक समावेशीकरणको कार्यपत्र प्रोजेक्टरमा प्रस्तुत हुँदै गर्दा अर्कातिर अभिव्यक्ति स्वतन्त्रता र नेपाली पत्रकारिता ः २००७-२०१७ प्रस्तुत हुँदै थियो- रमेश पराजुलीबाट । विद्यावारिधि यात्रामा रहनुभएका उप्रेतीको अध्ययनले बोल्दै थियो- मिडियाको जनशक्ति अझै समावेशी हुन सकेको छैन बरू भएको पनि पातलो हुँदै छ। ती दुई कार्यपत्रमा क्रमशः दीपा गौतम र कुन्दन अर्यालको टिप्पणी अनि सहभागीको जिज्ञासाले अनुसन्धानका आयामलाई आगामी दिनमा फराकिलो पार्न बाटो खोलिदिएको थियो।

समयसीमाको लौरो दुवै हलमा काठमाडौँ विश्वविद्यालय आमसञ्चारकै गुरुद्वय एकुमाया पुन अनि हर्षमान महर्जनको हातमा थियो। पहिलो हलमा रेडियो नेपालका शनिबारे नाटकमा महिला प्रस्तुतिकरणतिर गमला लुइँटेल पस्दै गर्दा उता दीपक अर्यालको नेपाली भाषाका पुस्तक प्रकाशन र यससँग जोडिएको समाजशास्त्रले उछिनिसकेको थियो। लुइँटेलको कार्यपत्रलाई हरिकला अधिकारीले परिस्कृत सुझावसँगै उता केदार शर्मा मसिनो बोलीमा पुस्तकका समाजशास्त्रीय संसार घुमिसक्दै थिए। दुवैतिरको तिहुन चाख्न म एक्लै परिनँ, थिए अरू पनि। घरी यता र उता गर्नुको रमाइलो बेग्लै थियो। मनमा लागेका जिज्ञासा पनि भ्याएसम्म पोख्न पाइने, गजबै माने धेरैले।

दुईतिर दुई-दुई कार्यपत्रपछि भोकसँगै खानाको निम्तो आइसकेको थियो। खानापछिको सत्रमा भने विभाजनको विरह थिएन। समयको मिटर समाएर संयोजकका रूपमा बसेका देवराज हुमागाइर्ंले शरद घिमिरेलाई नेपालमा जलवायु परिवर्तनको सञ्चार ः छापा माध्यमको अध्ययन कार्यपत्र सुनाउने उर्दीसँगै हल मत्थर भएको थियो। सायद निरस विषय ठानेर होला। धेरै मिडियाकर्मी जलवायुको कुरा गर्दा डलरको स्वादमात्रै सम्झने रहेछन्। त्यति भए पनि सुशील मैनालीको टिप्पणीसँगै जिज्ञासा राख्नेको कमी भएन। कसैले तर्कमा राखे त कसैले कुतर्कमै भए पनि आˆनो मत राख्न पछि परेनन्। नेतालाई तालीजस्तै हो कार्यपत्र प्रस्तोतालाई पनि जिज्ञासा।

अर्को कार्यपत्र थियो- विदेश मामिलाको। चीन र भारतसित नेपालको सम्बन्धको अध्ययन थियो, त्यो। पन्जाव विश्वविद्यालयका अध्येता विनोदकुमार पौडेलको कार्यपत्रमा टिप्पणीकर्ता थिए- काठमाडौँ विश्वविद्यालयका उज्ज्वल प्रजापति। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएको समयावधिमा काठमाडौँबाट प्रकाशित दुई अङ्ग्रेजी दैनिकका समाचारीय विषयवस्तुको सामग्रीमा आधारित त्यो अध्ययनले धेरैलाई जगायो। बहसको ओइरो लाग्यो। अध्ययनलाई पूर्ण बनाउन धेरैको सुझाव थियो। मिडिया अनुसन्धानमा त्यसखालका अध्ययनको खाँचो पनि थियो। नयाँ ढोका खोलेको थियो अध्ययनले।

समय घर्किंदै गइरहेको थियो। अच्युत अर्याल आमसञ्चार सिद्धान्तमा श्रम सिद्धान्त लिएर आए। हलको तापमान बढाए। लक्ष्मणदत्त पन्तको टिप्पणीले कार्यपत्रका अनेक छिद्र देखायो। पहल नराम्रो थिएन। आमसञ्चारका सिद्धान्तमाथि तार्किक रूपमा भिन्नमत जोहो गरिएको थियो, त्यस कार्यपत्रमा सञ्चार प्रक्रियालाई श्रमसँग जोडेर। चित्त नबुझ्ने धेरै ठाउँ भए पनि जुन यत्न गरियो, त्यसको सराहना नगर्नुपर्ने कारण थिएन।

यसैगरी सकिए कार्यपत्र, टिप्पणी र हलको चर्को बहस। चियापछिको अन्तिम सत्र खरो देखियो। नेपाली मिडियामा पत्रकार भर्ना प्रक्रिया र टिकाउने रणनीति। तीर्थ कोइराला, गोपाल गुरागाईंजस्ता खारिएका पत्रकार अनि अहिले पत्रकारका व्यवस्थापक ओर्लिए हलमा। क्रियाशील पत्रकार महिलातर्फबाट शुभेच्छा बिन्दु र सिङ्गो हल तात्दै थियो। धान, मान र दामका कुरा त्यही आए। सामन्ती र दास प्रथा अन्त्य बोली र कानुनमै भए पनि कमैया मुक्त भए। तर, नेपालको सञ्चार क्षेत्रमा श्रमको चर्को शोषणले अर्को कमैया युगको सूत्रपात गर्दै छ। आचारको चर्को खडेरी छ। सञ्चार क्षेत्रको आकार त विस्तारित छ तर धेरै कुरा स्खलित हुँदै छन्। मूल्य र मर्यादाको बहस भयो। पत्रकार स्थायीसम्म हुँदा बूढो भइसक्ने खतरा पनि हलले महसुस गर्‍यो। राम्रोलाई टिकाउन कठिन अनि नराम्रोलाई बिदा गर्न कठिन, यस्तै बहसमा गोपाल गुरागाईंले पत्रकारिताको सीपलाई साँध लगाउँदै थिए, ''पत्रकारिता खरदारी होइन, बरू हलो जोत्नुजस्तै हो। राँटो अर्थात् धाँजा पर्‍यो भने बाली लाग्दैन।'' बहसमा हल तात्दै थियो तर काठमाडौँका लागि बिहान बोकेर गएका गाडी हतारिसकेका थिए। अनुसन्धानका अनेक विषयमा कुत्कुती लगाउँदै तीन बस अरनिको राजमार्गतिर गुडिरहँदा दोहोरी पनि गुञ्जिरहेको थियो। सायद आˆनै ढङ्गले मिडिया अनुसन्धानको मह चटाइ थियो होला, त्यो।á

अन्य शीर्षक
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px