Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
माथिल्लो कणर्ालीबारे स्थानीयका आ-आफ्नै चिन्ता
 

गतहप्ता नेपाल टेलिभिजनबाट प्रसारित मतअभिमतको पाँचौँ शृङ्खलामा माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाबारे दैलेख सुर्खेत र अछामका नेता र सर्वसाधारणकोे मत जान्ने मौका पाइयो।

आयोजनाबाट प्रभावित हुने गाउँ विकास समितिहरूको मूल सरोकार समितिका अध्यक्ष बमबहादुर बिसीले स्थानीयवासीले आयोजनाको विरोध नगरेको, अहिले माथिल्लो कणर्ालीको विरोध गर्नेको पनि विरोध नगरेको तर चनाखो भएर कसरी स्थानीयवासीको हित संरक्षण गर्न सकिन्छ भनेर हेरिरहेको कुरा बताउनुभयो। अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसकेको तर त्यसको सार्वजनिक सुनुवाइमार्फत जनतामाझ जानकारी गराउन बाँकी रहेको अवस्थामा जनता त्यो प्रतिवेदनको प्रतिक्षामा रहेको र त्यसपछि मात्र स्पष्ट धारणा राख्न सकिने कुरा उहाँले राख्नुभयो।

अखिल क्रान्तिकारीका स्थानीय नेता भिष्मकुमार शाहीले माथिल्लो कणर्ाली सम्झौता राष्ट्रघाती भएको कुरा सबै जनताले थाहा पाइसकेको, जि.एम.आर. सम्बन्धी बहस गर्नुको औचित्य नै नरहेको र सरोकार समितिले जनताको प्रतिनिधित्व नगर्ने दावी गर्नुभयो। संसारको सबैभन्दा सस्तो दरमा उत्पादित हुने बिजुली भारत निकासी हुन लागेको तीन सय मेगावाटको अनुमति लिएर नौ सय मेगावाट उत्पादन गर्न लागेको र चार हजार १८० मेगावाट उत्पादन हुन सक्ने सम्भावनासमेत तुहिन लागेको जस्ता माथिल्लो कणर्ालीविरोधी र माओवादीको वैद्य पक्षले चलाएकालालाई त्यस बहसमा उहाँले प्रस्तुत गर्नुभयो।

अछाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र ढुङ्गानाले देशको विकास द्रुततर गतिमा गर्न सक्ने माथिल्लो कणर्ाली बन्नुपर्ने धारणा राख्नुभयो। जि.एम.आर.ले बनाओस्, ऐनरोनले बनाओस् नेपालीले नै बनाउन वा अरू कसैले बनाओस् तर माथिल्लो कणर्ाली आयोजना बन्नुपर्छ, यो सुदूरपश्चिम र मध्यपश्चिमको भाग्यको चम्किलो तारा हो यो उदाउनुपर्छ नत्र कणर्ालीको पानी जसरी बगेर भारत गइरहेछ त्यसरी नै नेपालको पैसा बगेर भारत गइरहनेछ।

उहाँले नेपाल सरकारले प्रभावित क्षेत्रका जनताले बुझ्न सक्ने गरी के कस्तो सम्झौता भएको हो सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिनुभयो। नेपाल सरकारले प्रभावित ठाउँका जनताले बुझ्न सक्ने गरी एम.ओ.यु. किन सार्वजनिक

गरेन ? हामीले पढ्न, बुझ्न पाउनुपर्छ। राजनीति गर्नेले पनि आप\mना पार्टीका नेताले जहाँजहाँ हस्ताक्षर गरेको छन् यदि त्यो राष्ट्रघाती सम्झौता हो भने आ-आप\mना पार्टीका केन्द्रीय समितिदेखि हरेक तहमा आवाज उठाउन सक्नुपर्‍यो। जनातालाई भ्रम मात्र छर्नु भएन, उहाँको भनाइको सार यस्तो थियो।

वास्तवमा माथिल्लो कणर्ालीबारे धेरै भ्रमको खेती भएको पनि बताइयो। पूर्व सांसद तहका नेतालाई समेत कति कुरा थाहा छैन र उनीहरू यो आयोजना बन्नुपर्छ तर कमीकमजोरी छन् भने सुधारेर मात्र बन्नुपर्छ भन्छन्' यो सतही रूपमा सोच्दा जायज लाग्छ।

अरुण ३ बन्ने प्रारम्भिक दिनका बहसहरूको जानाकारी राख्ने व्यक्तिलाई सम्झना होला ठूला जलविद्युत् परियोजना विरोधीहरूले के कस्ता तर्क गरे कतिसँग साँठगाँठ गरे र अन्त्यमा एमाले नेतृत्वलाई प्रभाव पारेर त्यो आयोजना तुहाइदिए। त्यही खेलको पुनरावृत्ति भैसकेको छ माथिल्लो कणर्ालीमा पनि।

विरोधीहरूले अघि सारेका तर्कको न सरकारले, न निर्माता कम्पनीले नै न 'निष्पक्ष' विज्ञहरूले न मिडियाले दूधको दूधपानीको पानी छुट्याइरहेका छन्।

द्वन्द्वको चपेटाबाट शान्तितर्फ सङ्क्रमण गर्न लागेको मुलुकमा तुरुन्त रोजगारीका अवसर सिर्जना भएन, जनताले शान्तिको फल

-पिस डिभिडेन्ड) पाएनन् भने पाँच वर्षभित्रै फेरि ४५ प्रतिशत मुलुक झन् भीषण द्वन्द्वमा र्फकन्छन् भन्ने निष्कर्ष राष्ट्रसङ्घको एक अध्ययनले देखाएको छ। ठूला आयोजना सफल भए अझै धेरै आयोजना आउँछन्, लगानी बढ्छ रोजगारी सुलभ हुन्छ १०-२० वर्षमा देशको सर्वतोमुखी कायापलट हुन्छ। होइन भने कणर्ालीको पानी त भारततिरै बगिरहनेछ र नेपाली काम खोज्न विदेशतिरै गइरहने छन्।

बाँकी विश्व सुख शान्ति अमनचयनको दुनियाँमा पुग्दा नेपाल र नेपाली भने राष्ट्रघात, राष्ट्रवाद, जिन्दावाद मुर्दावादमै रुमल्लिएर अस्तित्वको सङ्कटमा पुग्नेछन्। सच्चा राष्ट्रवाद त विदेशीको पुँजीले आप\mनो देशमा उद्योग धन्धा चलाउन सक्नु आप\mना नागरिकलाई देशमै इज्जतसाथ रोजगारी गर्ने वातावरण बनाउन सक्नु र सिटामोल किन्न र सुत्केरी गराउनसमेत विदेशीसँग भिखको याचना गर्नुपर्ने अवस्थाबाट देशलाई आत्मनिर्भर बनाउनु हो। वरिष्ठ पत्रकार किशोर नेपालले निर्माण गर्नुभएको यो कार्यक्रमले यस्तै कुरालाई बहसमा ल्याएको छ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px