Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
नेपालमा लगानी बढ्न सक्ने अमेरिकी विश्वास
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १७ गते। अमेरिकी विदेश मन्त्रालयकी वाणिज्य तथा व्यापारसम्बन्धी विशेष प्रतिनिधि लोरेन हृयारिटनले शान्ति प्रक्रिया र संविधान निर्माणको काम सम्पन्न भएपछि विदेशी लगानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्नो सचिवालयमा आइतबार आयोजना गरेको अन्तरक्रियामा हृयारिटनले नेपालमा शान्ति र संविधान निर्माणको काम सम्पन्न हुने क्रममा रहेको यसपछि आर्थिक विकासमा नेपाल अगाडि बढ्ने भन्दै सो प्रक्रिया सम्पन्न भएपछि बाहृय लगानी बढ्नुका साथै आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभएको हो।

नेपालमा उद्यमशीलता विकासको विषयमा आयोजना गरिएको अन्तर्त्रिmयामा उहाँले भारत र चीन ठूलो बजार रहेको नेपालको प्रचुर संभावना बोकेको मुलुकको हो भन्नुभयो।

उद्यमशीलताको एवं व्यावसायिक विकासको विषयमा नेपाल सरकार र यहाँको निजी क्षेत्रसँग छलफल गर्ने उद्देश्यले हृयारिटनको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाँचदिने भ्रमणमा शुक्रबार काठमाडौँ आएको हो।

युवालाई परिचालन गरी आर्थिक गतिविधिलाई नेपाल र यहाँको निजी क्षेत्रले बढावा दिनसक्ने भन्दै उहाँले उद्यमशीलताको विकासका लागि जनतामा व्यापक रूपमा चेतना र शिक्षाको विकास जरुरी रहेको पनि खाँचो औंल्याउनुभयो।

महासङ्घका अध्यक्ष सुरज वैद्यले नेपालमा आर्थिक विकास र रोजगारीका अवसर बढाउन उद्यमशीलताको विकास जरुरी रहेको भन्दै नेपाल सरकार र नेपालको निजी क्षेत्र अन्तर्राष्ट्रिय समुदायसँग व्यापारिक तथा लगानी सम्झौता गर्न तयार रहेको बताउनुभयो।

उहाँले आफूहरू विदेशी लगानीलाई स्वागत गर्न र उद्यमका लागि सहज वातावरण निर्माणमा लागिरहेको भन्दै नेपाललाई आवश्यक थप पुँजी, प्रविधि र अनुभवका लागि अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्दै जाने आफूहरूको योजना रहेको बताउनुभयो।

गैरआवासीय नेपाली -एनआरएन) सङ्घका अध्यक्ष जीवा लामिछानेले विशेषगरी कामको खोजीमा बाहिर गएका पहिलो पुस्ताका एनआरएनहरू अहिले धेरै मुलुकमा विभिन्न पेसा व्यवसाय गरेर बसेको भन्दै उनीहरूबाट स्रोत जुटाउन नसके पनि ज्ञान, प्रविधि जुटाउन सकिने बताउनुभयो।

महिला उद्यमी महासङ्घकी अध्यक्ष छायाँ शर्माले नेपालमा महिलाद्वारा साना तथा मझौता उद्योगहरू सञ्चालन हुँदै आएको र त्यस्ता उद्योग सफल पनि रहेको भन्दै सहज वातावरण, नीति नियम, स्रोत साधन र अवसरको अभावले नेपाली महिला अगाडि बढ्न नसकेको बताउनुभयो।

युवा उद्यमी मञ्चका अध्यक्ष अनुजकुमार श्रेष्ठले युवा उद्यमशीलताका लागि उनीहरूलाई विविधिकरण र उनीहरूमा सकारात्मक सोचको विकास गरी मुलुकमा रहेको प्रचुर संभावनाको प्रयोगमा लगाउन सक्नुपर्ने बताउनुभयो।

सो अवसरमा उद्यमशीलता विकासमा नेपाली निजी क्षेत्रको भूमिका तथा सहकार्यको सम्भाव्यता तथा उद्यमशीलता विकासका सफल मोडलहरूका विषयमा छलफल गरिनुका साथै नेपालमा उद्यमशीलता विकासका लागि सहकार्य गर्ने सहमति भएको थियो।

महासङ्घ र द इन्डस इन्टरप्रेनरर्स -टाई) बीच सहकार्यसम्बन्धी समझदारी भएको थियो। सम्झौतापत्रमा महासङ्घका अध्यक्ष वैद्य र टाईका चार्टर्ड मेम्बर निकेश सिन्हाले हस्ताक्षर गर्नुभएको थियो।

विश्वव्यापी सन्जाल रहेको यस संस्थासँगको सहकार्यले उद्यमशीलताका क्षेत्रमा तालिम सञ्चालन, अनुभव आदानप्रदान जस्ता क्षेत्रमा सहयोग काम गर्न सकिने छ।

विश्वभर ५७ भन्दा बढी शाखामार्फत उद्यमशीलता विकासमा कार्य गर्दै आएको यस संस्थाले नेपालमा उद्यमशीलताको सफल मोडलको कार्यान्वयन, सञ्जाल विस्तार, जनचेतना अभिवृद्धि, लगानी आकर्षण, बौद्धिक सम्पत्तिको जगेर्ना गर्न सहयोग गर्ने महासङ्घले

जनाएको छ।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px