काठमाडौँ, वैशाख १७ गते। उज्वेकिस्तानको तासकेन सहरमा आयोजित सिनियर एसियन जुडो च्याम्पियनसीपमा सहभागी भई नेपाली जुडो टोली शनिबार स्वदेश फर्किएको छ।
वैशाख १४ गतेदेखि भएको प्रतियोगिता नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको पुरुष ७३ केजीमा उपेन्द्र थापा कोरियाका खेलाडी वा· कि च्यु·सँग पहिलो चरणमा नै पराजित भए। सो तौल समूहमा वा·ले स्वर्ण पदक प्राप्त गरेका थिए। महिला ५२ केजीमा सुशीला अधिकारी मङ्गोलियाकी मुन्खबतर बुन्दमासँग पाखा लागिन्।