लन्डन, वैशाख १७ गते। दि इतिहाड रङ्गशालाले सोमबार साँझ म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीबीचको खेल आयोजना गर्दैछ। जुन खेललाई इङ्लिस पि्रमियर लिगकै सर्वाधिक ठूलो 'डर्बी'का रूपमा व्याख्या गरिएको छ।
गत विजेता म्यान्चेस्टर युनाइटेड छिमेकी क्लब सिटीभन्दा तीन अङ्कले अग्रता बनाई अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ तर सिटीको घरेलु मैदानमा पराजित भएमा युनाइटेड समान अङ्कमा रोकिए पनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा झर्नेछ।
म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले सोमबार हुने भिडन्तलाई आप\mनो खेल जीवनको सबभन्दा महìवपूर्ण 'डर्बी' मानेका छन्। शीर्ष स्थानमा रहे पनि हामीलाई जित जरुरी छ, अहिले समीकरण निकै रोचक छ, यो खेल उनीहरूका लागि निणर्ायक हो भनी सिटीले बयान दिइसकेको छ तर यो हाम्रो लागि पनि गर या मरको खेल हो, प्रशिक्षक फर्गुसनले भने। इङ्लिस पि्रमियर लिगमा अहिले तीन चरण मात्र बाँकी रहेको छ।
पछिल्लो सत्रमा पनि म्यान्चेस्टर युनाइटेड समान स्थितिमा थियो। सो समय म्यान्चेस्टर युनाइटेड चेल्सी तीन अङ्कले पछाडि भए पनि राम्रो गोल अन्तरमा अगाडि थियो तर म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हराएर उपाधि जित्यो।
म्यान्चेस्टर सिटीका प्रशिक्षक रोवर्टो म्यान्सिनी खेल अगाडि युनाइटेडलाई लिग उपाधिको दावेदार भनेर मानसिक खेल खेल्दैछन्। तपाईं सबै खेल नसकेसम्म केही भन्न सक्नुहुन्न तर मेरो विचारमा युनाइटेडले लिग उपाधि जित्ने सम्भावना धेरै छ, प्रशिक्षक म्यान्सिनी भन्छन्।
अन्तिम तीन चरणका प्रतिद्वन्द्वी नियाल्ने हो भने सिटीभन्दा युनाइटेड सहज स्थितिमा रहेको छ। 'डर्बी' भिडन्तपछि सिटीले न्युक्यासल र क्विन्स पार्क रेन्जर्सजस्ता बलिया टिमविरुद्ध खेल्नुपर्ने बाध्यता छ। युनाइटेडको अन्तिम दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका स्वान्सी र सन्दरल्यान्डविरुद्ध खेल्नेछ।
म्यान्चेस्टर सिटीका मिका रिचर्डस् घाइते भएकोले युनाइटेडविरुद्ध खेल्न सक्ने छैनन्। यसैगरी, युनाइटेडका माइकल ओवन, जोन इभान्स, नानी, एन्डरसन, निमेन्जा भिडिच, डारेन ˆलेचरको चोट पनि निको भएको छैन।
यस सत्रमा सिटी घरेलु मैदानमा अपराजित रहेकोले युनाइटेडलाई भोलिको खेल कठिन हुनेछ। यस सत्रको सुरुवातमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई ६-१ ले हराएर सनसनी मच्चाएको थियो तर पि्रमियर लिगको अन्तिम समय आई पुग्दा गत विजेता टिम धेरै भिन्न भइसकेको छ। एपी