म्याडि्रड, वैशाख १७ गते। कारिम बेन्जामाले दुई र क्रिस्टियानो रोनाल्डोले एक गोल गरेपछि रियल म्याडि्रड आइतबार सेभिललाई हराएर स्पेनिस लिग उपाधि नजिक पुगेको छ। उपाधि जितेमा रियल म्याडि्रड तीन वर्षपछि च्याम्पियन बन्नेछ।
यस जितसँगै रियल म्याडि्रडले गत विजेता तथा दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा दस अङ्कले अग्रता बनाएको छ। आइतबार अबेर राति बार्सिलोनाले रायो भालेकानोसँग पराजित भएमा पनि रियल म्याडि्रडले लिग उपाधि जित्नेछ।
घरेलु मैदानमा रोनाल्डोले गोल गर्दै रियल म्याडि्रडलाई अगाडि पारेका थिए। त्यसपछि प|mान्सेली बेन्जामाले उत्तरार्द्धमा दुई गोल गरे।
यसैगरी, लाभन्टे ग्रानाडनलाई ३-१ ले हराएर चौथो स्थानमा उक्लेको छ। जसले गर्दा लाभान्टे च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि बलियो बन्यो। रेसिङ सान्तान्डर भने रियल सोसिड्याडसँग ३-० ले हारेपछि रेलिगेसनमा पर्यो।
इङ्लिस पि्रमियर लिगमा विगनले शनिबार राति न्युक्यासललाई ४-० ले स्तब्ध पार्यो। यो नतिजापछि न्युक्यासलको च्याम्पियन्स लिगमा चयन हुने आशामा धक्का लागेको छ। विगन भने रेलिगेसनबाट जोगिने क्रममा छ। पछिल्ला छ खेल जितेकोले न्युक्यासलले विगनलाई हराउने अनुमान गरिएको थियो तर विगनले अर्को आश्चर्यजनक नतिजा निकाल्दै न्युक्यासललाई निराश बनायो। एक महिनाअघि रेलिगेसन क्षेत्रमा रहेको विगनले त्यसपछि लिभरपुल, म्यान्चेस्टर युनाइटेड र आर्सनललाई हराइसकेको छ।
विगनका लािग शनिबार राति भिक्टोर मोसेसले दुई तथा सन मालोनी र प|mान्को डी सान्टोले एक/एक गोल गरे। तेस्रो स्थानमा रहेको आर्सनललाई पनि स्टोकले १-१ ले बराबरीमा रोकी धक्का दिएको छ। आर्सनलका लागि रोविन भान पर्सीले फेरि गोल गरे। यस सत्रमा भान पर्सीले २८ गोल गरिसकेका छन्। लिभरपुलले भने नर्विचनलाई सजिलै ३-० ले हरायो। लिभरपुलका लागि लुइस सुवारेजले हृयाटि्रक गरे। एपी