नयाँदिल्ली, वैशाख १८ गते। पेट्रोलियम पदार्थको बढ्दो मूल्य र ऊर्जाका लागि त्यसको व्यापक प्रयोगले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गर्ने अभियान नै चलेका बेला भारतको राजधानी नयाँ दिल्लीमा सानो दूरीको सवारीका लागि वातावरणमैत्री टेम्पो सञ्चालन हुने भएको छ।
ग्रीन हृविल नाम दिइएको उक्त टेम्पो वातावरण मैत्री हुने त्यो दिल्लीको मालभिया नगर मेट्रो स्टेसनबाट बजार क्षेत्रसम्म लैजाने कार्यमा प्रयोग गरिने बताइएको छ।
हाल एक मेट्रो स्टेसनमा सञ्चालनमा ल्याइए पनि त्यसलाई अन्य क्षेत्रमा समेत व्यापक बनाउँदै लैजाने बताइएको उक्त ब्याट्रीबाट चल्ने वातावरणमैत्री टेम्पो सञ्चालनको उद्घाटन एक समारोहमा दिल्लीका मुख्यमन्त्री शिला दिक्षितले गर्नुभएको छ।
एनगेनटुम समूहले सञ्चालनमा ल्याएको स्टार बस र हाल ग्रीन हृविल टेम्पोलाई व्यापक बनाउँदै दिल्लीभरि नै सञ्चालन गरिँदै लैजाने अभियानअन्तर्गत आगामी १५ महिनामा सो योजनामा एक अर्ब भारतीय मुद्रा -भारु) थप लगानी गरिने बताइएको छ।