Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
विस्फोटमा निधन भएकालाई शहीद घोषणा गरिने
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख १९ गते। जनकपुरमा सोमबार भएको बम विस्फोटमा परी दिवङ्गत भएकालाई सरकारले शहीद घोषणा गर्ने र आश्रति परिवारलाई १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ।

बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए। घाइतेमध्ये १८ जनाको काठमाडौँमा उपचार भइरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले भन्नुभयो, 'उक्त घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाइसकेको छ। घटनामा परी मृत्यु भएकालाई शहीद घोषणा गर्ने एवं मृतकका परिवारलाई १० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउनेतर्फ प्रक्रिया अगाडि बढाइसकिएको छ।'

गृह मन्त्रालयले घटनामा परी दिवङ्गत भएकाहरूको परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता घटनाबाट विचलित नहुन र सो विस्फोटका विरुद्ध गरिएको जनकपुर बन्द फिर्ता लिई सहयोग गर्न सम्बद्ध सबैसँग हार्दिक अनुरोध गरेको छ।

गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा आˆना माग राखी धर्ना बसेकाहरूमाथि लक्षित गरी बम विस्फोट गराउनु कायरतापूर्ण र आततायी कार्य भएको भन्दै घटनाको निन्दा गरेको छ। मन्त्रालयले राजनीतिक सहमतिको प्रक्रियाबाट सङ्घीयतासहितको संविधान निर्माण गर्ने कार्यमा राजनीतिक दलहरू प्रयत्नशील भइरहेको यस्तो अवस्थामा सर्वसाधारण जनतालाई लक्षित गरी बम विस्फोट गराउनुले संविधान निर्माण कार्यलाई प्रतिकूल असर पार्न खोजेको महसुस भएको जनाएको छ। यसैगरी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय तथा मानवीय संयोजकको कार्यालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी नागरिकको शान्तिपूर्ण भेलामा गरिएको आक्रमणको कडा निन्दा गरेको छ।

सो घटनाले संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयलाई अत्यन्त दुःखी तुल्याएको भन्दै सो कार्यालयका संयोजक रोबर्ट पाइपरले घटनामा ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घ नेपालका सम्बन्धित निकायहरूलाई घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार पूर्ण र निष्पक्ष छानबिनका लागि आवश्यक सबै कदम चाल्नसमेत आग्रह गर्दछ, उहाँले भन्नुभएको छ।

पाइपरले नेपालका राजनीतिक पार्टीहरूले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन गरेको प्रयासलाई संयुक्त राष्ट्रसङ्घको साथ रहने पनि बताउनुभएको छ।

यसैगरी, मानव अधिकार तथा शान्ति समाज, पि|mडम फोरम, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान, मैथिल ब्राहृमण सभालगायतका सङ्घसंस्थाहरूले मङ्गलबार विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना तथा निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उता, जनकपुरको रामानन्दचोकमा सोमबार भएको बम विस्फोटमा घाइते भई काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेकामध्ये एक जनाको अवस्था गम्भीर बन्दै गएको छ।

गम्भीर घाइते भई सोमबार नै शल्यक्रिया गरिएका दीपेन्द्र दासको अवस्था बिग्रँदै गएको अस्पतालले जनाएको छ। विस्फोटनमा चार जनाले ज्यान गुमाएका थिए।

शिक्षण अस्पतालले जनकपुरबाट काठमाडौँ ल्याई उपचार गराइरहेका १९ जनामध्ये एकजना उपचारपछि फर्केको र बाँकी घाइतेको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ।

यसैबीच, बृहत् मधेसी मोर्चा र संयुक्त दबाब समूहले मङ्गलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सो घटनाको घोर भत्र्सना गरेको छ।

एमाओवादी, काँग्रेस, एमाले तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत विभिन्न २५ दलका सभासद् सम्मिलित बनेको बृहत् मधेसी मोर्चाले जारी गरेको विज्ञप्तिमा घटनाका दोषी कारबाहीको माग गर्दै मृतकलाई शहीद घोषणा गरी, मृतक परिवारलाई क्षतिपूर्तिलगायत घाइतेलाई उपचार तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

विस्फोटको घटनालाई सङ्घीयताविरोधीको सङ्ज्ञा दिएको छ। त्यस्तै, मधेस मिडिया तथा अनुसन्धान केन्द्र, मधेस फर राइट्स, तराई लयर्स एसोसिएसन, तराई मानव अधिकार रक्षक सञ्जाल, मधेस मिडिया हाउसलगायत १७ वटा सङ्घसंस्थाले संयुक्त रूपमा हस्ताक्षर गरी संयुक्त मधेसी दबाब समूहको नामबाट जारी गरेको विज्ञप्तिमा घटनाप्रति समूहको ध्यानाकर्षण भएको जनाइएको छ।

अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px