|
विराटनगर, वैशाख १९ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी पार्टीकै नेतृत्वको सरकारले संविधान जारी गर्ने बताउनुभएको छ। मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सरकारको नेतृत्व आफू वा माओवादी पार्टीले गर्ने बताउनुभएको हो। प्रतिपक्षी दल काँग्रेस-एमालेले राष्ट्रिय सरकार बन्नुपर्ने भन्दै राजीनामा माग गरिरहेका छन् भन्ने पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले अहिले अनुमान र अड्कलले मात्र राष्ट्रिय सरकार बन्न नसक्ने बताउनुभयो। माओवादी पार्टीले कात्तिक १५ गतेदेखि नै राष्ट्रिय सरकारको प्रयत्न गरे पनि काँग्रेस-एमालेकै कारण बन्न नसकेको उहाँले बताउनुभयो।
हाल राष्ट्रिय सहमति सरकारको अड्कल र अनुमान गरेर संविधान जारी गर्नुपर्ने समयलाई त्यतिकै व्यतीत गर्न नसकिने बताउँदै उहाँले यदि यस्तो सरकार गठन भइगयो भने पनि आफू वा आˆनो पार्टी माओवादीको नेतृत्वमा बन्ने दाबी गर्नुभयो। संविधान जारी गरिरहँदासम्म एनेकपा -माओवादी) नेतृत्वको सरकार रहन्छ, प्रधानमन्त्रीले भन्नुभयो।सहमतिकै आधारमा संविधान जारी गर्न दलहरूबीच तीव्र छलफल भइरहेको र ती छलफलले शासकीय स्वरूप, सङ्घीयतालगायतका विषयमा सैद्धान्तिक सहमति भइसकेको उहाँले जानकारी दिनुभयो। 'पहिचान र सामथ्र्यको आधारमा सङ्घीयता हुने विषयमा हामी सहमत छौँ,' प्रधानमन्त्री भट्टराईले भन्नुभयो। उहाँले शासकीय स्वरूप मिश्रति हुने सहमति भइसकेको जानकारी दिँदै प्रधानमन्त्री र राष्ट्रपतिबीच अधिकार बाँडफाँट गर्ने कुरा टुङ्गिन केही बाँकी रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री भट्टराईले जनकपुरमा भएको घटना आपराधिक समूहले गराएको र यस्ता समूहको पहिचान गरी कारबाही गर्न सबैको सहयोग आवश्यक परेको पनि बताउनुभयो। प्रधानमन्त्री डा. भट्टराई एक्कासि ठूलो हावाहुरी चलेर मौसम बिगि्रएपछि मङ्गलबार राजधानी र्फकन नपाई विराटनगरमै बस्नुभएको छ।
मई दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गरी र्फकने तयारीमा कोचिला राज्य पार्टी कार्यालय पुग्नुभएका प्रधानमन्त्री भट्टराई हावाहुरीको कारण यहाँ रोकिनुभएको हो।प्रधानमन्त्री भट्टराई विराटनगर रानीस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयको गेस्टहाउसमा बस्नुभएको छ। उहाँ बुधबार बिहान राजधानी र्फकने एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो।मजदुर-उद्योगी सँगै बढ्नुपर्छयसैबीच, १२३औँ मई दिवसको अवसरमा विराटनगरमा आयोजित मजदुरसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले नेपालमा पूँजीवादी अर्थतन्त्र विकास भइनसकेकाले मजदुर र किसानको राज्य स्थापना हुन नसक्ने बताउनुभएको हो। अहिले नेपालीको राजनीतिक परिस्थिति, वर्गीय, क्षेत्रीय, जातीय र अन्तर्राष्ट्रिय परिवेशलाई ख्याल गर्नुपर्ने भएका कारण माओवादी पार्टीले भनेजस्तो संविधान आउन नसके पनि देशलाई अग्रगामी बाटोउन्मुख बनाउने दाबी गर्नुभयो। हामीले संविधान निर्माण गर्नेछौँ,नयाँ संविधानमा टेकेर पँूजीवादको विकास गरी औद्योगिक क्रान्तितर्फ देशउन्मुख गराउने छौँ, उहाँले बताउनुभयो। नेपाली अर्थतन्त्र आत्मानिर्भर नभएका कारण अहिले मजदुर र उद्योगी -मालिक)बीचको अन्तरविरोध मुख्य नभएकाले सँगै अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री भट्टराईले अहिलेको मुख्य अन्तरविरोध मजदुर र मालिकबीच हुनै नसक्ने औँल्याउनुभयो।
'अहिलेको अवस्थामा पूँजी र श्रमबीच टकाराउने हैन,' प्रधानमन्त्री भट्टराईले नेपालमा औद्योगिक पँूजीवादको विकास नभएकाले अहिले पनि सामन्तवादका अवशेषसँग जुध्नुपरेको बताउनुभयो। औद्योगिक विकासका लागि लगानी गर्ने वातावरण सिर्जना हुँदै गएकाले संविधान जारीपछि नेपाली अर्थतन्त्र आत्मानिर्भरतिर अगाडि बढ्ने उहाँले दाबी गर्नुभयो।
|