Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
किन लोपोन्मुख छन् हाम्रा भाषा ?
सूर्य सुवेदी
 
कुनै पनि देशको मूल प्राण भनेको त्यस देशको भाषा, संस्कृति र आर्थिक सम्भाव्यता र शैक्षिक जनशक्ति नै हुन् भन्ने मान्यतामा पूर्वीय तथा पश्चिमा विद्वानहरूको साझा मान्यता देखिएको छ। युरोपभन्दा पूर्वका देशहरू जसमा चीन, खाडीका देशहरू र समग्र दक्षिण एसियाली देशहरूको संस्कृतिलाई नै युरोपेलीहरूले ओरियन्टलिजम् अर्थात प्राच्यवाद र पूर्वीय संस्कृतिको रूपमा गम्भीरता साथ लिएको देखिन्छ। यी ओरियण्टल अर्थात पूर्वीय देशहरूका भाषा संस्कृतिहरू पनि अङ्ग्रेजी भाषा र पश्चिमा संस्कृतिबाट थिचोमिचोमा पर्दै गएका छन्। युरोपेली देशहरूले थुप्रै वर्ष उपनिवेश बनाउँदा पनि पूर्वीय संस्कृति र सभ्यतालाई समाप्त पार्न सकेनन्। चीनी सभ्यता र संस्कृति, मिश्री सभ्यता र संस्कृति, दक्षिण एसियाली सभ्यता र संस्कृति यति सशक्त र परिस्कृत छन् कि यिनीहरूको जग हल्लाउनै नसकिने स्तरका बलिया छन्। हजारौं वर्ष पुराना पूर्वीय भाषा र संस्कृतिहरूलाई केही वर्ष यताको सञ्चार माध्यममा आएको व्यापक क्रान्तिले अभूतपूर्व रूपमा धक्का दिन थालेको देखिएको छ। केही दशक यता अमेरिकी संस्कृति वा रक कल्चरले जे जसरी संसारभरि नै असर पुर्‍याउन थालेको छ त्यसको प्रभावबाट शक्तिशाली संस्कृति भएका चीन, भारत, मिश्र र अपि|mकी महादेशहरू पनि अप्रभावित भएर रहन सकेनन्। सन् १९८० को दशकदेखि टेलिभिजनको सशक्त प्रस्तुति र टेलिभिजनको माध्यमबाट प्रचार प्रसार भएका -पश्चिमा गीत संगीत र संस्कृतिका) आकर्षक र नग्न शैलीका कार्यक्रमहरूसँग एसिया, अपि|mका र खाडीका देशहरूमा पनि युवा पुस्ता पश्चिमी संस्कृतिबाट ज्यादै प्रभावित हुँदै गएको अवस्था छ। यसबाट धेरै देशका मातृभाषा र संस्कृतिहरू लोपोन्मुख अवस्थामा छन्। सन् १९९० को दशकदेखि फैलिएको कम्प्युटर र इन्टरनेटको सञ्जाल, पर्यटनको प्रवर्द्धन र टेलिभिजनमा देखाइने आकर्षक पश्चिमा संस्कृति लगायत सशक्तताले गर्दा अङ्ग्रेजी भाषा र पश्चिमा संस्कृति जंगलको डडेलोझैं फैलिएको छ । हिजो अङ्ग्रेजी भाषालाई वास्ता नगर्ने, रुस, प|mान्स, जर्मन, चीन लगायतका देशहरू अब अङ्ग्रेजी सिक्ने प्रतिस्पर्धामा पुगेका छन्। हिन्दुस्तान क्षेत्रमा बोलिने अङ्ग्रेजीलाई हिङ्लिस र चीन क्षेत्रमा बोलिने अङ्ग्रेजीलाई चिङलिस समेत भन्न थालिएको छ भने रुस, जापान र खाडीका देशहरूमा पनि अङ्ग्रेजी भाषाले व्यापकता लिएको छ। व्यापार, व्यवसाय, यात्रा र आधुनिक ज्ञानका लागि पनि अङ्ग्रेजी भाषा सिक्नै पर्ने भाषा भएको छ। ज्ञान विज्ञान फैलाउन र व्यापार व्यवसाय फैलाउन पनि अङ्ग्रेजी भाषाको ज्ञान अनिवार्य भएको छ। अङ्ग्रेजी भाषा नजान्नेले लामोलामो यात्रा गर्न समेत कठिन भएको छ। खासगरी युवा पुस्ताबीच अङ्ग्रेजी भाषा र पश्चिमा संगीत र जीवनपद्धतिले जसरी जरा गाडेको छ यो अभूतपूर्व छ। अबको संसारमा अङ्ग्रेजी भाषा जीविकाको भाषा भएको छ। पहिला प|mेन्च र जर्मन भाषाले लिएको स्थान अब चिनियाँ र हिन्दी भाषाले पनि लिँदै जान थालेका छन्। चीन र भारतको समृद्धिसँगै व्यापारिक प्रयोजनका लागि पनि यी भाषाहरू बलिया भएका छन्। हिन्दुस्तानी टेलिभिजन च्यानलहरूको फैलावटले दक्षिण एसिया र मध्यपूर्वमा समेत भाषिक तथा सांस्कृतिक प्रभाव फैलाउँदै लगेका छन्। भारतीयहरूको संख्यात्मक उपस्थितिले गर्दा युरोप र अमेरिकासम्म पनि हिन्दी सिनेमाहरूले राम्रो बजार पाएका छन्। त्यसैगरी चिनिया भाषा पनि जापान लगायत पूर्वी एसियाका देशमा बहुतै झाँगिएको छ। युरोप, अमेरिका, जापान, खाडीका देशहरू र दक्षिण एसियाका देशहरूमा चिनियाँ भाषा सिक्ने लहर नै चलेको छ। चीनको सशक्त सांस्कृतिक पक्ष र टेलिभिजन तथा इन्टरनेट सञ्जालले गर्दा चीनी भाषा संस्कृति पनि फैलिएकै छ। त्यति हुँदाहुँदै पनि अङ्ग्रेजी भाषा र अमेरिकी संस्कृति वा रक एन्ड रोल कल्चरले सम्पूर्ण विश्वका युवापुस्तामाझ जे जस्तो लोकपि्रयता लिएको छ त्यो कुनै पनि भाषा संस्कृति र शक्तिले रोक्न नसक्ने भएको छ। पश्चिमी देशहरू र खासगरी अमेरिकी लेखकहरू तथा पश्चिमा सञ्चार माध्यमहरूले अहिले विश्वमा फैलिएको अङ्ग्रेजी भाषा, संस्कृति, सिनेमा, टेलिभिजन कार्यक्रमहरूलाई सˆट पावर वा नरम शक्ति नाम दिने गरेका छन्। अमेरिकाले इराक, अफगानिस्तान र अन्य देशमा खर्च गरेको खरबौं डलरको रक्षा बजेटभन्दा सूचना सञ्जालमा र सांस्कृतिक क्रान्तिमा खर्च गरेको रकम वा सˆट पावर बढी प्रभावशाली भएको सञ्चारका पण्डितहरूले निचोड निकालेका छन्। वि.सं. २०४५/४६ ताका भारत सरकारले नेपाललाई नाकाबन्दी गर्न खर्च गरेको अरबौं भारु रुपियाँभन्दा भारतीय सिनेमाका हिरोहिरोइनहरूको प्रभाव हजारौं गुणा बढी प्रभावशाली भएको छ। त्यसै गरी चीनले सुरक्षामा खर्च गरेको खरबौं डलर भन्दा चीनको भाषा, संस्कृति, सिनेमा, इन्टरनेट आदिको सˆट पावर बढी प्रभावशाली भएको छ। केही समय यता नेपाली भाषा जसलाई एकथरीले खस भाषा पनि भन्छन् र अर्का थरीले पर्वते भाषा पनि भन्छन्। यसको नेपाली जनजीवनमा व्यापकता फैलिएको छ। नेपालका बाहुन क्षेत्री र शासकहरूलाई गाली गर्न पनि नेपाली भाषा, नेपाली पत्रपत्रिकाका नेपाली भाषाका एफएमहरू उपयोग गर्नु जरुरी छ। २०४६ पछि एफएम रेडियोहरू र पत्रपत्रिकाको जुन बाढी आयो त्यसबाट पनि नेपाली भाषाको व्यापकता बढेको छ। गीत, सिनेमा, पाठ्यपुस्तक र देश विदेशबाट निस्कने साहित्यिक कृतिहरूले समेत नेपाली भाषा संस्कृतिको प्रयोग, उपयोगिता र आयतन बढेको छ तर पनि आगामी सय वर्षपछि नेपाली भाषा अहिलेकै रूपमा सशक्त रहने शंका नै छ। नेपालका युवा पुस्तामा अङ्ग्रेजी भाषा र पश्चिमा संस्कृतिले राम्रो प्रभाव पार्दै गएको छ। त्यसले कालान्तरमा नेपाली भाषा र संस्कृतिलाई घाटा नै पुर्‍याउने छ। कुनै पनि भाषाले आवश्यक सम्प्रेषण वा कम्युनिकेसन र जनजीविकालाई जोड्नुपर्छ। अहिलेका पुस्ताका युवायुवतीहरूको अङ्ग्रेजी भाषाले नेपाली भाषा र संस्कृतिलाई ˆयाँक्दै लाने बलियो सम्भावना देखिएको छ। बेलायतको ६ करोड जनसंख्याभन्दा भारतमा अङ्ग्रेजी मातृभाषा हुनेको संख्या दोब्बर भएको बताइन्छ। भारत छोडेर जाँदा अङ्ग्रेज शासकहरूले यो कुरा अनुमान गरेका थिएनन्। नेपालमा नेपाली पछि बोलिने मैथिली, भोजपुरी, नेवारी भाषाहरू क्रमशः विस्थापित हुँदैछन् र तराईमा खास गरी हिन्दी भाषाप्रति मोह भएका केही आयातित राजनीतिज्ञहरू भोजपुरी, अवधि, थारु र नेपाली भाषालाई पनि हिन्दीले प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यतामा काम गर्दैछन्। अहिले नै बाँच्ने सङ्घर्ष गरिरहेका नेवारी, लिम्बू, तामाङ, गुरुङ, मगर र वान्तवा समेतका केही राई भाषा समेत लोपोन्मुख हुँदै गएका छन्। ती भाषा जोगाउन तिनै भाषाका युवा पुस्ताका मानिसले भाषा संस्कृतिको प्रयोग गर्नुपर्ने हुन्छ। कैयौं नेपाली भाषाका प्रयोगकर्ता युवायुवतीहरू नै पनि नेपाली भाषा संस्कृतिबाट पलायन हुँदै छन्। यस्तो स्थितिमा नेपालको संस्कृतिको गहनातुल्य रहेका थुप्रै भाषा संस्कृतिहरू लोपोन्मुख भएका छन्। केही अतिवादी अङ्ग्रेजी बोल्नेहरू र क्रिश्चियनहरू आगामी दुई सय वर्षमा विश्वमै एउटै भाषा अङ्ग्रेजी र एउटै धर्म क्रिश्चियन बनाउने मिसनमा लागिपरेका छन्। अहिले विश्वमा करिब सात हजार भाषा संस्कृति भएकोमा प्रति वर्ष बाह्र पन्ध्रवटा भाषा संस्कृति लोप भइरहेको अनुमान छ। नेपालका कैयौं, भाषा, संस्कृति, बाजा, लोकगीत र कैयौं परम्पराहरू समाप्त भएका छन् र त्यो परम्परा कायम छ। कुनै पनि भाषा संस्कृति जनजीविकासँग जोडिन सकेनन् भने ती जोगिन र जोगाउन कठिन छ। दीर्घकालमा नेपाली संस्कृति र नेपाली भाषा पनि जोगिन कठिन देखिएको छ। अङ्ग्रेजी र हिन्दी भाषाको प्रयोगले गर्दा नेपालका कैयौं परिवार नेपाली भाषा संस्कृतिबाट विमुख भएको अहिलेको अवस्थामा कसरी यी थुप्रै लोपोन्मुख भाषालाई बचाउने हो सम्बद्ध पक्ष गम्भीर हुनु जरुरी देखिन्छ। अहिलेसम्मको सरकारको सˆट पावर नीति अर्थात् नरम शक्ति नीति सन्तोषजनक छैन। अहिलेको नेपाल सरकारको भाषा संस्कृति नीति साना भाषा संस्कृति मैत्री छैन। जुन जगजाहेर विषय हो। अहिले जातीय राज्यहरूको चर्को बहसले भाषा संस्कृतिलाई खासै महìव दिएको देखिएन। नेपालमा सशक्त रूपमा फैलिएको क्रिश्चियन धर्म पनि नेपाली भाषा र जाति जनजातिका भाषा संस्कृति मैत्री देखिँदैनन्। á
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px