Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
मैथिल संस्कृतिमाथि निन्दनीय प्रहार
 
मिथिला राज्य सङ्घर्ष समितिको आहृवानमा शान्तिपूर्ण धर्नामा बसेकाहरूलाई लक्षित गरी जनकपुरको रामानन्द चोकमा सोमबार भएको बम विस्फोटमा चारजनाको मृत्यु भइस्ाकेको छ। झन्डै डेढ दर्जन घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त चिन्ताजनक छ। यो विस्फोट मानवता र विचारविरोधी हो। लोकतन्त्रमा अरूका विचारसँग असहमति रहे पनि ती विचारलाई सम्मान गर्नुपर्दछ। तर असहमति भए पनि असहमति पोख्न यो तरिका कदापि मान्य हुन सक्दैन। मुलुकमा राज्यको पुनःसंरचना र शासकीयस्वरूपजस्ता नयाँ दिशाको खोजीमा भएकाले, "वादेवादे जायते तìववोध" अर्थात् निष्कर्ष आउनुअघि हुने वादविवादलाई स्वाभाविक रूपमा लिन नसक्ने आतङ्ककारी मानसिकताका दासहरूले गराएको यस्तो विस्फोटलाई राजनीतिको कुनै पनि रङ दिइनु हुँदैन। यो विशुद्ध आतङ्ककारी गतिविधि र कायरता हो। अपराधबाट बच्न कोही कसैले यस्ता घटनालाई राजनीतिक माग र दृष्टिकोणसँग जोडेर उन्मुक्तिको खेती गर्न सक्दछन्। यसको सर्वत्र विरोध र प्रतिकार गरेर मुलुकले लिन चाहेको अग्रगमनको मार्गप्रशस्त गर्न सबै राजनीतिक शक्तिहरू एकै ठाँउमा उभिएर अपराधलाई पराजित गर्नुपर्दछ। केही महिनायता गृह प्रशासन र शान्ति सुरक्षाको स्थिति निकै कमजोर देखिएको छ। बम राखिएको मोटरसाइकल धर्नाकारीको नजिकै राखिनु सुरक्षात्मक दृष्टिले संवेदनशील कुरा हो। सुरक्षा संयन्त्र सचेत हुन सकेको भए ठूलो मानवीय क्षति नहुन सक्दथ्ाो। केही समयअघि काठमाडौको बबरमहलमा भएको विस्फोटमा पनि सुरुमा मोटरसाइकल प्रयोग गरिएको आशङ्का सन्दर्भलाई हेर्ने हो भने यसपटक जनकपुरको धर्ना नजिक मोटरसाइकल अनावश्यक रोकाइलाई विशेष ध्यान दिइनु सुरक्षात्मक चातुर्य हुनसक्दथ्यो। शान्तिपूर्ण भेला जुलुस गर्न पाउनु नैसर्गिक मानवअधिकार भएकाले उनीहरूलाई गृह प्रशासनले सुरक्षा दिनै पर्दछ। साथै, अबका दिनमा आयोजकहरूले पनि सुरक्षाका लागि विशेष ध्यान दिनुपर्दछ भन्ने पाठ जनकपुर घटनाले दिएको छ। जनकपुरमा विस्फोट भएपछि काठमाडौको सुरक्षामा कडाइ अपनाइएको छ भन्ने समाचार प्रवाहित गरेर घटनालाई सामान्यकृत गर्नु हुँदैन तर नेपाली गृह प्रशासन भने सुरक्षा रणनीतिलाई पनि यदाकदा "समाचार" बनाएर काम गरेको देखिन्छ। सुरक्षा निकायले यस्ता दुःखदायी घटनाहरूबाट पाठ लिनुपर्ने हुन्छ, जसको कमी जनकपुरमा देखियो। नेपालमा सङ्घीयतालाई विकासको पूर्वाधार वा बाहकभन्दा पनि हारजितको राजनीतिसँग गाँसिएकोले सङ्घीयतामा आफ्नो स्थान र हैसियत के हुने भन्ने चिन्ता मुलुकवासीमा छ। नयाँ राजनीतिक अभ्यासको तयारीमा लागिरहँदा यस्ता विवाद र बहसलाई आधार बनाएर अपराधीहरूले परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरिरहेका हुन सक्दछन्। सङ्घीयता र गणतन्त्रजस्ता परिवतर्नललाई स्वाभाविक रूपमा नलिएका र आफ्ना बाहेक अरूको अस्तित्व नस्वीकार्ने मानसिकताले पनि यी र यस्ता घटना हुनसक्नेमा होसियारी अपनाउनु पर्दछ। जनतान्त्रिक तराई मुक्ति मोर्चाले राजन समूहले घटनाको जिम्मा लिएर तराई घटनालाई "मुक्ति" सँग जोड्ने प्रयास गरेका छन् यद्यपि अन्य समूहले पनि पहिचानका लागि यस्ता घटना गराएको दाबी गर्ने गर्दछन्। सत्य के हो छानबिनपछि मात्र स्पष्ट हुनेछ तर हाम्रा यस्तै माग र दृष्टिकोणमा आपराधिक गतिविधि गर्न रुचाउनेहरूले खेल्न सक्दछन् भन्नेमा राजनीतिक वृत्त पनि चनाखो हुनुपर्दछ। यद्यपि यो दर्दनाक घटनामा सबै राजनीतिक दल एकजुट भएर यस कुकृत्यको कडा शब्दमा निन्दा गरेका छन्। तापनि यस्ता घटनालाई निरुत्साहित पार्न गृह प्रशासनका साथै राजनीतिक वृत्त पनि उत्तिकै जिम्मेवार र संवेदनशील हुनुपर्दछ। विस्फोटले निर्दोष नागरिकको ज्यान लिएको छ भने मिथिलाको सहिष्णुतावादी संस्कृति र सभ्यतालाई आहत र आतङ्कित पार्न खोजेको छ। निधन भएकाहरूको परिवारको भरणपोषण र घाइतेको उपचारमा सरकारले प्रभावकारिता देखाओस् र भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर कडा सुरक्षात्मक र राजनीतिक प्रयास तीव्र गर्नुपर्ने आवश्यकता बोध गरोस्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्र पङ्क्तिमा रहेको मिथिला र गौरवमय मैथिल बलिदानीहरूलाई यस्ता कायर घटनाले दिग्भ्रमित गर्न सक्दैन। मिथिलावासीले संयम र धैर्य गुमाउने छैनन्। मुलुकलाई अग्रगमन दिन यो शोकलाई शक्तिमा बदल्ने छन्।
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px