Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
अझै विकास हुन सकेन श्रम-सम्मान संस्कृति
सीताराम विलासी
 
काठमाडौँ, वैशाख १९ गते। कुनै पनि व्यवसायमा पुँजी, प्रविधिको जति महत्त्व हुन्छ, त्यत्तिकै श्रमको पनि हुन्छ। श्रमको महत्त्वलाई अवमूल्यन गरेर न आर्थिक विकास सम्भव छ न मुलुक परिवर्तनको कुरा नै। तर आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको श्रमशक्तिलाई अझै पनि नेपालले सही रूपमा सम्बोधन गर्न सकेको छैन। श्रमको सम्मान केवल नारामा मात्र सीमित छ । हरेक राजनीतिक परिवर्तनका माध्यम र दलहरूका राजनीतिक स्वार्थसिद्धिका साधन बन्दै आएका नेपाली श्रमिक अझै अधिकारको सुनिश्चितता, सहज जीवनयापन, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको पर्खाइमा छन्। नेपालमा पनि मङ्गलबार १२३औं मे डे अर्थात्अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो। कष्टपूर्ण र अमर्यादित काम गर्न बाध्य लाखौं श्रमिकमध्ये कतिले यो दिवस मनाए ? कति आफ्ना अधिकारप्रति सचेत भए ? यकिन हुन नसके पनि श्रमिकका नाममा उधारो आश्वासन र सहानुभूति प्रकट गर्ने काम यस वर्ष पनि कायम रर्‍यो। मुलुकमा उत्पादकत्व वृद्धि, लगानीमैत्री बाताबरण निर्माणको लागि औद्योगिक क्षेत्रमा सुमधुर श्रम सम्वन्धको जरुरी छ। श्रम कानुनमा रहेको जटिलता र श्रमिकलाई राजनीतिक स्वार्थ सिद्धिको लागि प्रयोग गर्ने गलत प्रवृत्तिका कारण श्रमिकका अधिकार नारामा सिमिति हुने र श्रम बजार व्यवस्थित हुन पुगेको छैन्। अझै पनि न्यूनतम बेतन, न्यूनतम सेवा सुविधाबाट वञ्चित रहँदै आएका नेपाली श्रमिकहरूको अवस्था २०४६ सालको परिवर्तनपछि केही सुधार आएको देखिए पनि स्वस्थ्य, सुरक्षित र मर्यादित वातावरणमा काम लगाउने कुरामा अझै सत्ता सञ्चालक र मालिकहरू तयार हुन सकेका छैन। श्रमिकको अधिकारको लागि लड्न अगाडि सरेका नेताहरू भने विदेश भ्रमण र राजनीतिक नेतृत्वको आदेश तामेली गर्नमै सीमित हुँदै आएका छन्। नेपालमा प्रत्येक वर्ष चार लाखभन्दा बढी श्रमशक्ति थपिने र रोजगारीको अभावले त्यसको तीन चौथाइ पलायन हुने गरेको तथ्याङ्क बाहिर आएको छ। खाडी तथा मध्यपूर्वका मुलुकहरूमा कष्टकर काम गरी पैसा पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेग गर्दै आएका युवा श्रमशक्तिलाई मुलुकको विकासमा परिचालन गर्ने कुरामा सरकार, राजनीतिक नेतृत्व अन्यौलमा छ। सरकार, रोजगारदाता र प्रमुख ट्रेड युनियन सङ्गठनहरूबीच गत वर्ष नै कानुन बनाई श्रमिकहरूको सामाजिक सुरक्षा गर्ने सहमति भए पनि हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन। श्रमिकको सामाजिक सुरक्षाको लागि रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम कट्टा गरी सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र सरकारका तर्फबाट पनि थप २० प्रतिशत कोषमा हाल्न लगाउने कुरा भएको थियो। श्रम क्षेत्रलाई व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन ल्याउने भनिएका छवटा श्रम कानुन व्यवसायी र सरकारको कमजोरीको कारण अन्तिम रूप पाउन सकेकेा छैन। श्रमिकको सामाजिक सुरक्षाको लागि भन्दै उनीहरूको पारिश्रमिकबाट कट्टा गरेको एक प्रतिशत अझै पनि उनीहरूलाई खर्च हुन सकको छैन। सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकको लगत सङ्कलन गर्ने भन्दै सरकारले निर्माण गरेको कोषको सचिवालयले हालसम्म श्रमिकको लगत सङ्कलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोषको एक प्रतिशत श्रमिकको दुर्घटना बीमा, प्रसूति बीमा आदिमा खर्च गर्ने भनिए पनि लगत सङ्कलन हुन नसक्दा कार्यान्वयन हुन सकेको छैन। श्रमिक सङ्गठनहरूले एकीकृत रूपमा श्रमिकका मुद्दाहरूलाई उठाउने भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र -जेटीयूसीसी) खडा गरे पनि यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकेका छैनन्। आन्दोलनका मोर्चाहरूमा अझै पनि सँगसँगै अघि बढ्न नसक्दा नेपालका श्रमिकका मुद्दा र ट्रेड युनियन आन्दोलन कमजोर भएको गुनासो सुनिँदै आएको छ। हाल नेपालमा सङ्गठित र असङ्गठित क्षेत्रका गरी एक करोडभन्दा बढी श्रमिक छन् । तीस लाख नेपाली विभिन्न मुलुकमा रहेर मजदुरी गर्दै आएको अनौपचारिक तथ्याङ्क छ। बाल श्रमिकको पनि ठूलो समस्या छँदैछ । ट्रेड युनियनका नेताहरू श्रम क्षेत्रमा भएका प्रगतिलाई सन्तुष्टि लिनुपर्ने अवस्था नरहे पनि सरकार र रोजगारदाता व्यवसायीको कमजोरी र अडानका कारण अपेक्षा अनुसार काम हुन नसकेको बताउँछन। नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु रिमालले तथ्याङ्कलाई हेर्ने हो भने धनी र गरिबबीचको दूरी बढ्दै गएको, व्यवसायीहरू तुच्छ ज्याला दिएर उच्च प्रतिफलको आशा गरेको बताउनुहुन्छ । सरकार कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने कुरामा तदारुकता देखाउँदैन, उहाँ भन्नुहुन्छ। श्रम ऐन, सामाजिक सुरक्षाका क्षेत्रमा ट्रेड युनियनका क्षेत्रबाट दिनुपर्ने सुझाव दिइसकेको र श्रमिकका समस्या समाधान गर्ने कुरामा व्यवसायीहरू आफै ताला लगाएर सडकमा निस्कने प्रवृत्ति रहेको भन्दै सबै दोष मजदुर र युनियनहरूलाई मात्र दिने र औद्योगिक क्षेत्रमा सुमधुर श्रम सम्बन्धको कुरा गर्नु गलत हो भन्नुहुन्छ। नेपाल ट्रेड युनियन काँग्रेसका कार्यवाहक अध्यक्ष रामजी कुँवरका अनुसार हरेक राजनीतिक आन्दोलनहरूमा निणर्ायक योगदान दिँदै आएका श्रमिकहरूलाई सरकार र राजनीतिक दलहरूबाट प्रयोग गर्ने र पछि उपेक्षा गर्ने काम हुँदै आएको छ। उहाँले राज्यका हरेक तहमा श्रमिकको कम्तिमा १० प्रतिशत प्रतिनिधित्व, सामाजिक सुरक्षाको सुनिश्चितता, आईएलओ अभिसन्धि ८७ को कार्यान्वयन, श्रम आयोगको गठन, सङ्गठिनक स्वतन्त्रता जस्ता कुराहरू आफूहरूले वषौंदेखि उठाउँदै आए पनि सरकारले त्यसलाई उपेक्षा गरेको बताउनुभयो। सामाजिक सुरक्षाले हालको गरिबी र धनी बीचको अन्तर कम गरी श्रमिकको आर्थिक स्थिति बलियो बनाउन सहयोग पुग्ने, श्रम आयोगले श्रम क्षेत्रमा देखिएका विवाद निरुपण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। श्रमिकहरूको जीवनस्तर उकास्ने कुरामा कर्मचारीतन्त्रले समेत सहयोग नगरेको कुँवरले बताउनुभयो। सिकागोमा मजदुरहरूले आठ घण्टा, काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनको माग गर्दै सन् १८८९ मा गरेको आन्दोलनको स्मरणस्वरुप प्रत्येक वर्ष मे १ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइँदै आएको छ।
अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px