|
कोलम्बो, वैशाख १९ गते। पाकिस्तानी क्रिकेट टिमले श्रीलङ्कामा तीन टेस्ट, पाँच एकदिवसीय रदुई टि/ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पक्का भएको छ।
श्रीलङ्काको क्रिकेट काउन्सिलका अनुसार पाकिस्तान टिमको भ्रमण करीब डेढ महिनाको हुनेछ। पाकिस्तानी टिम जेठ १६ गते श्रीलङ्का आइपुग्नेछ। शृङ्खलाको समापन असार २९ गते हुनेछ। यी दुई टिमले सुरुमा टि/ट्वान्टी शृङ्खला खेल्नेछन्। त्यसपछि एकदिवसीय शृङखला जेठ २५ गते सुरु हुनेछ। सुरुका दुई खेल पालेकेले र पछिल्ला तीन एकदिवसीय कोलम्बोमा खेलाइनेछ। असार ८ गतेदेखि टेस्ट शृङ्खला सुरु हुनेछ।
यी दुई टिमले पछिल्लो पटक युएइमा टेस्ट शृङ्खला खेलेको थियो। जसमा पाकिस्तानले तीन खेलको शृङ्खलामा श्रीलङ्कालाई १-० ले हराएको थियो। सन् २००९ मा श्रीलङ्काको भ्रमणमा भने पाकिस्तानले तीन खेलको शृङ्खला २-० ले गुमाएको थियो। एजेन्सी |