|
नयाँदिल्ली, वैशाख १९ गते। इन्डियन पि्रमियर लिगमा डेकन चार्जर्सले मङ्गलबार पुने वारियर्सलाई १३ रनले हराएको छ।
टस जिती पहिले ब्याटिङ गरेको डेकनले निर्धारित २० ओभरमा चार ओभरको क्षतिमा १८६ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा पुने वारियर्सले पाँच विकेटको क्षतिमा १७३ रन मात्र बनाउनसक्यो। डेकनका लागि कप्तान कुमार सङ्गकाराले ५२ बलमा ८२ रनको उत्कृष्ट पाली खेले। अस्ट्रेलियाका क्यामरुन हृवाइटले पनि ४५ बलमा ७४ रन बनाएर पुनेलाई निराश पारेको थियो।
यसैगरी, कप्तान गौतम गम्भीरले ६३ रनको ठोस पाली खेलेपछि सोमबार राति कोलकाता नाइट राइडर्सले गत विजेता चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हरायो। गम्भीरले ५२ बलको पालीमा एक छक्का र छ चौका प्रहार गरेपछि कोलकाताले दुई बल बाँकी छँदा पाँच विकेटको क्षतिमा १४० रन बनाइ जित हासिल गर्यो।
गम्भीरबाहेक दक्षिण अपि|mकाका ज्याक कालिसले पनि उपयोगी योगदान दिए। कालिसले सुरेश रैना र ड्वायन ब्राभाको महत्वपूर्ण विकेट लिएपछि गम्भीरसँग मिलेर दोस्रो विकेटको साझेदारीमा ७० रन जोडेर जितको आधार तयार पारेका थिए। कालिसले २६ रन बनाए। कोलकाताका लागि नायक भने स्थानीय देवब्रत दास बने। उनले अन्तिम समयमा चार बलमा अविजित एघार रनको पाली खेलेपछि मात्र कोलकाताको जित सम्भवन भएको थियो।
यसअघि, चेन्नईले पाँच विकेटको क्षतिमा १३९ रन बनाएको थियो। प्रारम्भिक ब्याट्सम्यानद्वय फाप डु प्लेसिस -३ रन) र माइकल हसी -१८ रन) चाँडै आउट भएपछि चेन्नईले ठूलो योगफल बनाउन सकेन। सुरेश रैनाले ३४ बलमा ४४ रकप्तान महेन्द्र सिंह धोनीले ३० बलमा अविजित ३४ रन बनाएपछि मात्र चेन्नईको पाली सुधि्रएको थियो। अङ्क तालिकामा कोलकाता दोस्रो
स्थानमा रहेको छ। एपी |