काठमाडौँ, वैशाख २० गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका विभिन्न भागमा बन्द, हडताल कार्यक्रम चलाइरहेका राजनीतिक दल तथा समूहलाई बन्द कार्यक्रम स्थगन गरी वार्तामा आउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो।
शान्तिपूर्ण रूपले आˆना माग तथा धारणा प्रस्तुत गर्न सक्ने मार्ग सुरक्षित रहेको अवस्थामा सबै किसिमका विरोधका कार्यक्रमहरू वार्ताको माध्यमद्वारा निरूपण हुने व्यहोरा स्मरण गराउँदै प्रधानमन्त्री भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- "बन्द आहृवानकर्ताहरूलाई तत्काल आˆना बन्द तथा हडतालका कार्यक्रमहरू स्थगन गरी नेपाल सरकारसँग वार्ता गर्न आउन अपिल गर्दछु।"
उहाँले वार्ताका निमित्त सहज वातावरण सिर्जना गर्न सबै राजनीतिक दल, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूलाई समेत आग्रह गर्नुभएको छ।
"अखण्ड सुदूरपश्चिम, स्वायत्त थरुहट प्रदेश, मिथिला प्रदेशजस्ता विषयहरूलाई अगाडि सारेर विगत केही दिन सुदूरपश्चिमाञ्चल क्षेत्रलगायत विभिन्न क्षेत्रमा बन्द आहृवान गर्ने, सुदूरपश्चिम एकता मञ्च, अखण्ड सुदूरपश्चिम सङ्घर्ष समिति, क्षेत्री समाज, सुदूरपश्चिम जागरण मञ्च, संयुक्त लोकतान्त्रिक थारू मोर्चा, थारू संयुक्त सङ्घर्ष समिति, मिथिला राज्य सङ्घर्ष समितिलगायतका संस्थाहरूका मागप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ", विज्ञप्तिमा भनिएको छ।
राजनीतिक दलहरूको सहमतिमा राज्य पुनःसंरचना र सङ्घीय प्रदेशको सङ्ख्या निर्धारण गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको जानकारी