Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
कम्युनिस्ट आन्दोलनको उतारचढाव
मुक्ति खनाल
 

वि.सं २००६ साल वैशाख १० मा कलकत्तामा उत्साही नेपाली युवकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए, यसमा पुष्पलाल महासचिव हुनुहुन्थ्यो। अहिले सो नेपाल कम्युनिस्ट पार्टी संस्थापक सदस्यमध्ये नरबहादुर कर्माचार्य मात्र जीवित हुनुहुन्छ। यसबीच कम्युनिस्ट आन्दोलन अन्तरसङ्घर्ष, विभाजन, एकीकरण, जनयुद्ध र विभिन्न प्रवृत्ति एवं आरोह अवरोह पार गरी अहिलेको अवस्थामा आइपुगेको छ।

निरङ्कुश राणाशाहीको जन्जीरमा बाँधिएका नेपालीहरू भर्खरैको स्वतन्त्रता सङ्ग्रामबाट बेलायती उपनिवेशको जन्जीर फालेका भारतीयहरूबाट पनि प्रभावित थिए। विश्वभरि उपनिवेशवाद एवं साम्राज्यवादविरोधी सङ्घर्ष उत्कर्षमा थियो। महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको विश्वव्यापी उभार घटिसकेको थिएन। चिनियाँ जनवादी क्रान्ति भर्खरै सम्पन्न भएको थियो। राणाशाही विरुद्ध स्वतन्त्रता चाहने केही नेपाली युवाले देशभित्र सहादत प्राप्त गरिसकेका थिए। देशका जागरूक नेपाली जनता स्वतन्त्रताका लागि बलिदान दिन तत्पर थिए। यस्तो परिवेशमा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो।

भर्खरै पार्टी गठन भएको भए पनि सातसालको क्रान्तिमा नेपाली कम्युनिस्टले योगदान गरे। क्रान्तिपछिका केही समय प्रजातन्त्रको मसीहा ठान्ने नेपाली काँग्रेस र राजाका कारण नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित हुन पुग्यो। यसैकारण २०१० मा पाटनमा यसको पहिलो महाधिवेशन भूमिगतरूपमा गर्नुपरेको थियो। यो महाधिवेशनले क.मनमोहन अधिकारीलाई महासचिव बनायो।

यसैबीच महासचिव मनमोहन अधिकारी चीन भ्रमणमा जाँदा कार्यभार केशरजङ्ग रायमाझीलाई दिएका थिए। उपचारका लागि मनमोहन चीनमा केही थप समय बस्ने भएपछि २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनले यिनै रायमाझीलाई महासचिव बनायो। नेपाल कम्युनिस्ट पार्टीले २०१५ सालको आमचुनावमा भाग लियो र १०९ क्षेत्रमा विभाजित निर्वाचन क्षेत्रमध्ये चार स्थानमा विजय हासिल गर्‍यो। काँग्रेस सरकारमा बसेर निर्वाचनमा गएको थियो, जनताको चेतनास्तर धेरै कमजोर थियो र नेपाली कम्युनिस्ट विस्तारै जनतामा झ्याङ्गदिै थिए यस्तो बेला कम्युनिस्टहरूको संसद्को सानो उपस्थितिलाई कमजोर ठान्नुपर्ने देखिन्न।

०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक कु गरेर सम्पूर्ण सत्ता लिए, पार्टीमाथि प्रतिबन्ध लगाए र प्रायः सबै नेतालाई जेल हाले। यो बेला केशरजङ्ग रायमाझी रुस भ्रमणमा थिए। उनी त्यहाँबाट फर्केपछि राजाको कदमलाई समर्थन गरेर गद्दारी गरे। २०१९ सालमा भारतमा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव बनायो। यस अघि 'कुन बाटो' लेखेर रुसी मोडेलको राष्ट्रिय लोकतान्त्रिक पद्धतिको अमात्यले वकालत गरेका थिए र यसको जवाफमा पुष्पलालले 'मूलबाटो' लेखेर नयाँ जनवादको पक्षपोषण गरेका थिए। दोस्रो महाधिवेशनले कार्यक्रम पुष्पलालको लिए पनि नेतृत्व क.अमात्यलाई सुम्पेर खिचडी पकाएको थियो। त्यसपछि नेतृत्वमा देखिएको विवादका कारण पार्टीको बैठकसम्म बस्न नसक्ने अवस्था भयो र पार्टी छिन्नभिन्न भयो।

२०२५ सालमा पुष्पलालले आˆना समर्थकहरूको दरभङ्गामा विस्तारित बैठक गरेर सो समूहको आफू महासचिव बने। अन्तर्राष्ट्रिय रूपमा देखापरेको रुस-चीन विवादका कारण नेपाली कम्युनिस्ट आन्दोलन पनि विभाजित रहृयो। पुष्पलाल र अन्य केही कम्युनिस्ट चिनियाँ कम्युनिस्ट पार्टीप्रति झुकाव राख्थे भने केही समय रायमाझीले नेतृत्व गरेको र पछि कृष्णबहादुर मानन्धरले नेतृत्व गरेको पार्टी रुसी कम्युनिस्ट पार्टीप्रति झुकाव राख्थ्यो तर नेपाली कम्युनिस्टमा चिनियाँ प्रभाव नै बलशाली हुँदै गएको देखिन्थ्यो।

पार्टीमा खराबी आएपछि विभिन्न समूहको नाममा आ-आफै स्वतन्त्र समूह बनाएर कम्युनिस्टहरू सङ्गठित हुनथाले। अहिले पनि साना ठूला गरी धेरै कम्युनिस्ट पार्टी अस्तित्वमा छन्। त्यो बेला यीमध्ये सबैभन्दा बलशाली पुष्पलालको समूह नै थियो।

जेलमा परेका कम्युनिस्ट नेताहरू क.मनमोहन, मोहनविक्रम सिंह, निर्मल लामा छुट्न थाले। जेलबाट निस्केपछि सबैले पार्टीलाई पुनर्गठित गर्न खोजे। फलस्वरूप २०२८ सालमा क.मोहनविक्रम सिंह र क.निर्मल लामाले केन्द्रीय न्यूक्लस गठन गरेर २०३१ सालमा चौथो महाधिवेशन गरे। यसका महासचिव मोहनविक्रम थिए। यो बेला पार्टी मोहनविक्रमको नामबाट बढी चर्चामा थियो। यसैबेला मोहनविक्रम निलम्बनमा परे र लामा महासचिव बने। लगत्तै अयोध्यामा बसेको राष्ट्रिय भेलामा महासचिव क.लामाले पार्टीलाई चौथो महाधिवेशनबाट परिचित गराउने भन्ने निर्णय राष्ट्रिय कार्यकर्तामाझ सुनाए। त्यसपछि यो पार्टी चौथो महाधिवेशनको नामले चिनिन थाल्यो, तर पनि अन्य धेरैले यसलाई मोहनविक्रमको सक्रियतामा गठित पार्टी भएकाले उनैको गुट भन्न छोडेनन्। नेकपा-चौथो महाधिवेशन, यो पार्टी मोहनविक्रम र निर्मल लामा समूहमा पार्टीभित्र विभाजित हुँदै गएपछि अन्ततः विभाजित नै भयो। मोहनविक्रम समूह नेकपा-मशाल र लामा समूह नेकपा-चौमको नामबाट बाहिर देखापरे। मोहनविक्रम सिंह फेरि कारबाहीमा परेपछि केही समय भक्तबहादुर श्रेष्ठ महासचिव बने। नेकपा मशालको २०४१ मा अयोध्यामा सम्पन्न पाँचौँ महाधिवेशनको बेला कारबाही भोगेर महासचिवबाट हटाइएका तर उनै क.मोहनविक्रमको निर्देशनमा चल्ने चित्रबहादुर केसी महासचिव थिए। यो पाँचौँ महाधिवेशनले मोहनविक्रमलाई निलम्बन गर्‍यो र किरणलाई महासचिव चयन गर्‍यो।

अर्कोतर्फ कोशी प्रान्तीय कमिटी र मनमोहनका विरुद्ध उत्रेको भारतीय नक्सलबारी आन्दोलनसँग प्रभावित झापाली समूहले 'एक एरिया, एक युनिट, एक एक्सन'को नारा दिंदै व्यक्ति हत्याको कार्यक्रमका साथ २०२८ सालमा सशस्त्र सङ्घर्षमा उत्रियो। यो सीमित क्षेत्र मात्र ओगटेको, कार्यक्रमभन्दा भावावेगमा बहेको हुनाले असफल भयो। यसका धेरै नेता कार्यकर्ता समातिए। केही समयपछि सिपी मैनाली लगायतकाले नक्खुजेल ब्रेक गरे, केही समातिए, केही समातिनबाट बचे। यिनै बाहिर रहेकाहरूको सक्रियतामा कोअर्डिनेसन केन्द्र बनाएर २०३५ सालमा नेकपा-माले गठन गरे। यसका महासचिव सीपी मैनाली थिए। पछि यसका महासचिव क.मदन भण्डारी भएको बेला २०४७ सालमा नेकपा-माले र नेकपा-माक्र्सवादी दुई मिलेर नेकपा-एमाले बन्यो। २०४९ सालमा सम्पन्न यसको पाँचौँ महाधिवेशनले क.मदन भण्डारीबाट प्रतिपादित बहुदलीय जनवादको कार्यक्रम अङ्गीकार गर्‍यो।

उता किरणको नेतृत्वको नेकपा मशाल फुट्यो र नेकपा-मसाल बन्यो। अब मशालको महासचिव किरण र मसालको महासचिव मोहनविक्रम भए। किरणले पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउन नसक्ने देखिदै थियो। विना तयारी असन पुलिस चौकी माथि समेतको हमला, जसलाई सेक्टर काण्ड भनियो यसको असफलताको कारण देखाई किरणलाई यसको झण्डै दुई वर्षपछि महासचिवबाट हटाइयो। सोही बैठकले निर्माण -अहिलेका प्रचण्ड)लाई महासचिव चयन गर्‍यो। टुटफुट हुँदै आएको कम्युनिस्ट आन्दोलन निर्माणको सक्रियतामा जुट्न थाल्यो।

२०४६ सालको जनआन्दोलनको प्रभावबाट कम्युनिस्ट आन्दोलनभित्र पनि एकताको सञ्चार भएको देखिन्छ। मालेले माक्र्सवादीसँग एकता गरेर एमाले बनेको यसैबेला हो। अर्कोतर्फ २०४७ सालमा नेकपा-मशाल र नेकपा-चौमको एकीकरणबाट नेकपा एकताकेन्द्र बन्यो, महासचिव निर्माण नै बने। यसमा पछि रूपलाल नेतृत्वको सर्वहारा श्रमिक सङ्गठन र बाबुराम एवं हरिबोल गजुरेललगायतकाको नेतृत्वको विद्रोही मसाल एकीकृत हुन आए। २०४८ सालमा चितौनको माडीमा एकता महाधिवेशन भयो, महासचिवमा निर्माण अर्थात् प्रचण्ड निर्वाचित भए।

एकताकेन्द्र भित्र जनयुद्धमा जाने र नजाने विषयमा मतभेद देखापर्‍यो र विभाजनमा पुग्यो। क.प्रचण्डको नेतृत्वको पार्टी जो विभाजनको बेला बहुमतमा थियो यसले आफूलाई नेकपा-माओवादीमा रूपान्तरित गर्‍यो र जनयुद्धमा होमियो। विभाजित अर्को समूहले आˆनो पुरानो नाम समात्यो र नेकपा-एकताकेन्द्रको रूपमा आफूलाई जनसमक्ष ल्यायो। संविधानसभा निर्वाचनपछि पुराना यी छुट्टएिका भाइहरू फेरि एकत्रित भएर अहिले एकीकृत नेकपा-माओवादीका नाममा देशको सबैभन्दा ठूलो पार्टीको रूपमा जनसमक्ष छ। अहिले यो पार्टीमा इतिहासमा कहिल्यै देखा नपरेको भीषण अन्तरसङ्घर्ष जारी छ।

कुनै पनि पार्टीको इतिहास केलाएर हेर्दा के देखिन्छ भने पार्टीहरूले जन्मदैमा कुनै गुटका भ्रूणहरू बोकेर आएको देखिन्छ। नेपाल कम्युनिस्ट पार्टी पनि यसबाट अछुतो रहेन। अझ कम्युनिस्ट पार्टीमा त्यस्ता भ्रूणहरूको विकास चाँच्चाँडो भएको पाइन्छ। कम्युनिस्ट पार्टीको विवादमा सधँै सैद्धान्तिक जलप लागेको पाइन्छ, तर पछाडि फर्केर हेर्दा के देखिन्छ भने सबै विवाद सैद्धान्तिक थिएनन्।

विवाद हुनासाथ फुट्ने कम्युनिस्ट पार्टीको पुरानो रोगले अहिले सबैभन्दा बढी एनेकपा-माओवादी ग्रस्त छ। एनेकपा माओवादीका अध्यक्ष क.प्रचण्डले अहिले रुसी कम्युनिस्ट पार्टीभित्र लेनिनले भोगेको जस्तो विवादको सामना गर्नुपरिरहेको छ। जर्मनीसँग गरेको व्रेस्तलोभ सन्धिको समयताका लेनिनलाई मेन्सेभिकहरूले लगाएका आत्मसमर्पणवादी र राष्ट्रघाती जस्तै आरोप अहिले प्रचण्डले भोग्नुपरिरहेछ। लेनिनले निडर भएर मेन्सेभिकको सामना गरे। लेनिनको काम इतिहासले सही सावित गरिदियो। प्रचण्ड अहिले त्यस्तै इतिहासको कठघरामा छन्। प्रचण्डले अहिले नेपाली मेन्सेभिकसँग दृढतापूर्वक भिड्दिन भनेर पनि सुख पाउने अवस्था छैन। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px