Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
उपभोक्तालाई ग्यास कार्डर् वितरण सुरू
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, वैशाख २० गते। खाना पकाउने ग्यासको वितरणलाई सरल बनाउने सरकारी नीतिअनुसार उपभोक्तालाई कार्ड वितरण गर्ने प्रक्रियाको थालनी भएको छ।

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार यस प्रक्रियाको थालनी गर्नुभएको हो। उपभोक्ताको आफ्नो विवरणसहित उनीहरूको लगत सङ्कलन गर्न ग्यास डिलरलाई उपभोक्ता र्फम उपलब्ध गराइएको छ। बुधरबार ५० भन्दा बढी ग्यास डिलरले यस्तो र्फम बुझेका छन्।

उपभोक्ताको विवरण सङ्कलन हाल काठमाडौँबाट सुरु गरिए पनि क्रमिकरूपमा मुलुकभर विस्तार गरिने जनाइएको छ। विभिन्न उद्योगका सिलिण्डर बिक्री-वितरण गर्दै आएका ग्यास डिलरले उपभोक्ताको विवरण सङ्कलन गरी सरकारलाई बुझाउने छन्।

कार्यक्रममा मन्त्री भट्टले ग्यासको वितरण प्रक्रियालाई सरलीकरण गर्न कार्ड प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्ने भन्दै उपभोक्तालाई निर्वाधरूपमा खाना पकाउने ग्यास प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न आफूहरूले यस कार्यक्रमलाई अगाडि बढाएको स्पष्ट पार्नुभयो।

उहाँले कार्ड वितरण कार्यलाई चाँडै सम्पन्न गर्न डिलर, उपभोक्ता र अन्य सरोकारवाला निकायलाई सहयोगको आग्रह पनि गर्नुभयो। मन्त्री भट्टले कार्ड वितरण सम्पन्न नहुँदासम्म ग्यासको वितरण सहज नहुने भन्दै यस कार्यलाई जसरी पनि सरकारले सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।

आपूर्ति व्यवस्थामा अवरोध गर्ने तथा उपभोक्तालाई ठगी गर्नेलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले आफ्नो व्यवसाय इमानदारितापूर्वक र उपभोक्तालाई सहज हुने गरी गर्न व्यवसायीलाई आग्रह पनि गर्नुभयो।

उपभोक्ता कार्डले उपभोक्ताको यथार्थ विवरण अभिलेख हुनुको साथै यसले ग्यास वितरण कार्यलाई पनि पारदर्शी बनाउने मन्त्री भट्टको भनाइ छ। उहाँले सरकारले वितरण गर्ने दुई कार्डहरूमा रातो घरायसी प्रयोजनको लागि र नीलो व्यावसायिक प्रयोजनको लागि हुने जानकारी पनि दिनुभयो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले आमउपभोक्तालाई सहुलियत र सरलरूपमा ग्यास वितरण गर्न सरकारले कार्ड प्रणाली लागू गर्न लागेको भन्दै यसबाट बजारमा सिर्जना हुने कृत्रिम अभाव र कालाबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल आयल निगमका का.मु. कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले ठूलो घाटा सहेर पनि निगमले ग्यासको आपूर्ति गर्दै आएको भन्दै ग्यासको खपत बढ्दै गए पनि उपभोक्ताको यकिन तथ्याङ्क नहुँदा निगमलाई अप्ठ्यारो हुने गरेको बताउनुभयो।

ग्यास डिलर महासङ्घका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालले सरकारले डिलरको उचित कमिसनको सुनिश्चितता नगरेको भन्दै डिलर कमिसनको स्पष्ट व्यवस्था गर्न माग गर्नुभयो। उहाँले सरकारको कार्ड प्रणालीलाई कार्यान्वयन गर्न डिलरहरू प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px