Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
पारिन्छ सत्ता जब खण्डखण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड
त्रिभुवनचन्द्र वाग्ले
 
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको देख्नु भएको सत्ता -राष्ट्र) लाई खण्डखण्ड गरिएपछिको कुरूपतातिर हाम्रो यात्रा बढ्दैछ जसमा जातीय र क्षेत्रीय द्वन्द्वको छनक देखिन थालेको छ। मिथिला राज्य सङ्घर्ष समितिको आहृवानमा शान्तिपूर्ण धर्नामा बसेकाहरूलाई लक्षित गरी जनकपुरको रामानन्द चोकमा यसै हप्ता सोमबार गरिएको बम विस्फोटमा चारजनाको मृत्यु भइस्ाकेको छ। सहिद वर्गीकरणको सूचीमा सम्भवतः उहाँहरू 'प्रथम सङ्घीय' सहिद हुनुहुनेछ। यो लेख तयार गर्दासम्म झण्डै डेढ दर्जन घाइतेमध्ये दुईजनाको अवस्था अत्यन्त चिन्ताजनक भएकाले सहिदको सङ्ख्या थपिनेछ। मिथिला विरोधीहरूको यस्तो उद्दण्डताको जति विरोध गरे पनि पुग्दैन। उता अखण्ड सुदूरपश्चिमको माग गर्दै भएको त्यस क्षेत्रको आमहड्ताल झण्डै एक हप्तासम्म पनि टुङ्गिएको छैन। अखण्ड सुदूरपश्चिमलाई टुक्र्याएर छुट्टै थरुहट राज्य हुनुपर्ने माग पनि छँदैछ। विभिन्न जातीय सङ्गठन, सरकारमा सहभागी दल र तिनका नेता आ-आफ्ना जातीय/क्षेत्रीय राज्य नबने संविधान जलाउने भन्दै आएका छन् भने केही जाति कुनै पनि जातिका नामबाट प्रदेशको नामकरण गरिनुहुँदैन भनिरहेका छन्। अब चाहिँ एउटा निष्कर्षमा पुगिएको छ-जस्तोसुकै प्रदेश वा संविधान बनाए पनि त्यसलाई कसै न कसैले जलाउनेछ। संविधान निर्विवाद हुनेछैन। अब नेपालले यस्तै विग्रहविरुद्ध लड्नुपर्नेछ। त्यो धेरै टाढा छैन। प्रत्यक्ष, निर्वाचित, कार्यकारी, शक्तिशाली, प्रतिभाशाली, बुद्धिशाली, भाग्यशाली, बलशाली, पौरखशाली, गौरवशाली राष्ट्रपति हुने सौदाबाजीमा मुलुकलाई खण्डखण्डमा विभाजन गर्ने प्रयास गरिएको छ। विकासप्रक्रिया वा शासकीय शक्तिलाई केन्द्रबाट तल्ला निकायमा लैजान सङ्घीयता आवश्यकता परेको हो भने मुलुकको जातीय कित्ताकाट र रजिष्ट्रेशन पास किन आवश्यक पर्‍यो भन्ने प्रश्नका अगाडि र पछाडि भिन्नभिन्न उत्तर पाउन सकिन्छ। अगाडि भनिने उत्तर जनतालाई शक्तिशाली बनाउन यसो गरिएको हो भन्ने हुनसक्छ तर यसका पछाडि चुनाव र व्यक्तिलाई केन्दि्रत गरिएको छ। सत्ताका लागि मुलुकको भविष्यमाथि झेली खेल खेल्ने 'महान्' खेलाडी नेपालले जन्माएको रहेछ सायद उनीहरूको जन्मकुण्डली मुलुकका लागि मुल्याहा परेको छ। लाचार काँग्रेस र लोभी एमालेजस्ता कर्मकाण्डीले अब कुनै पनि मुल्याहा राशीको ग्रहशान्ति गर्नसक्ने अवस्थामा छैन भन्छन् नेपालको सम्भावित कोसोभीकरण देख्नेहरू। काँग्रेस-एमाले समर्पण हुनका लागि सहमति गर्छन्। बेरिनका लागि वार्ता गर्छन्। यस्ता झारफुकले नेपालको कोसोभो वा चेकोस्लाभीकरणलाई रोक्न सक्ने देखिंदैन पनि। सोझो कुरा छ, नेपाली काँग्रेस वा एमालेले कुनै पनि जातिको विकास र उन्न्ातिलाई अस्वीकारेका छैनन्। तर उनीहरू जातीय विरोधी भएका छन्। आफैंभित्रको अस्पष्टता र देखेको कुरो बोल्न डराउने प्रवृत्तिले उनीहरू जातीयताविरोधी जस्ता भएका छन्। यिनीहरूलेे सबै जातिको सम्मान हुनुपर्दछ भनिरहेका छन् तर यिनीहरू नै जातीय विरोधी तर कसैले केही निश्चित जातिलाई मात्र काखी च्यापेर 'अन्य'लाई उपेक्षा गरिरहेका छन् उनीहरू जातीय प्रेमी ? जातीय सहिष्णु ? यस्तो झुटको हाटमा भएको पिठोको व्यापारमा काँग्रेस र एमालेले चामल बिकाउन सकेका छैनन्। एमालेलाई त सजिलो छ भोलि मदननगर बल्खुबाट एउटा विज्ञप्ति जारी गरेर १२ प्रदेश भए पनि हुन्छ त्यसको आधा ६ प्रदेश भए पनि हुन्छ भनेर आफूलाई सत्ताको म्युजिकल चियर वरिपरी राख्न सक्छ। उसले आज भएको पिठोको व्यापारलाई पिठो भनेको पनि आधाउधी चामल नै हो भन्न सक्छ। शाहीकालीन इतिहासको उत्तरार्धमा 'आधा' र एमालेबीच निकै राम्रो सम्बन्ध देख्ने लेखकहरूको सङ्ख्या त्यतिसाह्रो घटेको छैन नेपाली राजनीतिमा। प्रदेशको नाम प्रदेशले नै राख्न सक्ने प्रावधान के जनमतको कदर होइन ? सुदूरपश्चिमवासीका थातथलोको नाम काठमाडौंको होटलमा बसेर कोर्न पाउने अधिकार कसले दियो यी गैरसुदूरपश्चिमवासीलाई ? पूर्वमा पनि जनता छन् जनताले नै आफ्नो प्रदेशको नाम राखुन् भन्नु कुन अधिनायकवाद हो र ? तर अहिले त सङ्घीयताको पम्प्लेटमा राष्ट्रपतिको चुनाव प्रचार गर्नेहरूका अगाडि सत्य बोल्नेहरूले आफ्नो पराजय स्वीकर गरेका छन्। आफूले बोलेका राम्रा कुरा पनि जनतासम्म्ा प्रभावकारी तरिकाले पुर्‍याउन सकेका छैनन्। यस्तो निरीहताको पोस्टर अनुहारमा टाँसेर हिंडेको पार्टी देख्नु भो भने मान्नुस् त्यो काँग्रेस हो, पात्र देख्नुभयो भने त्यो काँग्रेसी हो। उसलाई जनतामा विश्वास छ छने मुलुकलाई सङ्घीयता वा जातीय सङ्घीयता आवश्यक छ कि छैन भनेर जनमत सङ्ग्रहमा जाने हिम्मत गर्नुपर्दछ। यस्तो माग गर्ने आँट गर्नुपर्दछ। जनतालाई शक्तिशाली बनाउने भाषणमा आधाउधी जिन्दगी खर्चेकाहरू जनताले नै प्रदेशको नाम राखुन् भन्ने प्रस्तावमा किन सहमत हुँदैनन् ? यस्तो प्रश्न काँग्रेसले गाँउगाउँसम्म पुर्‍याउनु पर्दछ। यसको एउटै उत्तर हो, जो राजनीतिमा जनतालाई भक्तिशाली र आफूलाई शक्तिशाली बनाउने अभीष्टमा लागेका छन् उनीहरू नै काठमाडौंबाट दक्षिणतिर रहेको गोदावरीको दक्षिणतिरको खोपीमा बसेर प्रदेशको नाम हाँकिदिन्छन्। कसैले त्यसमा प्रतिवाद गर्न सक्दैन, मानौं तथास्तु हो उनीहरूको बोली। दक्षिण र दक्षिणा प्रेमीहरूलाई यो अवस्थामा चिनैपर्दछ। नेपालको अबको बाटो जातीय र क्षेत्रीय नै हो। अब कुनै पनि व्यक्ति पहिले जात, क्षेत्र र अनिमात्र पार्टीको सदस्य हुने भएको छ। नेपाल सद्भावना पार्टी एकमधेस एक प्रदेश भन्दछ उही दलका कञ्चनपुर अध्यक्ष भगवानदास गुप्ता सुदूरपश्चिमलाई खण्डित गरियो भने आत्महत्या गर्दछु भन्दछन्। माओवादीले केन्द्रमा सुदूरपश्चिमलाई खण्डित गर्दछ उसका कार्यकर्ता अखण्ड सुदूरपश्चिमको आन्दोलनको अग्रपङ्क्तिमा उभिन्छन्। एक मधेस प्रदेश मात्र होइन छुट्टै मिथिला प्रदेशको माग गर्दा सहादत पाएका छन्। अब उनीहरूले कसरी छोड्लान त्यो माग ? एमालेभन्दा पृथ्वी सुब्बा गुरुङ छुट्टै छन्। उनलाई एमालेको विधि पनि लाग्दैन विधान पनि लाग्दैन। मागभित्र माग प्रदेशभित्र प्रदेश, जब नीतिले पार्टी र कार्यकर्तालाई बाँध्न सक्दैन त्यो दिन पार्टीको अस्तित्व समाप्त हुन्छ। त्यही समाप्तिको भासबाट अराजकता र विध्वंसको जन्म हुनेछ। भारतमा नेताहरूले केन्द्रीय राजनीति र नीति र जनतालाई आश्वस्त गर्न नसकेका भए आजको विशाल भारत कति जातीय टुक्रामा टुक्रने थियो अनुमान मात्र लगाउन सकिन्छ। जनताको सेवा प्रदेशले गर्ने हो तर त्यस्तो नीति र स्वप्निल कल्पनाले जनतालाई एउटै सूत्रमा बाँध्ने काम केन्द्रले गर्न सकेन भने मुलुकको भविष्य अन्धकार हुन्छ। यहाँ त ३८५ सदस्यीय केन्द्रीय संसद् वा कार्यकारी राष्ट्रपति भनेर केन्द्रलाई बलियो बनाउने काम भएको छ। त्यसैले जातीय प्रदेशका प्यासीहरूले जातीय नामलेभन्दा प्रदेशले कति अधिकार पाउँछ भन्ने बुझ्नुपर्दछ । अखण्ड सुदूरपश्चिम वा एक मधेस जे भनिए पनि हाम्रो माग अखण्ड नेपालमा केन्दि्रत रहनुपर्दछ। नेपाल अखण्ड रहेमात्र सुदूरपश्चिम र मधेस सग्लो रहन सक्छन्। तराई, पहाड हिमालवासीको यो सुन्दर फूलका प्रत्येक पत्रलाई सुरक्षित र संवर्द्धित गर्न सकियो भने मात्र यसको शोभा रहन्छ भन्ने बिर्सन हुँदैन। थुतिन्छ पत्ता जब खातखात सिद्धिन्छ शोभा अनि फूलबाट
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px