Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
समसामयिक
सञ्चारमा महिलाको पहुच अत्यन्तै कम
गोरखापत्र समाचारदाता
 
काठमाडौँ, वैशाख २२ गते। श्रीमान्ले श्रीमती कुटेको कुन श्रीमतीले मन पराउलान् र ? सहजै अनुमान गर्न सकिन्छ, सबै श्रीमतीहरू श्रीमान्ले कुटपिट गरेको मन पराउँदैनन्, श्रीमती कुट्ने श्रीमान्लाई धिक्कार्छन्। तर होइन, मध्य तथा सुदूरपश्चिमका अधिकांश महिलाले श्रीमान्ले श्रीमती कुट्नुलाई ठीक मान्ने गरेको एक अध्ययनले देखाएको छ। श्रीमान्लाई नभनी बाहिर गएमा, छोराछोरीलाई बेवास्ता गरेमा, विवाद गरेमा, यौनसम्पर्क अस्वीकार गरेमा र खानेकुरा डढाएमा श्रीमती कुट्नु ठीक हो भन्ने मध्य तथा सुदूरपश्चिमाञ्चलका श्रीमतीहरूको बुझाइ छ। केन्द्रीय तथ्याङ्क विभाग र युनिसेफ नेपालको संयुक्त प्रयासमा ती क्षेत्रका महिलामा हालै गरिएको सर्वेक्षणमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्नुलाई ठीक भन्नेको सङ्ख्या ४८ प्रतिशत रहेको छ। १५ वर्ष उमेरदेखि ४९ वर्षसम्मका महिलामा गरिएको सर्वेक्षणका क्रममा उनीहरूले श्रीमान्ले श्रीमती कुट्नुलाई ठीक भनेका हुन्। सन् २०१० मा छ हजार घरधुरीका १५ वर्षदेखि ४९ वर्ष उमेर समूहका सात हजार ३७२ जना महिलामा प्रश्नावली भराएर सर्वेक्षण गरिएको थियो। सर्वेक्षणकै क्रममा पाँच वर्षभन्दा मुनिका तीन हजार ५७४ जना बालबालिकाको छुट्टै सर्वेक्षण पनि गरिएको थियो। उक्त सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो। 'मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका महिला, बालबालिका तथा घरपरिवारसम्बन्धी बहुसूचक सर्वेक्षण २०६७'मा शिक्षा, स्वास्थ्य र जनचेतनाको कमीले गर्दा महिला र बालबालिकाको अवस्थामा निकै सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसैगरी, ६२ प्रतिशत महिलाले नभनी बाहिर गएमा, छोराछोरीलाई बेवास्ता गरेमा, विवाद गरेमा, भनेको नमानेमा, दाइजो नल्याएमा र समयमा काम नसकेमा आˆनो सासुले गाली गरेको वा धम्क्याएकोलाई ठीक भनेका छन्। अहिलेको सूचना तथा प्रविधिको युगमा सुदूर तथा मध्यपश्चिमका महिलाको सूचना तथा प्रविधिसँगको पहुँच पनि एकदमै कम पाइएको छ। त्यहाँका पाँच प्रतिशत महिलाले मात्र तीनवटै सञ्चारमाध्यम रेडियो, टेलिभिजन र पत्रपत्रिका सुन्ने, हेर्ने र पढ्ने गरेको तथ्याङ्कमा उल्लेख छ। रेडियोमा मात्र ४९ प्रतिशत, टेलिभिजनमा २९ प्रतिशत र पत्रपत्रिकामा ८ प्रतिशत महिलाको पहँच रहेको पाइएको छ। प्रतिवेदनमा समग्रमा मध्य तथा सुदूरपश्चिममा दुईदेखि १४ वर्षका बालबालिकालाई आˆना आमा, स्याहारकर्ता वा घरपरिवारका अन्य सदस्यले मनोवैज्ञानिक वा शारीरिक दण्ड/सजाय दिने गरेकोसमेत उल्लेख छ। यस्तै, त्यस क्षेत्रमा तीनदेखि पाँच वर्षका झन्ै ३२ प्रतिशत बालबालिकाले मात्र प्रारम्भिक बालशिक्षा प्राप्त गरेको पाइएको छ भने प्राथमिक विद्यालय जाने उमेरका झन्डै ७३ प्रतिशत बालबालिकाले प्राथमिक वा सोमाथिको शिक्षा लिइरहेको भए पनि माध्यमिक विद्यालय जाने उमेरका ५६ प्रतिशत बालबालिकाले मात्र माध्यमिक विद्यालय वा सोमाथिको शिक्षा लिने गरेको पाइएको छ। सरकारले विगत दसकमा नेपालमा खोपको व्यापकतामा सुधार आएको भन्दै आए पनि मध्य र सुदूरपश्चिमाञ्चलका ५६ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोपको पूर्ण मात्रा लिने गरेको पाइएको तथ्याङ्कमा छ। उता, ३१ प्रतिशत बालबालिकालाई मात्र जापानी इन्सेफलाइटिसविरुद्धको खोप लगाइएको उल्लेख छ। त्यस क्षेत्रका ५६ प्रतिशत घरधुरीमा चर्पीको सुविधा नभएको, ५१ प्रतिशतसँग मात्र हात धुने पानी र साबुन उपलब्ध रहेको, झन्डै १९ प्रतिशत महिलाले आˆनो महिनावारीको बेलामा अलग्गै घर/गोठ -छाउपडी)मा बस्ने गरेको सर्वेक्षणका क्रममा पाइएको प्रतिवेदनमा जनाइएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष क्षेत्रीले विकासका लागि छुट्याइएको रकमको सदुपयोग हुन नसक्दा धेरै समस्या भइरहेको बताउनुभयो।
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड सुरेशकुमार यादव
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम गोरखापत्र समाचारदाता
गोरखापत्रकर्मी चौधरी पुरस्कृत गोरखापत्र समाचारदाता
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन राजेश चाम्लिङ राई
फोरम गणतान्त्रिकका चार नेता निष्काशित गोरखापत्र समाचारदाता
दमकल हटाएर मिनी थ्रीएटर सरोजकुमार आचार्य
बेनी-जोमसोम सडक अवरुद्ध सुरत केसी
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम गोरखापत्र समाचारदाता
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने गोरखापत्र समाचारदाता
लडाकूको आन्दोलन स्थगित
सर्वोच्च बारमा गौडेल निर्वाचित गोरखापत्र समाचारदाता
'कांग्रेस एकताको पक्षमा'
राष्ट्रपतिसँग छलफल
होडिङ वोर्ड एक सातामा हटाऊ प्रकृति अधिकारी
सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको आग्रह गोरखापत्र समाचारदाता
मधेसमा एउटै पार्टी बनाउन पहल शुरू सुरेशकुमार यादव
'सहमति नभएसम्म प्रमको राजीनामा आउँदैन' गोरखापत्र समाचारदाता
आदिवासी जनजातिले छुट्टै दल बनाउने गोरखापत्र समाचारदाता
उमेर विवादले छनोट प्रक्रिया अवरुद्ध गोरखापत्र समाचारदाता
सुकुम्बासीका नाममा मूल्यवान जग्गा अतिक्रमण लक्ष्मीप्रसाद उपाध्याय
सहमति र सहकार्यबाट अघि नबढे माओवादी पतन हुने : कोइराला गोरखापत्र समाचारदाता
रौतहटको झडपमा मृत्यु भएका साहको परिवारलाई क्षतिपूर्ति गोरखापत्र समाचारदाता
नयाँ शक्ति निर्माण गर्ने निर्णय लक्की चौधरी
लामखुट्टे मार्ने एउटा धुप ५१ चुरोट बराबर घातक अजय शर्मा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px