|
वैशाख पूणिर्मा इतिहासको एक परम पावन र अविस्मरणीय दिन। यसै दिन लुम्बिनीमा शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो। यस दिनलाई बुद्ध पूणिर्मा पनि भनिन्छ। यस दिनको पुनः किन महìव छ भने यसै दिन निरञ्जना नदी किनारमा बुद्धले ज्ञान प्राप्त गरेका थिए। यही दिन बुद्धले कुशीनगरमा महानिर्वाण समेत प्राप्त गरे। अविद्याको सागरमा डुबेका मानवजातिलाई बुद्धले विद्या, विवेक, शील, सदाचार शान्ति र सहिष्णुताको अýिद्वतीय पाठ पढाए। संसारका दुखी मानिसलाई दुःखको कारण त्यसको निवारणको सहज मन्त्र सिकाए, पटक पटक, यस कुारमा जोड दिए धम्म को सूत्र पढेर घोके यो गाएर निर्वाण प्राप्त हुने छैन राग-द्वेष, मोहमुक्त र आचरणशुद्ध व्यक्ति नै दुःखबाट मुक्त हुन सकछन्।
बुद्धभन्दा पहिले वैदिक संस्कृतिबाट प्रभावित मानिस यो मान्दथे, हामीले जुन कर्म गरिरहेका छौं त्यसको फल मृत्युपछि मिल्नेछ। राम्रो कर्मले स्वर्ग त नराम्रो कर्मले नर्क पाइनेछ। बुद्ध पनि मान्दथे, राम्रो कर्मको राम्रो फल नै आउँछ तर त्यसका लागि 'लाख चौरासी' पर्खनु पर्दैन।राग द्वेष मोहबाट मुक्त मानिसले यही जीवनमा मुक्ति पाउनसक्छ। बुद्धको शिक्षासार सरल थियो, शील र सदाचार युक्ति जीवन बाँच। सावधान होउ। जागरुक बन। इन्द्रीय संयमी वन। सतत साधना गर। आˆनो ज्योति आफै बन। -आप्प दीपो भवः)।
एक दिन श्रावस्तीमा एक उपासकले बुद्धलाई सोधे, प्रभु तपाईं सर्वज्ञानी हुनुहुन्छ, भूत-भविष्य थाहा छ, सम्यक सम्बुद्ध, सर्वशक्तिमान हुनुहुन्छ, कृपया हामी सबैलाई किन मोक्ष दिलाउनुहुन्न ? बुद्धले उदाहरण दिँदै भने, राग-द्वेष-मोह र दुःखबाट मक्त हुने मार्ग म जान्दछु किनभने म आफैं त्यस बाटोबाट सत्यको बलमा हिँडेर पूर्णतः मुक्त भएको हुँ। त्यसैले जो यस बाटोमा हिँड्दछ र स्वतः दुःखबाट मुक्त हुनेछ। बुद्ध आत्मविजयको आवश्यकतामा अत्यन्तै जोड दिन्थे। उनी भन्थे, 'आज जितिएको लडाइँ भोलि हारमा परिणत हुनसक्छ, आज जितिएको मुलुक भोलि हातबाट फुत्किन सक्छ। आज हात परेको धन भोलि गुम्न सक्छ। मानिसले आफैंमाथि गरेको विजय मात्र चिरस्थायी हुन्छ। त्यो विजयलाई ईश्वरले पनि हराउन सक्दैन।' यो उनको प्रवचन थिएन अनुभवबाट निःसृत जीवनसार थियो। गृहत्याग गरेर कपिलवस्तुबाट निस्केर राजगृह पुगेपछि राजा विम्बिसारले पुनः गृहस्थजीवनतर्फ लाग्न, राज्य सञ्चालन गर्न र र्फकन मन नलागे आˆनो आधा राज्य दिने प्रस्ताव गरेका थिए। विम्बिसारले लोभलाग्दो शैलीमा भनेका थिए, 'पहिला अर्थ र काम प्राप्तिको कामना गर्नुस् र अन्त्यमा मोक्षको इच्छा गर्नुस्। धर्म, अर्थ, काम र मोक्ष प्राप्तिमै जीवनको सफलता छ। तपाईंको बाहुमा तीनै लोक जित्ने क्षमता छ। तपाईं अहिले युवा हुनुहुन्छ, यो समय काम-भोगको आनन्द लिने समय हो। पछि बुढेसकाल आउनेछ र सौन्दर्यलाई धमिलो बनाइदिनेछ ...।' सिद्धार्थले भने, ''म संसारको कलहबाट आहत छु। म शान्तिको खोजीमा छु। यस दुःखलाई अन्त्य गर्नु सट्टा यो पृथ्वीको राज्य त के दिव्यलोकको राज्य पनि मलाई चाहिएको छैन। ...जवानीमा पनि दृढता हुनसक्छ, बुढेसकालमा नहुन सक्छ। तरुण होस् या वृद्ध सबैले करुणाको बाटोमा हिँड्नुपर्छ। म अर्को जुनीमा प्राप्त हुने कुनै फलको आशले कुनै कर्म गर्न प्रेरित हुन सक्दिन।"
कैयौं मानिस दुःखबाट तप्त, दिक्क भएर सन्न्यासी हुन्छन् तर राजाको छोरा भएर पनि, सुखमा हुर्केर पनि प्राणीमात्रको कल्याणको लागि बुद्धले अपार कष्ट र दुःखको बाटो रोजे। तैपनि बुद्ध भन्ने गर्थे, म मुक्तिदाता होइन म त पथप्रदर्शक मात्र हुँ। बुद्ध अचेल टेलिभिजन च्यानलहरूमा देखिने सयकडौं स्वयं घोषित धर्मगुरु झैं थिएनन् जो धर्मगुरु कम धनगुरु बढी छन्। राजकीय सुख सुविधा साधन, मोजमजा, सुरा सुन्दरीमा अल्भिmएको भए सिद्धार्थ बुद्ध हुनसक्दैनथे। बुद्ध हुने बाटोमा र बुद्ध भइसकेपछि पनि ठूलठूला राजा महाराजा उनका शिष्य बने, सेवामा तत्पर रहे तर बुद्ध साधारण सन्त थिएनन् उनी सत्ता, सुविधा, सुख सयल, प्रमाद, आत्मवञ्चनाबाट कोसौं टाढा थिए। बुद्ध शान्ति र सहिष्णुताका अहिंसा र प्रेमका सहअस्तित्व र समन्वयका अप्रतिम प्रतीक थिए। उनी कामनाबाट मुक्त साँच्चिकै अर्थमा निस्काम कर्मयोगी थिए। उनले बताए, अविद्या र तृष्णा नै दुःख स्कन्धको मूल कारण हो। हरेक सम्प्रदायका सन्तहरू यो बुझाउने चेष्टा गर्छन्, तिनले जो भन्छन् त्यही सत्य हो। बुद्धले त्यस्तो भनेनन्। उनले भने, मेरो कुरालाई अन्तिम सत्य नमान। कलह, युद्ध, राग द्वेषमा लिप्त मानव जातिलाई बुद्धले करुणाशील, सदाचार, शान्ति, सहिष्णुताका सरल पाठ पढाए। बुद्ध युद्धविरोधी थिए। उनी भन्थे, बुद्ध समस्याको समाधान होइन। गृहत्याग गर्नुअघि शाक्य र कोलीयहरूबीच रोहिणी नदीको जलबारे विवादमा युद्धले बडो व्यावहारिक उपाय बताएका थिए। युद्धले समाधान दिँदैन भन्दै बुद्धले दुईजना शाक्यहरूबाट, दुईजना कोलीयहरूबाट र यी चारले पाँचौ व्यक्ति छानेर समस्या समाधानको सुझाव राखेका थिए। दुर्भाग्यवश बुद्धको कुरा शाक्यहरूकै संघले मानेन। उल्टो उनले दण्ड सहनु पर्यो। तर गृहत्याग गरेपछि भने शाक्यहरूमा ठूलो मन्थन भयो, युद्धको विरोध भयो। अन्ततः शाक्य संघलाई सभा डाक्नुपर्यो, सन्धिवार्ता भयो र युद्धको खतरा समाप्त भयो।
बुद्धको सबभन्दा ठूलो विशेषता उनी उत्तेजना, चाहना, कामनाबाट टाढा थिए। शान्तिका त मानौं उनी महामूर्ति नै थिए। एक पटक राजगृहमा उनका समर्थक शिष्यहरूलाई सनातनीहरूले अपमानजनक व्यवहार गरे। शिष्यहरूले बुद्धसँग गुनासो गरे। बुद्धले बडो सहज हुँदै भने, तिनका कुरामा केही दम छ भने त्यसलाई स्वीकार होइन भने तिनको मूखर्तताको दण्ड आफूलाई किन दिन्छौ ? यसबाट थाहा हुन्छ बुद्ध कति महान् र विलक्षण थिए। अपशोच, बुद्धको धरतीमा जन्मिएर पनि बुद्धको सोचसार, व्यवहारबाट हामी धेरै टाढा छौं। कलिङ्ग युद्धमा भीषण नरसंहार देखेर, घाइतेहरूको करुण क्रन्दन सुनेर अशोक कराए, 'बाढं च वेदन मतं।' युद्धमा विजय पाएर पनि अशोकले शस्त्रविजयको निन्दा गरे। तिनका सारा परिवार बुद्धको शरणमा आए। प्रतापी सम्राटभन्दा करुणामय सम्राटले बढी नाम र महìव पाए। दुःखको कुरा, हामी एक दिन त बुद्ध जयन्तीमा बिदा मनाउँछौं तर हाम्रो जीवनमा, चिन्तनमा बुद्ध छैनन्। हाम्रो व्यवहार असिहष्णु र आक्रामक छ। एकले अर्कोको अस्तित्व स्वीकार्न चाहँदैन, एकले अर्कोको मर्म बुझ्नै चाहँदैन। हामीले बनाएको राष्ट्रियताको अवधारणामा बुद्धवादी सन्तको भन्दा पनि युद्धवादी सामन्तहरूको दम्भी गाथा नै बोलिरहेको हुन्छ। त्यही गाथा, त्यही उन्माद, त्यही गीत हामी गाइरहेका हुन्छौं। हाम्रा बच्चाहरूलाई सामन्तहरूको फोस्रो उपलब्धिमा गर्व गर्न सिकाइरहेका हुन्छौं।
हाम्रा विद्वानहरू समेत यस्तै झूटा अहंकार र भ्रममा रमाइरहेका हुन्छन्। हुनत एक समय अद्वितीय बुद्ध पनि आˆनै भूमिमा आˆनै मानिसहरूद्वारा अपमानित भए। रोहिणी नदीको जलविवादमा आˆनै -शाक्यहरूको) गल्ती भन्न चुकेनन्। आज परस्पर प्रेम र मैत्री, शान्ति र सद्भावपूर्वक मिलेर बाँच्न सहअस्तित्वको जुन खोजी हामीले गरिहेका छौं त्यसको सूत्र र समाधान त हजारौं वर्ष पहिले बुद्धले दिइसकेका छन्। वैरले वैरभाव समाप्त हुँदैन, अवैरले मात्र वैरभाव समाप्त हुन्छ। करुणामय बुद्धले मानव हृदयमा सुसुप्त करुणालाई जगाउन देखाएको शान्ति, प्रेम त्याग, सहअस्तित्वको पाठ घोक्दै अघि बढ्नुपर्ने हामीले धरातल बिर्सिकेका छांै। बुद्धविचार हाम्रो एकता र प्रगतिको मूल आधार जीवन दर्शन हुनुपर्ने हो।
हामीले दुःख पाइरहेका छौं। पानीबीच माछा तिर्खाएको छ। बुद्धको मध्यमार्ग व्यावहारिक मार्ग पनि हो। यसको सार हो, वीणाको तारलाई यति नकस कि त्यो चुँडिहालोस् त्यसलाई यति खुकुलो पनि नराख कि त्यो बज्दै नबजोस्। आज सन्तुलन, संयमको यो सूत्रमा हामीले आˆना समस्याको समाधान र प्रगतिको सूत्र खोज्नसक्छौं। जीवन दुःखमय छ र तृष्णा दुःखको कारण हो। बुद्ध अनासक्त, निरहंकार, अद्भूत अन्तर प्रज्ञायुक्त महासन्त, महामार्गदर्शक थिए। उनको बाटोमा हिँडेर, उनको चिन्तनधारामा समाहित भएर हामीले नयाँ उज्यालो, नयाँ समाधान नयाँ नेपाल पाउन सक्छौं। नयाँ मानिसमा रूपान्तरणका लागि आज बुद्ध विचारको खाँचो सर्वाधिक छ।
|