भैरहवा, वैशाख २४ गते। श्रीलङ्काका सभामुख चमल राजपाक्षेले लुम्बिनीको विकासका लागि श्रीलङ्का नेपालसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ। विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीको विकासले बुद्धले छरेको सन्देश सार्थक हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
२५५६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई आइतबार लुम्बिनीमा सम्बोधन गर्दै श्रीलङ्काली संसद्का सभामुख राजपाक्षेले श्रीलङ्का र नेपालबीचको सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउनुभयो। ५४ वर्षदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धले आपसी मित्रता प्रगाढ बनाएको र यस्तो सम्बन्ध थप दिगो बनाउन जरुरी रहेको उहाँले बताउनुभयो। श्रीलङ्काका राष्ट्रपति महेन्द्र राजपाक्षेले विगतमा लुम्बिनीको भ्रमण गरेर लुम्बिनीप्रतिको श्रीलङ्काली चासोलाई पुष्टि गरेको उल्लेख गर्दै सभामुख राजपाक्षेले शान्ति र स्थिरता कायम भए लुम्बिनीमा पर्यटकहरूको आकर्षणसमेत वृद्धि हुँदै जाने उल्लेख गर्नुभयो।
"लुम्बिनीको अन्तर्राष्ट्रिय क्षेत्रमा हुने प्रचारप्रसारले यहाँको विकासमा थप मद्दत पुग्नेछ," उहाँले भन्नुभयो। सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहेकोमा त्यसको प्रशंसा गर्दै उहाँले भ्रमण वर्षले लिएको लक्ष्य पूरा हुने आशा पनि व्यक्त गर्नुभयो। बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोहमा सहभागी हुन शनिबार लुम्बिनी आउनुभएका श्रीलङ्काका सभामुख राजपाक्षेले कार्यक्रमअघि मायादेवी मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो।
कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री एवं लुम्बिनी भ्रमण वर्षका संयोजक गोपाल किराँतीले सरकार र