काठमाडौँ, वैशाख २४ गते। बि्रटिस गोर्खा कप च्याम्पियन नेपाल पुलिस क्लब र भारतको चर्चित फुटबल क्लब म्याकडोल मोहन बगानबीच आगामी शनिवार हुने मैत्री फुटबल खेल ˆलड लाइट्समा खेलाइने भएको छ।
युनाइटेड स्प्राइट्स नेपालले मोहन बगान र पुलिस क्लबबीच खेलको चाँजोपाँजो मिलाएको हो। अखिल नेपाल फुटबल सङ्घ -एन्फा)को प्राविधिक सहयोग रहनेछ। पुलिस क्लब अहिले एएफसी प्रेसिडेन्ट्स कप खेल्ने क्रममा काम्बोडियामा रहेको छ।
कोलकाताको सबैभन्दा पुरानो फुटबल क्लब मोहन बगान भारतीय फुटबल इतिहासमै सर्वाधिक उपाधि जित्ने फुटबल टिम हो। सन् १८८९ मा स्थापना भएको यस क्लबले आईएफए शिल्ड, फेडरेसन कप, रोवर्स कप, डुरान कप, आईएफए शिल्ड, राष्ट्रिय लिगका साथै विभिन्न आन्तरिक लिग उपाधि जितिसकेको छ।
म्याकडोल मोहन बगान टिमका जोस रेमिरेज, सुनिल क्षेत्री, ओडाफा ओकाओली र सुरकुमार सिंह जस्ता खेलाडी मैत्रीपूर्ण खेलमा सहभागी हुनेछन्।
एन्फा अध्यक्ष गणेश थापाले आइतवार पुलिस क्लबमा अन्य टिमका खेलाडीलाई पनि सामेल गराइने जानकारी दिएका छन्। पुलिस क्लबमा अधिकांश खेलाडी घाइते हुँदा प्रशिक्षक विराटव[mष्ण श्रेष्ठकै अनुरोधमा सन्तोष साहुखल, भरत खवास, किरण चेम्जोङ, विराज महर्जन र सन्दीप राईले पुलिसको जर्सीमा खेल्नेछन्। यो नेपालको प्रतिष्ठासँग पनि जोडिएकोले हामीले मानेका छौँ- एन्फा अध्यक्ष थापाले भने। उनले मैत्री खेलबाट उठेको कुल रकममध्ये पचास प्रतिशत व्यवस्थापन र पचास प्रतिशत नेपाली खेलाडीमा बाँडिने जानकारी पनि दिए।
यसैगरी, एन्फाका महासचिव धीरेन्द्र प्रधानले आइतवार मोहन बगान र नेपाली क्लबबीचको भिडन्तले नेपाली फुटबलप्रेमीलाई भरपुर मनारञ्जन दिने विश्वास व्यक्त गरेका छन्। नेपाली क्लबलाई भारतीयविरुद्ध अनुभव बटुल्ने अवसर मिल्नेछ- उनले भने।