Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
अबको अपेक्षा पाँच बुँदेमा
गोकर्ण अर्याल
 

पछिल्लो पटक दलहरूले पाँच बुँदे सहमति गरेर १४ जेठभित्रै नयाँ संविधान जारी गर्ने पुन प्रतिवद्धता गरेका छन्। जेठ १४ आउन २५ दिन मात्र बाँकी रहेको दिन २१ गते राति संविधानसभाका प्रमुख दल एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल , नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला , नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गर्नुभएको सहमतिमा दुई दिनभित्र प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने , संविधान निर्माणमा देखिएका राज्यको पुनसर्ंरचना , शासकीय स्वरूप लगायतका विषयमा तीन दिनभित्र सहमति गर्ने भन्ने छ। त्यसैगरी सहमतिको अर्को बुँदामा नयाँ संविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र यो सरकारले एक वर्षभित्र आम निर्वाचन गराउने उल्लेख छ।

यतिबेला यी पाँच बुँदे सहमति कार्यान्वयनमा आउछन् कि आउदैनन् भन्ने बहस पुन सुरु हुन थालेको छ। बृहत् शान्ति सम्झौता पछि राजनीतिक दलहरूले गरेका धेरै सहमति र समझदारीको पालना हुननसकेका कारण अबको सहमति पनि कार्यान्वयनमा आउला नआउला भनेर आम समुदायमा आशंका हुनु अस्वाभाविक होइन। अब जेठ १४ आउन तीन साता पनि बाँकी छैन। चार वर्षसम्म नमिलेका कुरा दलहरूले कसरी मिलाउलान् भन्ने जमात पनि यतिखेर ठूलै छ। भलै दलहरूको यो प्रयत्न र प्रतिवद्धताले सफलता पाओस भन्ने कामना गर्नुपर्दछ। तोकिएको मितिमा मुलुकले लोकतान्त्रिक संविधान पाउन सक्यो भने अहिलेको लागि योभन्दा ठूलो उपलव्धि अरु हुने पनि छैन। यसले मुलुकको रूपान्तरणको खाका पनि तय गर्दछ। सधैँ नकारात्मक कुरा गरेर मात्र समस्याले निकास पाउन पनि सक्दैन। यसमा देश हाक्ने दल तिनका नेताहरूको सोच र चिन्तन पनि सकारात्मक हुनुपर्छ। यो सहमतिले जनतामा आशा र विश्वास जगाएको पनि छ।

तर सहमतिको मसी सुक्न नपाउदै सहमतिमा हस्ताक्षर गरेको दल नेकपा एमाले सरकारमा सहभागी नहुने निर्णय गरेर थप अन्योल सिर्जना गरेको छ। यसले दलहरूका प्रति अविश्वास पनि पैदा गरेको छ। यसैका कारण दुई दिनभित्र गठन गरिसक्ने भनिएको सहमतिको सरकारले पूर्णता पाउन सकेको छैन र संविधानमा नमिलेका विषयलाई तीन दिनभित्र टुङ्गोमा पुर्याउने भनेकोमा त्यसमा के सहमति भयो हालसम्म सार्वजनिक भएको छैन।

एमालेले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरिसकेपछि संविधानको धारा ३८ -२) को प्रावधान अनुरूप गठन भएको सरकारमा सामेल नहुने भनेर पार्टीले जुन निर्णय गरेको छ त्यो पार्टीको लागि ठिक होला तर दलहरूले ठूलो कसरत गरेर तयार गरेको सहमति बमोजिम अघि नबढ्दा संविधान निर्माणमा भने ठेस पुग्ने अनुमान पनि छ। यदि एमालेलाई बहुमतको आधारमा गठन भएको सरकारमा कुनै पनि हालतमा जानु हुँदैन भन्ने लागेको थियो भने पाँच बुँदेमा सहमति नै जनाउन हुँदैनथ्यो। पार्टी अध्यक्ष लगायतका वरिष्ठ नेताहरूको उपस्थितिमा सहमति गरेर पुन त्यसको उलङ्घन गर्नुले पटक पटक सहमति गरेर कार्यान्यन नगर्ने बानी परेको एनेकपा माओवादीलाई सहमतिको पालना नगर्नमा सहजै बल पुग्न सक्छ। यसरी आफूलाई शान्ति र संविधानको पक्षमा दरो रूपमा उभिएको दावी गर्ने पार्टीले आफूले भने बमोजिमका मन्त्रालय नपाउने देखेर सरकारमा जान्न भन्नुले उसको सत्ता मोह प्रकट हुन्छ। हैन भने सबै दलको सहमतिमा सरकार गठन गर्ने र त्यसमा सबै सहभागी हुने भनेपछि अनावश्यक अड्को थाप्नुको कुनै अर्थ रहदैँन। फेरि वर्तमान सरकारको समयसीमा तीन साता पनि छैन। यो अवस्थामा एमालेको निर्णय सही हो भन्ने आधार देखिदैँन

विगतमा एमाले कुन कुन रूप धारण गरेर सत्तामा पुगेको छ भन्ने पहिचान सबैमा छ। अहिले मुलुकले निकास पाउछ कि भन्ने आशा पलाएको बेलामा फेरि अर्को बखेडा झिकेर देशलाई अनिर्णयको बन्दी बनाउन खोज्नु ठिक होइन। हुन त एमालेले तत्काल यो सरकारमा सहभागी नभए पनि शान्ति र संविधानको पक्षमा दरो रूपमा उभिने जनाएको छ। यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ तर , राजनीतिक विश्वासका लागि पनि भट्टराई नेतृत्वको सरकारमा सामेल हुनुपर्ने दलहरूका लागि वाध्यता पनि थियो। यो वाध्यतालाई काङ्ग्रेसले पनि स्वीकार गरेको छ। यस कुरालाई नेकपा एमालेले पनि आत्मसात गर्नुपर्दछ। यतिखेर मधेसवादी दललाई रिझाउन प्रधानमन्त्रीले आफूखुसी महìवपूर्ण मन्त्रालयहरू दिएको आरोप पनि प्रधानमन्त्रीलाई छ। यो सरकार धेरै दिनको होइन मधेस केन्दि्रत दलहरूले लिएको मन्त्रालय उनीहरूलाई नै दिउँ भन्ने आशयले यसो गरिएको भए ठिकै होला, होइन शान्ति र संविधान जे भएपनि सत्ता टिकाउन मधेसवादी दललाई खुसी पार्नुपर्दछ भन्ने मनसायले गरिएको हो भने सत्तामा भर्खरै सहभागी दल नेपाली काङ्ग्रेसले पनि सोच्नुपर्दछ। संविधानसभाको निर्वाचनदेखि नै शान्ति र संविधानका लागि प्रखर रूपमा आवाज उठाउदै आएको काङ्ग्रेस यो सरकारमा सहभागी हुँदा जनतामा एक किसिमको विश्वास बढेको पनि देखिन्छ। जनताको विश्वास अनुरूप जेठ १४ भित्रै लोकतान्त्रिक संविधान जारी गर्ने वातारण बन्छ कि बन्दैन त्यसको सङ्केत पनि केही दिनमा मिल्ने नै छ। अबको अपेक्षा पनि पाँच बुँदे सहमतिको सफल कार्यान्वयन होस भन्ने नै हो।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px