मिलान -इटाली), वैशाख २५ गते। युभेन्टसले आइतवार राति काग्लियरीलाई २-० ले हराएर इटाली सिरी 'ए' को उपाधि जितेको छ। दोस्रो स्थानमा रहेको एसी मिलान सोही रात छिमेकी क्लब इन्टर मिलानसँग ४-२ ले स्तब्ध भएपछि युभेन्टसले एक खेलअघि नै लिग उपाधि हात पार्यो। युभेन्टसको यो २८औँ सिरी 'ए' उपाधि हो।
एक चरण बाँकी रहेको स्थितिमा युभेन्टसले एसी मिलानलाई चार अङ्कले पछाडि पारेको छ। युभेन्टसका लागि मिर्को भुसिनिचले गोल गरे। युभेन्टसलाई अर्को सफलता मिचेली कानिनीले आत्मघाती गोल गरेपछि प्राप्त भएको थियो।
मिलान 'डर्बी'मा एसीका लागि ज्लाटन इब्राहिमोभिचले दुई गोल गरे तर इन्टर मिलानका डिएगो मिलिटोको हृयाटिङले इब्राहिमोभिचको दुई गोल छायाँमा परे। इन्टरका लागि माइकनले पनि एक गोल गरे।
सन् २००३ पछि युभेन्टसले पहिलो पटक घरेलु लिग जितेको छ। सन् २००५ र २००६ मा युभेन्टस म्याच फिक्सिङको दोषमा सिरी एमा सहभागी थिएन।
यसअघि, उडिनेसले गिनोआलाई २-० ले हराएर च्याम्पियन्स लिगमा चयनको दौडमा आफूलाई सामेल गरेको छ। नापोली २-० ले नै बोलोग्नासँग पराजित भएपछि पनि उडिनेसलाई फाइदा पुग्यो।
गेनिओलाई २-० लाई हराएर च्याम्पियन्स लिगको दौडमा आफूलाई सामेल गरेको छ। अङ्क तालिकामा नापोली पाँचौँ र उडिनेस छैटौँ स्थानमा छन्। लाजियो पनि एट्लान्टालाई २-० ले हराएर च्याम्पियन्स लिग चयनको होडमा आप\mनो सम्भावना जीवितै राखेको छ।
यसैगरी, म्यानचेस्टर सिटी ४४ वर्षपछि इङ्लिस पि्रमियर लिग उपाधि जितको नजिक पुगेको छ। आइतवार राति सिटीले सशक्त प्रतिद्वन्द्वी मानिएको न्युक्यासललाई २-० ले हरायो।
सिटीका लागि याया टुरेले दुवै गोल गरे।
दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले पनि स्वान्सी सिटीलाई २-० ले नै पराजित गर्यो सिटीले युनाइटेडलाई गोलअन्तरले पछाडि पारेको छ। अब अन्तिम खेलमा क्विन्स पार्क रेन्जर्सलाई हराएमा सिटी च्याम्पियन बन्नेछ। एएफपी