नयाँदिल्ली, वैशाख २५ गते। दक्षिण अपि|mकाका एबी डिभिलियर्सले अन्तिम समयमा गरेको शानदार ब्याटिङको सहयोगमा आइतवार राति इन्डियन पि्रमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्गलोरले डेकन चार्जर्सलाई पाँच विकेटले पराजित गरेको छ।
प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले अविजित ७३ रन बनाएपछि अङ्क तालिकामा सबभन्दा पुछारमा रहेको डेकन चार्जर्सले दुई विकेटको क्षतिमा १८१ रनको विशाल योगफल तयार पारेको यिथो तर डिभिलियर्सले १७ बलमा अविजित ४७ रन बनाएपछि बेङ्गलोरले लक्ष्य छ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाई हासिल गर्यो।
विश्वका नम्बर एक बलर डेल स्टेनको अन्तिम ओभरमा डिभिलियर्सले २३ रन बटुलेका थिए। डिभिलियर्सले पाँच चौका र तीन छक्का प्रहार गरे। श्रीलङ्काका तिलकरत्ने डिल्सले पनि ७१ रन बनाए। क्रिस गेल २६ रनमा आउट भए। यी दुईले पहिलो विकेटका लागि ९१ रनको साझेदारी निर्वाह गरे पनि खेलमा डेकनको पकड बलियो थियो तर अन्तिम तीन ओभरमा आवश्यक ३९ रन डिभिलियर्सले अन्तिम ओभर बाँकी छँदै जुटाएर डेकनलाई निराश पारे।
यस जितसँगै बेङ्गलोरको प्लेअफ खेल्ने सम्भावना जीवित भएको छ। एपी