Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
सडक बालबालिकाको बिचल्ली
 
बालदिवसका अवसरमा मन्त्रीज्यूले उनीहरूलाई मिठाइ बाँडेको समाचार छापिएको पत्रिका ओढेर सुत्ने सडक बालबालिकाको नियतिले सायद कपि भूपि शेरचनलाई कविताको प्लट सिर्जना गर्ने अवसर मिलेको होला। उनको सिर्जनाले नेपाली बालबालिकाको वर्ग विभाजनलाई स्पष्ट गरेको छ। भूपि शेरचन छैनन् अहिले तर उनले देखेको सडक बालबालिकाको अवस्थामा सुधारोन्मुख परिवर्तन आएको छैन। सडक बालबालिका मुलुकका लागि गम्भीर चुनौती भएका छन्। यिनीहरूलाई विद्यालयको दायरामा ल्याउनसकिएको छैन, स्वास्थ्य खराव छ, कुलतमा फँसेका छन् र चोरीजस्ता अपराधमा संलग्न छन्। यसरी हेर्दा भविष्यका होनहार जनशक्तिको क्षयीकरण भएको छ। गरिबी, अशिक्षा पारिवारिक कलहजस्ता कारण बालबालिकाहरू सडकमा आउनेगरेका तथ्याङ्कले पुष्टि गरेका छन्। यी समस्याहरूको समाधान खोज्न ठूलो राष्ट्रिय प्रयत्नको आवश्यकता पर्दछ। मानिसका लागि सायद सबैभन्दा प्यारो चिज नै आफूले जन्माएको सन्तान हुनसक्छ तर आफ्ना ती सन्तान सडकमा बेवारिस पर्दासमेत उसका अभिभावकले कसरी त्यो पीडा सहनसक्ला ? के सबै निष्ठुरीका सन्तानमात्र सडकमा आएका होलान् ? बालबालिका वा सडक बालबालिका क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था छन्, उनीहरूका काम कारबाहीलाई नागरिक समाजले मूल्याङ्कन गरिरहेका छन्। राज्यले पनि बाल सङ्गठन बनाएकै छ। यसको प्रभावकारिता पनि नाप्न नसकिने होइन। निजी/संस्थागत र व्यक्तिगतरूपमा पनि बालबालिकालाई संरक्षण प्रदान गर्ने काम नभएका पनि होइनन्। यी सबै प्रयासलाई दृष्टान्त बनाउने हो भने हामी बालसमस्यालाई उपचारात्मक विधिबाट समाधान गर्न केन्दि्रत छौं भन्ने स्पष्ट हुन्छ। सडकमा आउने बालबालिकाका लागि लक्षित गरेर अनाथालय सञ्चालन गर्नु वा संरक्षण दिनुले मात्र यसको समाधान हुन सक्दैन। यी समस्याका सामाजिक कारण खोज्नु र त्यसको निदान गर्नुले यस्ता समस्याको दीर्घकालीन समाधान पत्ता लगाउनसकिन्छ। बालअधिकारका फोस्रा नाराले मात्र उनीहरूको भोको पेट भरिदैन। काम र दःुख गरेर विश्वमा धेरै नेताहरू उदाएका घटना हामीसँग छन् तर उनीहरूलाई कति र कस्तो काममा लगाउने भन्न्ोमा ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाँउमा छँदैछ। प्रश्न कहाँ मात्र छ भने सडकमा बरालिएको बालकलाई आफ्नो घरमा ल्याएर सामान्य काममा लगाउँछु भन्नेलाई बालअधिकार हननकारी हुनुपर्ने डर पनि छ। एउटा बच्च्ााले घरेलु कामदार भएर पनि आफ्नो भविष्य सुन्दर बनाउन सक्दछ भने बालअधिकार र सडक बालबालिकाको अवस्था बारेमा चित्तबुझ्दो परिभाषा वा मापदण्ड बनाउनैपर्दछ। भोको पेट, सहाराविहीन र बाध्यतालाई अधिकारको शब्दकोषमा मात्र बु्झ्ने प्रयास गर्नुहुँदैन तर यस्ता बालबालिका लागि संरक्षण दिएको छु भनेर यिनीहरूमाथि गरिने शारीरिक तथा यौन, मानसिक शोषणजस्ता घटनाका बारेमा बेखवर रहनुपर्दछ भन्ने होइन। अधिकार र संरक्षणलाई एक आपसमा आमनेसामने राख्नैपर्दछ। एकातिर सडक बालबालिकाको सङ्ख्यामा वृद्धि हुँदैजानु अर्कोतिर विदेशीहरूले धर्मसन्तान बनाउन चाहँदा हाम्रा ऐन कानुन र अधिकारमुखी दृष्टिकोणले अबरोध गरिने हो भने त्यस्ता बालबालिकाको सम्पूर्ण जिम्मेबारी राज्यले लिनुपर्दछ। यसो भनेर बालबालिकालाई विदेशीको धर्म सन्तान बनाउन दिँदा उनीहरूको सुरक्षाका लागि कमजोर चासो राख्नु पर्दछ । भनिएको होइन। काममा लगाउन पनि नहुने, विदेशीलाई पनि नदिने अनि राज्यले जिम्मा पनि नलिने हो भने ती बालबालिकाको लागि सडकभन्दा थप विकल्प के हुनसक्दछ ? त्यसकारण बालबच्चा सडकमा आउनु पर्नाको सामाजिक कारणको उपचार र देखाउनेमात्र नभएर काम गर्ने सरकारी निकाय र नियतको आवश्यकता यस सन्दर्भमा महत्त्वपूर्ण मानिनसक्छ। बालबालिकाका नाममा फसल भित्र्याउनका लागि सधैंँ यस्ता समस्यालाई यो वा त्यो रूपमा पालिरहने 'मनी मानसिकता' लाई जित्नु र सडक बालबालिकाको समस्या नियमितता नै हो जसरीतसरी चलिरहन्छ भन्ने अकर्मण्यता पाल्ने प्रवृत्तिलाई हटाउनसकिएन भने यी बालबालिकाका नाममा मिठाइ बाँड्ने, समाचार छाप्ने र समाचार छापिएको पत्रिका ओढेर सुत्ने बालबालिकाको नियतिमा परिवर्तन आउने छैन। त्र
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px