|
नयाँ दिल्ली, वैशाख २६ गते। शेन वाट्सनले अविजित अर्धशतकीय पालि खेलेपछि इन्डियन पि्रमियर लिगमा राजस्थान रोयल्सले पुने वारियर्सलाई सात विकेटले हराएको छ। पुने वारियर्सले घरेलु मैदानमा छ विकेटको क्षतिमा बनाएको १२५ रनको जवाफ राजस्थानले १६.२ ओभरमा नै दिएको थियो। वाट्सनले अविजित ९० रनको पालि खेले। उनले ५१ बलको सामना गर्दै दस चौका र चार छक्का प्रहार गरे। यसअघि उनले किफायती बलिङ पनि गरेका थिए।
यसैगरी, न्युजिल्यान्डका ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले अर्धशतकीय पालि खेलेर पछि कोलकाता नाइट राइडर्स सोमबार राति देल्ली डेयरडेभिल्सलाई छ विकेटले हराएर शीर्ष स्थानमा उक्लेको थियो।
म्याकुलमले ४४ बलमा ५६ रन बनाएपछि कोलकाताले १८.४ ओभरमा चार विकेटको क्षतिमा १५४ रन बनाई जित हासिल गर्यो। यसअघि, देल्लीले पहिलो ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। नाइट राइडर्स १२ मध्ये आठ खेल जितेर सबभन्दा अगाडि छ। देल्ली दोस्रो स्थानमा झरेको छ। |