Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
कर्णाली समस्या होइन
वसन्ती शाही
 

मुलुककै अति विकट भनेर चिनिने कणर्ाली क्षेत्रलाई राष्ट्रले एउटा समस्याको रूपमा लिइरहेको छ। बाइसे चौवीसे राज्यदेखि नै यो क्षेत्र एउटा खस राज्यको नामले चिनिन्थ्यो। फेरि पनि नेपाली भाषाको उद्गमस्थलको नामले चिनिदै आइरहेको छ। यो क्षेत्र राज्यको नजरमा दुर्गम र पिछडिएको पनि देखिन्छ। यस क्षेत्रबारे केही भन्नुपर्दा वा केही लेख्नुपर्दा थालनीमै अति विकट र अति गरिब भनेर सम्बोधन गर्ने गरिएको पाइन्छ। के यो क्षेत्र साँच्चै राष्ट्रका लागि एउटा समस्याकै रूपमा रहेको छ त ? यस क्षेत्रका विद्यमान विभिन्न किसिमका समस्या र पीडा आˆनै ठाउँमा छन् नै तर यस्ता विविध समस्याको समाधान पनि हाम्रै सामु छन्। राज्यले यस क्षेत्रप्रति गम्भीर भएर सोचेको खण्डमा एउटा समस्याका रूपमा मात्रै नभई राज्यकै निम्ति आयस्रोतको केन्द्रविन्दुको रूपमा आउनेसक्ने सम्भावना धेरै छन्।

पर्यटकीय क्षेत्र

मनमोहक हिमाली शृङ्खला, कोणधारी सदाबहार जङ्गल, तालतलैया, र्‍याˆटिङ्का लागि कणर्ाली नदी र मानसरोवर कैलाश दर्शनयात्राका लागि एकमात्र छोटो र सजिलो बाटो भएको ठाँउ हो कणर्ाली। मुलुककै सबैभन्दा ठूलो रारा, सेफोक्सुण्डो जस्ता ताल यसै क्षेत्रमा पर्छन्। के हामी यस्ता प्राकृतिक सम्पदाको प्रयोग पर्यटन विकासका लागि गर्नसक्दैनौँ ? त्यस्तै यो क्षेत्र मानसरोबर कैलाशको काखमा छ। यहाँ चन्दननाथ, भैरवनाथ, खार्पूनाथ, पंचदेवल जस्ता प्रख्यात धार्मिक स्थल छन्। यस क्षेत्रमा विविधतामा एकता छ। नाम्खे खेमजुङ्, मोटो जस्ता अनेकौँ प्रख्यात गुम्बा पनि यस क्षेत्रका पर्यटकीय स्थल हुनसक्छन्। हजारौँको सङ्ख्यामा नेपाल भित्रने विदेशी पर्यटक यसै क्षेत्रको भ्रमण गर्नबाट वञ्चित भइरहेका छन्। पर्यटन व्यवसायबाट स्थानीय श्रोतसाधनको प्रयोग गरी यस क्षेत्रको आय बढाउनसकिने कुरामा प्रष्ट छ। यसप्रति ध्यान नदिइदा औँलामा गन्नसकिने पर्यटक मात्र बाहिरी 'एजेन्सी'हरूका सम्पर्कबाट यस क्षेत्रमा भित्रने गर्छन्।

जलस्रोतको धनी क्षेत्र

यस क्षेेत्रको अपार जलसम्पदा त्यसै खेर गइरहेको छ। भिरालो खेतीयोग्य जमिन सिच्चाइ सुविधाविना टाक्सिइरहेको छ। विजुली बाल्न नपाएर स्थानीय वासिन्दा सल्लाको दियालो बाल्न बाध्य छन्। मुलुकलाई एसियाली मापदण्डमा पुर्‍याउने राज्यको नारालाई साकार पार्न सोलारबाट विजुली निकाली दिनको दुई घण्टा मुस्किलले सदरमुकामका केही घरमा जुनकिरीको उज्यालोजस्तो बत्ती बालिएको छ। अन्य पूरै जिल्लाबासी सल्लाको कालो धूवाँ उड्ने झरो -दियालो) बाल्न बाध्य छन्, जसको फलस्वरूप स्थानीय स्वास्थ्यस्थिति दिन प्रतिदिन झर्दै छ। यस क्षेत्रका मानिसको औषत आयु अन्य क्षेत्रको भन्दा कम छ। एउटा सर्बेक्षण अनुसार हुम्ला जिल्लाको औसत आयु ५४, जुम्लाको ४७, डोल्पाको ४८, कालिकोटको ४२ र मुगुको ३६ वर्ष छ। मुलुककै ठूलो नदीमा गणना हुने कणर्ाली यसै क्षेत्रमा हुँदाहुँदै पनि यसबाट कुनै किसिमको फाइदा स्थानीय वासिन्दाले लिनसकिरहेका छैनन्। प्यास मेटाउन पनि यसको पानी काममा आएको छैन। रारा ताल, सेफोक्सुण्डो, दुधेदह, राक्षसदह, टाक्ची ताल, न्यालु ताल, निलोदह जस्ता स्थानको व्यवस्थापन हुनसकेको छैन।

जडिबुटीको भण्डार क्षेत्र

यो क्षेत्रलाई जडिबुटीको भण्डार मान्नसकिन्छ। यहाँ गुच्ची च्याउ, अत्तीस, चिराइतो, यार्चागुम्बा, सुगन्धवाल, जटामासि, कटुकी, पदमचाल्नु, बाजडी, बोजो, भुत्केश, निबिसी, कटुकी, काकडशिला, पाँचऔँले, गन्धाइनु आदि विभिन्न जातका बहुमूल्य जडिबुटी पाइन्छन्। यीनीहरूको उचित खरिदबिक्री र संरक्षण गर्न सके यो क्षेत्र मुलुककै धनी र आयश्रोतको केन्द्र सावित हुनसक्छ। अनियमित निकासीबाट यस्ता बहुमूल्य जडिबुटीको अवमूल्यन भइरहेको छ।

कोणधारी बन सम्पदा

देबदारु, धुपी, अग्राख, गोब्रेसल्ला जातका मूल्यवान रुखविरुवा यहाँको कोणधारी जङ्गलमा पाइन्छन् तर यस्ता जंगलको संरक्षण हुन सकिरहेको छैन। बर्सेनि लाखौं रूपीयाँ बराबरको काठको अबैध ब्यापार तिब्बतसंग हुने गर्दछ। यसरी अबैध रूपमा ब्यापार गरिने काठको सही मूल्य ती ब्यापारी -स्थानीय बासिन्दा) हरूले पाउदैनन् र त्यस्तो काठको सही मूल्य निर्धारण पनि हुँदैन। बेच्ने ब्यक्तिको मोलमोलाई नभई किन्नेको मोलमोलाई हुन्छ। उनीहरूको ईच्छा अनुसारको मूल्यमा तीं काठ, नुुन, ऊन र लुगाफाटासंग विनिमय गरिन्छन्।

सबैभन्दा उचाइमा धानखेती

यहाँ फल्ने धानको चामल रातो हुन्छ। यसको स्वाद पनि अत्यन्तै मिठो हुन्छ। रातो मार्सो, कालो मार्साे नामक यो धान ९ महिनामा पाक्छ। मिठो, पौष्टिक र स्वास्थबर्धक यो धान खेतीलाई नै आधुनिक ढङ्गबाट खेती गर्ने प्रविधिको विकास गरी यसैलाई स्थायित्व दिनु आवश्यक छ। एक तुले -यहाँ तुल भनेको अन्न बालीलाई बुझिन्छ, एक तुले भन्नाले अरु कुनै पनि बाली नलगाई त्यही धान खेती मात्रै गरिएको) धानको चामलको भात विभिन्न रोगको औषधि पनि हुन्छ भन्ने गरिन्छ। प्रायः बच्चामा लाग्ने रोगहरूको औषधिको रूपमा पनि यस क्षेत्रमा यस्तो चामललाई लिने गरिएको छ।

फलफुल खेतीको अवसर

स्याउ, दाँते ओखर, काठे ओखर, आरु, आरुबखडा, खुर्पानी, चुली आरु, खामु जस्ता फलफुल प्रशस्तै मात्रामा फल्ने गर्छ तापनि आधुनिक किसिमको खेती प्रविधिको कमी र बजारको अभावका कारण यस्तो किसिमको फलफूल खेती यस क्षेत्रमा फस्टाउनसकेको छैन। यातायातको अभावका कारण वजार ब्यबस्था हुनमा कठिनाइ भइरहेको छ। नेपालका शहरहरूमा भारत र चीनका स्याउको ब्यापार हुन्छ तर आˆनै देशमा फलेको स्याउ रुखमुनी कुहिइएर खेर गइरहेका छन्। यहाँको अन्नबाली राम्रो नहुने भिरालो पाखो जमिनमा फलफुल खेती गरी स्थानीय बासिन्दाले ठूलो लाभ हात पार्न सक्ने सम्भावना धेरै छ तर राज्यको ध्यान यतातिर केन्द्रीत छैन। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px