Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
दुःखाइको कारण
सुशील रिजाल
 

"ऐया आमा दुख्यो" "डाक्टरसाब मलाई यहाँ दुख्छ।' यस्ता शब्दहरूले दुःखाइको भाव जनाउने भए पनि अरूलाई त्यो पीडा अनुभव गराउन सक्दैनन्। दुःखाइ अरूलाई देखाउन सकिन्न। अझ, घाउ, चोटपटक वा रोग विशेषसँग सम्बन्धित दुःखाइ बिरामी स्वयंले अनुभव गर्ने कुरा हो, अरूलाई बुझाउन पनि सकिन्न। हुन त, दुःखाइ जस्तो भए पनि सामान्य अर्थमा दुखिरहेको अवस्था मात्र हो तर चिकित्सकीय प्रयोजनमा भने दुःखाइ एक सम्पूर्ण शब्द होइन। दुःखाइलाई पनि विभिन्न प्रकारमा बाँडिएको छ जसको आ-आˆनै महत्त्व छ। दुख्ने छोडने फेरि दुख्ने, पोलेको जस्तो घोचेको जस्तो, थिचेको जस्तो, चिरेको जस्तो वा अरू कुनै सबैले छुट्टाछुट्टै किसिमका रोगको पहिचान राख्दछ।

कुनै पनि शारीरिक दुःखाइको कारण उमेर, लिङ्ग पेसा आदिको कारणले फरक पर्न सक्दछ। कुनै पुरुषलाई मिर्गौलाको पत्थरीको कारणले कोखामा दुखिरहेको छ भने महिलालाई पनि कोखामा दुख्नुको कारण पत्थरी नै हुनुपर्छ भन्ने जरुरी छैन। त्यो समस्या उनको पाठेघर वा डिम्बाशय सम्बन्धी समस्याले पनि हुन सक्छ। त्यस्तै बच्चाहरूमा जुका पेट दुख्नुको एक प्रमुख कारण हो भने उमेर ढल्केका हरूमा क्यान्सरलाई बिर्सन मिल्दैन।

बिरामी दुख्यो भन्ने समस्या लिएर आयो भने उक्त दुःखाइसँग जोडिएका ५-७ प्रश्नको उत्तरको मात्र के कारणले गर्दा दुखेको हो अनुमान गर्न सकिन्छ। जसलाई अरू थप जाँचले पुष्टि गर्न सकिन्छ। कहाँ दुख्यो ? दुखेको कति भयो ? कस्तो खालको दुःखाइ छ। दुःखाइ त्यही ठाउँमा छ कि अन्त पनि सर्छ ? के गर्दा दुःखाइ झन् बढ्छ वा घट्छ ? कुन बेला बढी दुख्छ ? कत्तिको सहन सकिने खालकेा दुख्छ ? यी दुःखाइसँगै कत्तिको सहन सकिने खालको दुख्छ ? यी दुःखाइसँगै जोडिएका सात प्रश्न हरेक डाक्टरले आफ्ना बिरामीसँग सोध्छन् र सोध्नु पनि पर्छ, जसको सही उत्तरले सही रोग पत्ता लगाउन ठूलो भूमिका खेल्छ।

कहाँ दुख्यो ?

बिरामीले इङ्िगत गरेको क्षेत्र वरपरका अङ्गहरू नै दुःखाइको प्रमुख कारण हुने गर्दछ। छाती दुख्ने समस्या मुटृ, फोक्सो, श्वास नली र खाना नलीको कारणले नभएर मिर्गौलाको कारणले हुने सम्भावना धेरै न्यून छ। कति भयो दुखेको ? आन्द्रा बटारिने, गाठो पर्ने , 'फुड प्वाइजनिङ, र एपेन्डिसाइटिस जस्ता समस्यामा पेट दुख्न थालेको केही घण्टा वा एक -दुई दिनको अवधि हुन्छ। तर आन्द्राको अल्सर हेपाटाइटिस वा कुनै क्यान्सरको दुःखाइको अवधि हप्ताँै वा महिनौ लामो हुन्छ। त्यो बीचमा निरन्तर दुख्ने वा केही समय दुःखाइ हराउने पनि हुन सक्छ।

कस्तो प्रकारको दुःखाइ ?

आन्द्रा, मिर्गौलाबाट पिसाब थैलीसम्म जोड्ने पिसाब नली वा पित्तथैलीदेखि आन्द्रासम्म जोडने पित्त नली

जस्ता 'पाइप' आकारका अङ्गहरूको दुःखाइ फेरि छोडने खालको हुन्छ। यस्तो 'कोलिकि' दुःखाइ आन्द्रा गाँठो परेमा, पिसाब, नली र पित्तनलीमा पत्थरी भएमा हुन्छ। पेटको अल्सरले गर्दा हुने दुःखाइ पोलकेा जस्तो हुन्छ भनेकुनै अङ्गको सङ्क्रमण भएर सुन्नियो भने त्यहाँ टनटन दुख्छ। अपेन्डिसाइटिसको दुःखाइ दिक्कलाग्दो हुन्छ।

दुःखाइ सर्छ ?

सुरुमा नाइटो वरिपरि दुख्यो तर ५-६ घण्टापछि त्यो दुःखाइ सरेर दाहिने कोखामा पुग्यो भने त्यो एपेन्डिसाइटिसले गर्दा भएको हेा। मिर्गौला र पिसाब नलीका पत्थरी छ भने दुःखाइ कोखादेखि सर्दै गएर तिघ्राको भित्री भाग र लिङ्गको टुप्पोसम्म पुग्छ। पित्त नलीको सङ्क्रमण भएका बिरामीमा दुःखाइ दाहिने कोखाबाट सरेर दाहिने कुमको पछाडि भागसम्म पुग्छ। त्यस्तै हृदयघात हुँदाको मुटु दुःखाई सर्दै गएर देब्रे पाखुरा घाटिको देब्रे भाग र देब्रे बङ्गारासम्म पुग्छ। त्यस्तै पाचन ग्रन्थीको सङ्क्रमण भएमा सुरुमा अगाडि छातीमा दुख्छ र पछि त्यो सर्दै गएर पछाडि ढाडसम्म पुग्दछ।

के गर्दा दुःखाइ घटछ वा बढ्छ ?

पित्तथैलीको सङ्क्रमण भएको बेला चिल्लो खानेकारा खाँदा झन् बढी दुख्छ भने चिल्लो नखाँदा दखाई कम हुन्छ। त्यस्तै आमाशयको अल्सर छ भने खाना खाएपछि त्यो खानाले घाउमा गएर हुन्छ। र झन दुखाउँछ। खाना खाने बित्तिकै दुख्ने भएकाले यस्ता बिरामी खानलाई डराउँछन्। तर आन्द्राको अल्सर भएका बिरामीमा भने ठ्याक्कै उल्टो हुन्छ। खाना नखाँदा आमाशयमा जम्मा भएका एसिड आन्द्रामा पुग्छन् र घाउलाई झन् दुखाउँछन्। भोको बस्दा झन् दुख्ने भएकाले यस्ता बिरामी २-३ घण्टामा खाइरहन्छन्। त्यस्तै पेटसम्बन्धी धेरे समस्यामा बान्ता गरेपछि दुःखाइ कम हुन्छ।

कुन बेला बढी दुख्छ ?

पिनासका कारणले हुने टाउको दुःखाइ बिहानदेखि दिउँसोसम्म बढ्दै जान्छ र साझ परेपछि कम हुन्छ। मिर्गौला र पिसाव नलीको पत्थरी भएकाहरूमा पिसाब गर्ने बेलामा दुःखाइ बढेर जान्छ, अरू बेला अलिक कम हुन्छ। वाथको कारणले हुने जोर्नीको दुःखाइ बिहान उठ्दा अत्यधिक हुन्छ र बिस्तारै काम गर्दै गएपछि कम हुन्छ।

सहन सकिन्छ ?

सामान्य झाडापखाला लाग्दा पेट पनि सामान्य मात्र दुख्छ। पत्थरी हुँदा पनि दुःखाइ सहन सकिन्छ तर बाथको जोर्नी दुःखाइ हृदयघातको मुटु दुःखाइ र कुनै पनि क्यान्सरको दुःखाइ सहनै नसकिने किसिमको हुन्छ। हुन त सबै दुःखाइ कष्टप्रद हुन्छ। कति दुख्यो भनेर नाप्ने कुनै यन्त्र भने छैन तर प्रसव अवस्थाको दुःखाइ सबैभन्दा अत्यधिक हुन्छ भनेर चिकित्सकहरूले पनि भन्ने गरेका छन्।

दुःखाइसँगै आउने अरू समस्या जस्तै वान्ता आउने, ज्वरो आउने, पखाला चल्ने, चिटचिट पसिना आउने, रिँगटा लाग्ने जस्ता कुराले पनि शारीरिक दुःखका कारण केलाउन मद्दत गर्छन्। बिरामीसँग कुरा गरेर मात्रै पनि रोग अनुमान गर्नसकिने भए पनि विस्तृत जाँच वा प्रयोगशाला परीक्षण नगरिकन रोग यही हो भनेर उभ्याइहाल्न भने सकिँदैन।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px