Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
ऐतिहासिक दुई नासो
माधव पोखरेल 'गोज्याङ्ग्रे'
 

नेपालमा राणाहरूले १०४ वर्षसम्म जहानियाँ एकतन्त्रीय शासन व्यवस्था चलाए पनि उनीहरूले नेपालमा अत्यन्त महत्त्वपूर्ण उपलब्धिहरू छोडेर गए, जुन अहिले पनि नासोका रूपमा रहेको पाइन्छ। ती नासोका रूपमा रहेका गोरखापत्र र जनकपुर जयनगर रेल सेवा हुन्। गोरखापत्रले ११२ वर्षको वृद्ध हुने अवसर पाएको छ भने जनकपुर जयनगर रेल सेवाले ७३ वर्षदेखि नेपाली र भारतीय जनतालाई निरन्तर सेवा दिंदै आएको छ।

राणा प्रधानमन्त्री देवशम्सेर र जुद्ध शम्सेरले क्रमशः १९५८ सालमा र १९९४ सालमा स्थापना गरी हालसम्म सञ्चालनमा आइरहेको गोरखापत्र र जनकपुर जयनगर रेल सेवाको इतिहास हेर्ने हो भने दुवै संस्थाले सञ्चार र यातायातका क्षेत्रमा ठूलो योगदान गरेको कुरालाई पनि बिर्सन सक्दैनौं। मुलुकका लागि विकासको पूर्वाधार भनेको सञ्चार र यातायात भएकाले त्यतिबेलाको अन्धकारको समयमा सञ्चार र यातायातको विकास हुनु भनेको निकै ठूलो उपलब्धि मान्न सकिन्छ। राणाकालीन यी दुई उपलब्धिमध्ये गोरखापत्रले ११२ वर्षको उमेरलाई यौवनावस्थाको उमेर झैं मानेर निजी क्षेत्रका सञ्चार माध्यमहरूसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ भने करिब ३६ वर्षपछि जन्मिएको जनकपुर रेल्वेको अवस्था दिनप्रतिदिन बिग्रदै गएर कुन दिन थला पर्ने हो ठेगान छैन।

नेपालमा सञ्चार क्षेत्रको कुरा गर्नुपर्दा वि. सं. १९५८ सालदेखि प्रकाशन प्रारम्भ भएको गोरखापत्रले २०५० साल फागुनसम्म एकलौटी रूपले आˆनो प्रभुत्व नेपाली सञ्चार क्षेत्रमा कायम गर्‍यो भन्दा कुनै अत्युक्ति हुन्न। किनभने त्यतिबेलासम्म नेपालमा दैनिक पत्रिकाका रूपमा कुनै पनि पत्रिकाले प्रकाशन सुरु गरेका थिएनन्। थिए भने राजनीतिक पार्टीहरू प्रतिबन्धित भए पनि राजनीतिक चेतना जगाउनका लागि केही साप्ताहिक पत्रिका भने प्रकाशनमा थिए। ती पत्रिका पनि तत्कालीन सरकारको आँखामा परेका कारणले गर्दा लुकीछिपी प्रकाशनमा आउने गरेको कुरा सर्व विदितै छ। यस्तो अवस्थामा एउटा गोरखापत्रले मात्र नेपालमा सञ्चार क्षेत्रको भूमिका निर्वाह गरेको थियो।

एउटा महत्त्वपूर्ण कुरा के हो भने गोरखापत्रले हालसम्म हजारौँ पत्रकार र लेखकहरू जन्माएको कुरालाई भने हामी कहिल्यै बिर्सन सक्दैनांै। भनौं पत्रकारितामा गोरखापत्रले न्यूज बेसिकको संवाददातादेखि लिएर प्रधानसम्पादकसम्म जन्माएको छ। धेरैलाई पत्रकारिता सिकाएको छ भने धेरै गुम्सिएर बसेका प्रतिभाहरूलाई सर्जकका रूपमा मुलुकमा चिनाएको छ जुन गोरखापत्रले गरेको एउटा महत्त्वपूर्ण योगदान हो भन्दा कुनै अत्युक्ति हुँदैन।

राणाहरूले खासगरी आˆनो स्वार्थका लागि र सन्तान दरसन्तानका लागि गरेका कामहरू नै २००७ सालपछि गएर जनताले उपभोग गर्ने अवसर पाएका हुन्। जनकपुर जयनगर रेलसेवा वास्तवमा भन्ने हो भने राणा प्रधानमन्त्री जुद्ध शम्सेरले तत्कालीन अवस्थामा धनुषा र महोत्तरी जिल्लाको सखुवा जातको काठ भारत निकासी गरी आˆनो आर्थिक हैसियतलाई बलियो पार्ने उद्देश्यले सञ्चालनमा ल्याएका थिए। तर पछि गएर सो रेलसेवाले मालसामान ओसार्ने काम सँगसँगै भनौं वा स्थानीय जनताको माग अनुसार यातायातको साधनका रूपमा समेत उपयोग गर्न थालेको पाइन्छ।

यो रेलसेवाले सुरुमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगरदेखि नेपाली भूमि धनुषाको जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरा सम्मको करिब ५३ किलोमिटर दूरीमा सञ्चालन भए पनि वि.संं. २०५९ सालमा विग्ही नदीमा आएको बाढीले सो खोलाको पुल बगाएपछि दूरी छोटिएर हाल २९ किलोमिटरसम्म मात्र सेवा सञ्चालन भइरहेको छ। जसका कारण महोत्तरी जिल्लाका करिब डेढ दर्जन गाउँ विकास समितिका जनता सेवाबाट वञ्चित भएका छन्।

जनकपुर रेल्वेसँगै सञ्चालनमा आएको जापान र बेलायतको रेल सेवाले विद्युतीय प्रविधिबाट सेवा सञ्चालन गर्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ। त्यहाँको रेल प्रतिघण्टा करिब ४५० किलोमिटरका दरले दौडन्छ भने नेपालको एक मात्र र हाल नमुनाकै रूपमा रहेको रेलसेवा लाई २९ किलोमिटरको दूरी पार गर्न दुई घण्टाभन्दा पनि बढी समय लाग्छ। तर जे होस् हामी नेपालीलाई एउटा कुरामा भने ठूलो गौरव छ, त्यो गौरव भनेको कछुवा गतिकै भए पनि नेपालमा पनि रेल सेवा 'न्यारो गेज' मा भए पनि सञ्चालनमा छ भन्दा अत्यन्त खुशी लागेर आउँछ।

भारतमा तत्कालीन अवस्थामा इस्ट इन्डिया कम्पनीले शासन गरिरहेको थियो र राणाहरूलाई खुशी पारेर नेपालबाट केही फाइदा लिन सो रेल सेवा सञ्चालन गरेको थियो। जुन रेलसेवाको इन्जिन बेलायतबाट र सामान ढुवानी गर्ने बोगी भनौं वा यात्रुबाहक डिब्बा चाहिं भारतबाट ल्याएर सञ्चालनमा आएको र सुरुमा कोइलाले सञ्चालित रेल सेवा अत्यधिक खर्चका कारण घाटामा गएकाले वि.सं. २०५० सालदेखि डिजेलबाट रेल सेवा सञ्चालनमा ल्याएपछि भने रेल्वेले केही नाफामा चल्ने अवसर पाएको थियो। अर्को महत्त्वपूर्ण कुरा के हो भने नेपालको एकमात्र जयनगर जनकपुर रेल्वेसँग विश्वमै दुर्लभ मानिएको इस्टिम -वाष्प) इन्जिन रहेको छ। सो इन्जिन हालसम्म दुईवटा मात्र रहेको र एउटा नेपालमा छ। सो इन्जिन नेपालको रेलसेवाले हाल जनकपुरस्थित ग्यारेजमा राखेको छ भने अर्को इन्जिन अस्टे्रलियामा रहेको कुरा सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

पटकपटक दुर्घटनामा परे पनि, सयौं हण्डर खाएर बाँच्न विवश यो रेल्वेले अरूभन्दा पनि नमुनाकै रूपमा नेपालमा पनि रेल सेवा छ भन्ने साइनोमा पारेको छ। यसको विकास र विस्तारका लागि नेपालमा केही महिनाअघि रेल विभाग गठन भएकाले नेपालमा अब रेल सेवाको विकास हुन्छ कि भन्ने झिनो आशा पलाएको छ। हुन त नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै र काठमाडौँ, पोखरा, रक्सौल अमलेखगन्ज, जोगबनी, धरान, लगायतका ठाउँमा रेलसेवा सञ्चालन गर्ने भन्ने मौखिक योजना धेरैपटक सरकारले अघि सारेको भए पनि हालसम्म पूरा हुन भने सकेको छैन। जयनगर जनकपुर बिजलपुरा हुँदै बर्दिबाससम्मको करिब ७० किलोमिटर दूरीमा भारत सरकारको सहयोगमा रेलसेवा सञ्चालन गर्ने योजना अनुरूप सर्भेक्षण भएको छ तर काम कहिले सुरु हुने हो अन्योल रहेकाले राणाकालीन नासो मासिने सङ्केत हामी सबैका सामु प्रष्ट रूपले देखिएको छ।

सरकारले रेल्वेको सुदृढीकरण तथा विकास, मर्मत सम्भारका लागि भनेर पटकपटक गरी करोडाँै रुपियाँ खर्च गरिसकेको भए पनि सो लगानी वास्तवमा भन्ने हो भने हालसम्मको परिणाम हेर्दा बालुवामा पानी हालेसरह नै भएको छ भन्दा अत्युक्ति हुँदैन। जब रेल्वेमा राजनीतिक रूपमा नियुक्ति गर्न थालियो त्यो समयदेखि नै रेल्वेले घाटा बेहोर्नुपर्‍यो र सो क्रम हालसम्म पनि चलि नै रहेको छ। राजनीतिक दलका कार्यकर्ता पाल्ने संस्थाका रूपमा सरकारी संस्थानहरूको उपयोग गर्न थालेपछि भने नेपालमा धेरै संस्थानहरूले विघटन हुनुपरेको र त्यहाँ कार्यरत कर्मचारीको हविगतबाट विरलै अनभिज्ञ छन्।

हुन त नेपालमा राणा कालमै वि.सं. १९६८ सालमा फर्पिङ जलविद्युत् गृहका नामले नेपालकै पहिलो विद्युत् उत्पादक संस्थाको स्थापना भएको थियो। जसले सयवर्ष पार गरिसकेको छ। यो पनि राणाहरूकै नासोका रूपमा रहेको छ। काठमाडौँका जनताले मात्र उपभोग गर्ने सो विद्युत् गृहभन्दा अगाडि नेपालमा विद्युत्को विकास भएको थिएन। जे होस् नेपालमा राणाहरूले आˆनो स्वार्थका लागि जे जति गरे ती पछि गएर सर्वसाधारण जनताले पनि उपभोग गर्ने अवसर पाए। आजको सन्दर्भमा यी सबै कुरा नेपालीको मन मस्तिष्कमा बसिरहेको छ भने यसलाई अहिलेका राजनीतिक दलहरूले सम्झन पनि सक्दैनन्। एकोहोरो रूपले राणाहरूलाई हेर्ने र गाली गर्ने प्रवृत्तिले गाँजिएका छन्। यसो भन्दैमा मैले राणाहरूको पक्षमा वकालत भने गरेको होइन कि उनीहरूले पनि नेपालमा केही राम्रा काम गरेका थिए र आज हामीले उनीहरूले गरेको कामको नासो देख्न पाएका छौँ मात्र भन्न खोजेको हुँ।

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px