Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
अन्ततः समय कठोर हुन्छ
जे. के. विश्वकर्मा
 

विगत चार वर्षदेखि शान्ति र संविधानको लक्ष्य बोकेर खडा भएको संविधानसभा अबको केही दिनपछि रहनेछैन, संविधान जारी भए पनि, नभए पनि र शान्तिप्रक्रिया जे जस्तो अवस्थामा रहे पनि। संविधानसभा आफैंमा न कुनै स्वचालित उपकरण हो, आफैं काम गर्ने, न कुनै अमरत्व प्राप्त जीव हो, कहिल्यै नमर्ने। संविधानसभा आफैंमा न सफल हुन्छ, न असफल।

संविधानसभाका पात्र असल भए सफल हुन्छन् र संविधानसभा पनि सफल हुन्छ। ६०१ जना सभासद्ले जिम्मेवारी पूरा गरे वा गरेनन्, तिनका नेताले तिनलाई जिम्मेवारी दिए वा दिएनन्, अन्तरिम संविधानलाई विस्थापन गर्ने नयाँ संविधान संविधानसभाबाट बन्यो वा बनेन ? जेठ १४, ०६९ उप्रान्त समयलाई त्यो कुनै चासो हुनेछैन।

समयको शाश्वत नियम यही हो कि, रातपछि दिन र दिनपछि रात आउँछ, आउनुपर्छ। काम सकिएन भनेर दिन वा थकाइ मरेकै छैन भने र रात एक मिनेट पनि लम्बिन सक्दैन। यही हो प्रकृतिको शाश्वत नियम, यही हो समयको निष्पक्षता।

शङ्कराचार्यले भनेका छन्- 'जन्मदिने आमा कदापि कुआमा हुन सक्दिनन्, तर कहिलेकाहीँ कुपुत्रको पनि जन्म हुन्छ।' गुमेको लोकतन्त्रलाई पुनपर््राप्ति गर्न आम जनताले ०६२/०६३ मा गरेको जनआन्दोलन 'कुउद्देश्य'ले भएको थिएन। बाह्रबुँदे सहमति र विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप शान्तिप्रक्रियालाई सम्पन्न गरेर संविधान लेख्नका लागि ०६४ मा सम्पन्न भएको संविधानसभाको निर्वाचनमा मतदान गरेर ६०१ जनालाई निर्वाचित गराएर पठाउने जनता कहिल्यै पनि 'कुजनता' हुनसक्दैनन्। संविधानसभा आफैंमा 'कुसंविधानसभा' हुन सक्दैन।

यी दुवै जन्मदाता हुन्, जसको उद्देश्य पवित्र नै हुन्छ। जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिले जे गर्नुपर्ने हो त्यो गरेनन् भने, जहिले गर्नुपर्ने हो त्यतिबेला गरेनन् भने उनीहरू चाहिँ निश्चितरूपमा 'कुपात्र' सावित हुनेछन्- महिला वा पुरुष, भगवान् वा राक्षस जोसुकै भए पनि।

महाभारतको युद्ध यसर्थ १८ दिनभन्दा लम्बिएन कि युद्ध १९ औं दिनमा प्रवेश गरेको भए यस धर्तीले थेग्न सक्ने थिएन, त्यसको परिणाम अर्कै हुनसक्थ्यो। समयको गति न पछाडि फर्किन्छ, न कसैलाई पर्खिन्छ। समय त्यसैको सारथि बन्छ, जसले काम समयमै गर्छ। समयले त्यसैलाई दण्ड दिन्छ, जसले समयलाई चुनौती दिन्छ।

संविधान लेखनका महत्त्वपूर्ण सवाल शासकीय स्वरूप, प्रदेशको सङ्ख्याङ्कन, नामाङ्कन, रेखाङ्कन, सीमाङ्कन, निर्वाचन प्रणाली लगायतका सवाल उपर सहमति जुटेकै छैन। सरकार पुनर्गठन गर्दैमा, त्यसलाई राष्ट्रिय सहमतिको काल्पनिक ढाका टोपी लगाइदिँदैमा संविधान लेखिन्न। सहमति गर्ने सहमतिमा हस्ताक्षर गर्नु र भएको सहमतिलाई व्यवहारमा उतार्नु दुई नितान्त भिन्न कुरा हुन्।

सरकार पुनर्गठन होस् वा नहोस्, राष्ट्रिय सहमतिको सरकार बनोस् वा नबनोस्, मूलतः राज्यको पुनःसंरचना र शासकीय स्वरूपमा सहमति जुटे त्यो पर्याप्त हुनेछ, संविधान जारी गर्न। सत्ताको रसमा नभुलेर संविधान लेखनको उपरोक्त विषयमा दलहरू केन्दि्रत हुने हो भने समयले दिनै लागेको कठोर सजाय र 'कुपात्र'को बिल्लाबाट ६०१ जनाले मुक्ति पाउन सक्छन्। अन्यथा, समय कठोर हुन्छ, मुसाको दुलाभित्र लुके पनि छुटकारा मिल्नेछैन।

अखण्ड सुदूरपश्चिम, अखण्ड चितवन, अखण्ड लिम्बुवान, एक मधेस एक प्रदेश लगायतका नारा झनै सशक्त बन्दै गइरहेका छन्। हामीलाई एकैसाथ सङ्घीयता पनि चाहिएको छ, जातीय सङ्घीयता पनि चाहिएको छ, पहिचान र सामथ्र्यसहितको सङ्घीयता पनि चाहिएको छ र अखण्ड पश्चिम, अखण्ड पूर्व, अखण्ड मधेस, अखण्ड चितवन पनि चाहिएको छ।

यहाँ स्वाभाविक रूपमा के प्रश्न उठ्छ भने सबैलाई आ-आˆनो क्षेत्र अखण्ड नै चाहिएको हो भने, आखिर नेपाल नै चाहिँ किन खण्डित हुनुपर्‍यो ? मधेस अखण्ड हुन्छ भने, लिम्बुवान अखण्ड हुन्छ भने, चितवन अखण्ड हुन्छ भने, सुदूरपश्चिम अखण्ड हुन्छ भने वा हुनुपर्छ भने, नेपाल नै अखण्ड किन हुनसक्दैन ? र किन हुनुहुन्न ? अहिले जुन रूपको सङ्घीयताको परिकल्पना गरिएको छ, वास्तवमा त्यो परिकल्पना आफैंमा सङ्घीयताको विरुद्धमा छ।

सङ्घीयताको परिकल्पनाकारको प्रयास र अभिव्यक्ति देख्दा लाग्छ यो भगवान्को सबैभन्दा सुन्दर प्राणी बनाउने प्रयास जस्तै हुनेछ, जसबाट उ"mट खडा भएको थियो। यस्ता किसिमका मागले सङ्घीयताप्रतिको आकर्षणलाई अरू घटाउँछ, जुन सङ्घीयता नचाहनेहरूका लागि खुशीको खबर हो।

अन्तिम अवस्थामा पनि दलहरू सत्ताको चलखेलबाट मुक्त हुन सकेनन्। राष्ट्रिय सहमतिको सरकारको प्रचार गर्नु र त्यसलाई व्यवहारमा उतार्नु दुई फरक कुरा हुन्। यही पात्र र प्रवृत्तिबाट राष्ट्रिय सहमतिको सरकारको प्रचार गर्नु वा अपेक्षा गर्नु भनेको बाह्र वर्षमा ढुङ्गो टुसाउँछ र गोरु ब्याउँछ भनेर सहमति गर्नु जस्तै हो। प्रदेशको सवालमा, शासकीय स्वरूपको सवालमा, न्यायालयको सवालमा निर्वाचन प्रणालीको सवालमा एक हुन नसकिरहेका नेताहरूले राष्ट्रिय सहमतिको सरकार पुनर्गठनको कसरत केवल विषयान्तरको प्रयास मात्रै हो। राष्ट्रिय सहमति केका लागि भन्ने कुनै ठोस अवधारणा छैन।

राष्ट्रिय सहमतिको सैद्धान्तिक पक्ष के हो ? त्यो तयार भएकै छैन। केवल भावनात्मक जग सिर्जना गरेर राष्ट्रिय सहमतिको भव्य महल तयार गर्न माहिर नेतृत्वले रात बित्ने बित्तिकै त्यो महलमा दोषैदोष देख्छन्। आवश्यकतालाई पूर्ति गर्ने गरी भन्दा पनि मनोकाङ्क्षालाई पूर्ति गर्ने गरी तयार गरिएको राष्ट्रिय सहमतिको भव्य महलको रङ सुक्न नपाउँदै दलहरूमा वितृष्णा पैदा हुन्छ।

जब राष्ट्रिय सहमतिको सरकारको चर्चा हुन्छ, तब गरमागरम बहस हुन्छ कि, कसलाई मन्त्री बनाउने, कति जनालाई मन्त्री बनाउने र कुन मन्त्रालय प्राप्त गर्ने। व्यक्ति, मन्त्रीको सङ्ख्या र मन्त्रालयको आकर्षणलाई केन्द्रबिन्दुमा राखेर गरिने राष्ट्रिय सहमतिले न शान्ति, न संविधान, न राज्यको पुनःसंरचना सम्भव छ। त्यो अहिलेसम्म भएकै छैन। केही दिनअघि सम्पन्न पाँचबुँदे सहमतिबाट के के नै हुन्छ भनेर पुलकित बन्नुपर्ने अवस्था रहेन।

समस्या सहमतिको कार्यान्वयनको हो। समस्या इमानदारीको अभावको हो। समस्या नैतिकताको खडेरीको हो। समस्या विवेकको सुख्खापनको हो। समस्या समयको गतिलाई चिन्न नसक्नुको हो। ती सबै कुराले युक्त पात्र भइदिएको भए टेलिभिजनको पर्दा र पत्रिकाको पानामा 'संविधान जारी गर्ने अन्तिम म्याद अब ... दिन बाँकी' भनेर नेतृत्वलाई दबाब दिनुपर्ने नै थिएन। तथापि, राजनीतिमा सधैं सम्भावनाको ढोका खुल्लै रहनेभएको हुँदा आशा गरौं पत्रु पात्र बनेर कलङ्कको टीका ग्रहण गर्ने छैनन्, ६०१ जना जनताका प्रतिनिधिहरूले।

निश्चित रूपमा संविधान भनेको राजनीतिक शक्तिहरूका बीचको राज्य सञ्चालनको सहमतिको दस्तावेज हो। यद्यपि त्यसका आˆनै विधि, प्रक्रिया, सैद्धान्तिक पक्ष र शास्त्रीय पक्ष छन्। त्यस्तो संविधान घोषणा राष्ट्रिय सहमतिकै आधारम हुनु राम्रो हो। अझ राष्ट्रिय सहमतिको सरकारमार्फत त्यो काम हुनसके सुनमा सुगन्ध सावित हुने थियो। अब केही दिनभित्रै त्यो सम्भव छ ? मनका लड्डु बाँडेर समय खपत गर्नुभन्दा नेतृत्व यथार्थ बन्नु आजको आवश्यकता हो।

प्रकृतिको नियम कठोर हुन्छ, समय अजेय बलवान् हुन्छ। भर्खरै सेती नदीमा आएको बाढीबाट पीडितलाई सोधे हुन्छ, प्रकृतिको नियम कति कठोर हुन्छ। भर्खरै सिरहाको बरियापट्टी र कपिलवस्तुको खुरुहुरियामा आगलागीबाट सखाप भएका बस्तीका व्यक्तिलाई सोधे थाहा हुन्छ, सानो हेलचेत्र\mयाइँबाट सिर्जित प्रकोपले दिने दण्ड कति कठोर हुन्छ। अन्ततः नेपाल र नेपालीको रक्षा गर्ने उनै पशुपतिनाथ हुन्। त्यसैले पशुपतिनाथसँग कामना गरौं- जेठ १४, ०६९ पछि समयमै शान्ति र संविधान लेखनको काम सम्पन्न नगरेबापत समयले दिने दण्ड कस्तो हुँदोरहेछ ? भनेर ६०१ जनालाई सोध्नुपर्ने दिन चाहिँ नआओस्। त्र

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px