Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
अर्थ
सरकारी बजेट रू. २५ लाख विकास खर्च भने रू. ६ करोड
गोकुल पराजुली/विराटनगर
 

विराटनगर, वैशाख २९ गते। विकास निर्माणका लागि सरकारले दिइएको रकम राजनीतिक दलका संयन्त्र मिलेर दुरुपयोग गरेको र विवादका कारण खर्च नभएर बजेट पि|mज भएको धेरै खबर सुनिने गरेकै हो तर यहाँ एउटा बेग्लै घटना सार्वजनिक भएको छ।

दलका नेता तथा जनप्रतिनिधि नहुँदा गाविस चलाउने सरकारी कर्मचारी गाविस सचिवबीच अनियमितताका लागि मात्र होइन, विकासका लागि सहकार्य गर्न सके गाउँको विकासलाई गति दिन सकिन्न भन्ने उदाहारण मोरङको बेलवारी गाविसले प्रस्तुत गरेको छ।

मोरङ उत्तर पूर्वमा रहेको पूर्वपश्चिम लोकमार्गमा पर्ने बेलवारी गाउँ विकास समितिलाई सरकारले चालु आर्थिक वर्षमा २५ लाख ५० हजार रुपियाँ अनुदान रकम उपलब्ध गराएको छ। धेरै गाविसले प्राप्त गरेको यस्तो रकम दुरुपयोग गरेको सुनिए पनि बेलवारीमा भने स्थानीयवासी र गाविस सचिवको सक्रियतामा करिब रु. छ करोड रुपियाँ विकासमा खर्च गरिएको छ। सरकारले दिएको भन्दा बीस गुणा बढी रकम विकास निर्माणमा खर्च गरेर बेलवारी नमुना बनेको छ।

गाविस सचिव पदम विनोद घिमिरे भन्नुहुन्छ- 'जनतालाई विश्वासमा लिन सकियो भने विकासका लागि करोडौँ रकम सङ्कलन गर्न सकिन्छ, जब जनतालाई दलका प्रतिनिधि र सरकारका कर्मचारीको विश्वास लाग्छ, जनता सर्वस्व दिन पनि तयार हुन्छन्।' बेलवारी गाउँ विकास समितिको विकास जनताको सहभागितामा अघि बढेको हो।

विकास निर्माणको कामलाई अगाडि बढाउँदा स्थानीय बस्तीमा उत्साही भएर आफ्नो बाटोघाटो र सडक ढल निर्माणमा जुटिरहेका छन्। यो आर्थिक वर्षमा बेलवारी गाविसअन्तर्गत लालभित्ती शुक्रवारे सडक खण्डको एक किलोमिटर बाटो कालोपत्रे भएको छ। त्यसमा स्थानीयवासिले ४० लाख नगद सङ्कलन गरेर गाविसलाई दिएका थिए।

यसैगरी लालभित्ती केराबारी सडक खण्डको करिब तर किलोमिटर बाटोमा कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। त्यसका लागि स्थानीयवासीले रु. ९३ लाख नगद सङ्कलन गरेर गाउँ विकास समितिको जिम्मा लगाएका छन्। त्यसका लागि स्थानीयवासी र गाविसको पहलमा मन्त्रालयले रु. ४० लाख निकासा गरिदिएको छ।

राजनीतिक दलका उच्च तहका नेताहरूको पहुँच नभएको गाविसमा विकासका लागि रकम निकासा ल्याउन चानचुने नभएको भए पनि जनता सक्रिय भएको खण्डमा कसैले रोक्न नसक्ने स्थानीय रामकुमार राई बताउनुहुन्छ।

जनसहभागिताबाट सङ्कलन भएको रु. ४० लाखले मालपोत कार्यालय कसेनी कृषि सडकको १५ सय मिटर सडकमा कालोपत्रे सकिएको छ। यस्तै जनक मार्ग ग्राभेल गर्न रु. १० लाख र बेलवारी भोगटेनी जोड्ने रत्न मार्ग निर्माणका लागि स्थानीयवासीले ४० लाख रपियाँ सङ्कलन गरेको गाविस सचिव घिमिरेले बताउनुभयो।

यसैगरी पूर्वपश्चिम लोकमार्गको दुवैपट्ट िसडक किनारमा ढल निर्माण गर्न स्थानीयवासीले रु. ८४ लाख सङ्कलन गरेर गाविसलाई दिएका छन्। ढल निर्माणको काम अहिले सुचारु रहेको छ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभइरहेको बेला जनताको अभिभावकìव निर्वाह गर्ने निकाय गठन नभएका कारण विकास निर्माण अवरुद्ध भएको धेरैको बुझाइ छ। गाविस सचिव घिमिरे जनताले अभिभावक सम्झेका कारण बेलवारीमा विकासले गति लिएको र सबै काम जनसहभागिताको माध्यमबाट उपभोक्ता समिति मातहत रहेर भइरहेको उहाँले जानकारी दिनुभयो।

अन्य शीर्षक
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम गोरखापत्र समाचारदाता
दश उद्योग कारबाहीमा रंगेली समाचारदाता
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन गोरखापत्र समाचारदाता
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग गोरखापत्र समाचारदाता
एकैजनाको रू. एक लाखसम्म आम्दानी संखुवासभा समाचारदाता
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी गोरखापत्र समाचारदाता
सुन साताभर तलमाथि गोरखापत्र समाचारदाता
अर्थतन्त्रलाई सही दिशातर्फ डोर्‍याउन पूर्ण बजेट आवश्यक : प्रम गोरखापत्र समाचारदाता
काठमाडौं-हेटौंडा सुरूङमार्ग छिट्टै निर्माण हुने दावी हेटौंडा समाचारदाता
एनआईसी फाउण्डेशनद्वारा सहयोग गोरखापत्र समाचारदाता
भक्तपुरमा कुखुराजन्य खाद्यसम्बन्धी प्रदर्शनी गोरखापत्र समाचारदाता
रु. ३० करोडको जडीबुटी थन्कियो सिराजुद्दिन खान/नेपालगञ्ज
सरकार पूर्णबजेट ल्याउन दृढ : क्षेत्री गोरखापत्र समाचारदाता
बेमौसममा पनि पर्यटक आगमनमा राम्रो वृद्धि भैरहवा समाचारदाता
चेम्बर प्रमण्डलद्वारा बजेटबारे परामर्श, सहमतिबिनाको बजेट अमान्य : कोइराला गोरखापत्र समाचारदाता
जिविसमा कमिशन नै करोडौँ धीरेन्द्रप्रसाद साह/राजविराज
अध्यादेश बजेट जारी नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिने गोरखापत्र समाचारदाता
पेश्की बजेट ल्याउन मिल्दैन : अर्थमन्त्री गोरखापत्र समाचारदाता
आईएफसीद्वारा बुद्ध एयरलाई ऋण प्रदान गोरखापत्र समाचारदाता
पूर्ण बजेट ल्याउन आग्रह गोरखापत्र समाचारदाता
नेप्सेमा सामान्य सुधार गोरखापत्र समाचारदाता
सहरी विकासमा भारतले ४० अर्ब डलर खर्च गर्ने एजेन्सी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px