काठमाडौँ, वैशाख २९ गते। नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराँते डो सङ्घको आयोजनामा शनिबारदेखि प्रथम कात्सुहिको गिबो स्मृति अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्रका पाँच टिम, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी भारत, बङ्गलादेश, पाकिस्तान तथा जापानका टिम सहभागी हुने जानकारी नेपाल कराँते महासङ्घ एवं सितोरियो कराँते डो सङ्घका अध्यक्ष दावा गुरुङले दिएका छन्।
तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगितामा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगिता दशरथ रङ्गशालास्थित कभर्ड हलमा सञ्चालन हुनेछ।