Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
बलमिचाइमा नजाओस् मुलुक
 

पछिल्ला हप्तामा नेपाली राजनीति जातीय राज्यको माग, त्यसको विरोध र "अखण्ड"मा केन्दि्रत रहृयो। हुँदाहुँदा बालाजु क्षेत्रका केही घरका भित्तामा अखण्ड बालाजु लेखिएको पाइयो। जातीयताको खोटो राजनीति गर्ने छोटो बाटो अपनाइएपछि अहिले प्रजातन्त्र, समाजवाद, साम्यवाद, उदारवादजस्ता वादमा नभएर जात, गोत्र र थर, क्षेत्रमा मुलुकलाई खण्डित गर्ने प्रयास गरिएको छ। जातिवादमा राजनीतिक दर्शन पराजित भएका छन्। अहिलेको सबैभन्दा खतरा जातीय असहिष्णुतातिरको हाम्रो यात्रा हो। धनगढी र नवलपरासीमा प्रहरी प्रशासनले कुशलता नदेखाएको भए भीषण जातीय झडप हुने अवस्था देखिएको थियो। हालसम्म रहदै आएको सद्भाव बिग्ाि्रएर मुलुकमा जातीय द्वन्द्व बढ्यो भने यसले अन्ततोगत्वा हामीले स्थापित गर्न चाहेको राजनीतिक व्यवस्थालाई आँँँच पुर्‍याउनेछ। जातीय नामका प्रदेशलाई हार र जितको कसरत बनाइएको छ। प्रदेशहरूमा सीमान्तकृत जातिले के अधिकार पाउने, प्रदेशलाई कति अधिकार सम्पन्न बनाउनेभन्दा पनि जातीय नामलाई प्रत्यक्ष/अप्रत्यक्ष भोटको राजनीति बनाइएको छ। अहिले हाम्रो सबैभन्दा बढी ध्यान जातीय सद्भाव कायम गराउनुमा केन्दि्रत हुनुुपरेको छ। नेपाली काँग्रेसका सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द पौडेलले वक्तव्य प्रकाशित गर्दै जातीय सद्भाव र सहिष्णुतामा आँच आउने कुनै पनि खालको गतिविधि नगर्न आग्रह गर्नुभएको छ। काँँग्रेसले जातीय राज्यको बहकाउमा नलाग्न आफ्ना सभासद्हरूलाई सूचित गराइसकेको छ। सबै राजनीतिक दलहरूले जातीयतालाई बढावा दिन रोकेर जातीय, क्षेत्रीय सहिष्णुता कायम गर्न प्रयास गर्नुपर्दछ। यसो हुनसकने भने मुलुकमा जित र हारको शङ्खला कोरिनसक्दछ। नेपालको राजनीति सदैव जित र हारमा मात्र विभाजित रहृयो। राणाले हारे काँग्रेसले जिते, निर्दलले जित्यो बहुदलले हार्‍यो। गणतन्त्रले जित्यो, राजतन्त्रले हार्‍यो। हार्नेले हारेन मात्र, प्रतिशोध पालेकाले कहिल्यै पनि सत्ता/सरकार स्थायी हुनसकेन। प्रगति अबरुद्ध भए। सबैले जित्नेगरी राजनीतिक उपलब्धिलाई सुरक्षित गर्नसकिएन भने अहिले बनाइएका प्रदेश, संरचना, शासकीय स्वरूप वा पद्धतिविरुद्ध फेरि आवाज उठ्नथाल्दछ। त्यसले देशलाई पुनः विवाद, द्वन्द्व र विभाजनमा धकेल्नेछ

धेरै जातजातिको मिश्रणबाट बनेका हाम्रा गाउँघरमा मर्दापर्दा को कुन जातको भन्दा पनि माथि उठेर सद्भावपूर्ण व्यवहार हुन्थ्ो। आज यस्ता व्यवहार प्रतिशोध र प्रतिरोधमा परिणत हुँदैछन्। जातीय द्वेषको बीजारोपण जनताबाट नभएर नेताहरू, त्यसमा पनि सीमित नेताहरूबाट भएकाले यसलाई सहिष्णुतामा बदल्ने प्रयास पनि उहाँहरूले गर्नुपर्दछ। हाल सुदूरपश्चिमलगायतका क्षेत्रमा नागरिक समाज र धार्मिक गुरुहरूले जातीय सद्भाव कायम गर्ने प्रयास भएका छन्। यस्ता प्रयासलाई राजनीतिक दल र तिनका भ्रातृसङ्गठनहरूले थप सशक्त बनाउनसक्दछन्। अहिले उत्तेजना, आवेग वा अधीर भएर जातीय सहिष्णुता खलल गरियो भने हाम्रा आगामी पुस्ता त्यसको परिणामबाट सबैभन्दा बढी प्रताडित हुनेछन्। विश्वमा जातीयरूपले बनाइएका राज्यहरूले भोगेका अनुभवलाई हामीले आत्मसात् गर्नैपर्दछ। सुडान पछिल्लो उदाहरण भइरहेको छ, जहाँ जातीयताका आधारमा मुलुक टुक्र्याइयो तर दिनहुँ बन्दुक र बारुद पड्किएकै छन्। त्यसको थालनी जातीय माग र दङ्गाबाटै भएको थियो भन्ने बिर्सन हुँदैन। आज पनि यायावर जीवनशैलीमा रहेका र विकासको मूलप्रवाहमा सामेल हुन नसकेका थुप्रै जातिहरू नेपाली समाजमा पाइन्छ। ती सबैको विकास उत्थानमा राज्यले सक्दो प्रयास गर्नुपर्दछ। दलहरूले अन्तिम दबाब सिर्जना गर्नुपर्दछ तर जातीय प्रदेशले मात्र यस्तो काम गर्नुपर्दछ भन्ने होइन। सङ्घीयताको आवश्यकतालाई बहुसङ्ख्यक नेपालीले स्वीकार गरिसकेका छन्। विवाद जातीय सङ्घीयता वा प्रदेशमा रहेको हो। जातीय सङ्घीयता वा प्रदेशका पक्षमा माग र नारा लगाउन सबैलाई छुट छ त्यो उसको अधिकार हो प्रजातन्त्रले नै नागरिकलाई यस्तो अधिकार दिएको हो। अधिकार सीमा र मर्यादारहित हुँदैन। त्यसैले स्वच्छन्दता र स्वतन्त्रता फरक विषय हुन्। आफ्नो पहिचानको अधिकार माग्दा अरूको पहिचान र अधिकारको पनि सम्मान गर्नुपर्दछ। अन्यथा मुलुक बलमिचाइमा जान्छ। यी सबै सम्भावित खतराको प्रभावकारी उपचार जातीय सद्भाव, सहिष्णुता र सहअस्तित्व नै हो।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px