नेपालगन्ज, भदौ २६ गते । बाके जिल्लामा दर्ता भई सञ्चालनमा रहेका छसयभन्दा बढी साना उद्योग विभिन्न समस्याका कारण बन्द भएका छन् । सशस्त्र द्वन्द्वको बेलादेखि मधेश आन्दोलनसम्म गरिएका पटक पटकका बन्द र हडतालका कारण बाकेका अधिकांश साना उद्योगहरू नियमित रुपमा सञ्चालन हुन नसक्दा रुग्ण हुदै गएपछि बन्द भएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय बााकेमा दर्ता भई सञ्चालनमा रहेका एक हजार ४७६ साना तथा घरेलु उद्योगमध्ये ६३७ वटा उद्योग पूर्णरुपले बन्द भई विस्थापित भएको घरेलु तथा साना उद्योग कार्यालय बाकेले जनाएको छ । कार्यालयका अनुसार सशस्त्र द्वन्द्वको बेलादेखि केही महिना पहिलेसम्म हुदै आएका बन्द र हडतालका कारण बााकेमा रहेका ६३७ वटामध्ये अधिकांश साना उद्योगले आफूलाई स्थापित गर्न नसकी बन्द भएको जानकारी गराएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय बाकेका नायवसुब्बा पद्मा शर्माले सरकारले रुग्ण अवस्थामा पुगी विस्थापित भएका साना उद्योगलाई पुनः स्थापित हुने अवसर प्रदान गर्ने उद्देश्यले नवीकरण गराउन नआएको जनाउादै बााकेमा दर्ता भएका एक हजार ४७६ वटा उद्योगमध्ये ८३९ वटा उद्योगले मात्र नवीकरण गरिएको बताउनुभयो । विभिन्न कारणले बन्द भई नवीकरण गराउन नआएका जिल्लाका ६३७ वटा साना उद्योगलाई खारेज गर्ने प्रक्रिया पनि सुरु गरिएको नायवसुब्बा शर्माले जनाउनुभयो ।
२०५६ साल असार मसान्तसम्म कायम रहेका तर तोकिएको म्यादभित्र नवीकरण नगराई खारेजीमा परेका उद्योगहरूलाई नवीकरणका लागि गत साउन २६ गतेसम्मको समय प्रदान गरिएको थियो । तर सो अवधिमा बााकेका ६३७ वटा उद्योगले नवीकरण गराएनन् । ती उद्योगहरू अब कागजमा मात्र सीमित रहेका छन् ।
विभिन्न कारणले रुग्ण अवस्थामा पुगेका र विस्थापित हुन थालेका साना उद्योगलाई पुनः स्थापित गर्ने कुनै दरिलो सरकारी नीति नभएकै कारण बााकेका यती ठूलो सङ्ख्याका उद्योगहरू बन्द भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बााकेका अध्यक्ष जीवनाथ सापकोटाले गुनासो गर्नुभयो ।
सरकारले द्वन्द्वको बेला विस्थापित भएका उद्योगलाई पुनः सञ्चालन गर्न आवश्यक सहयोग गरेर सञ्चालन गराउने कार्य तत्काल गर्नुपर्ने कुरामा जोड दिादै नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामोदर आचार्यले त्यसो नगरिए मुलुकको आर्थिक क्षेत्र धरासयी बन्दै जाने बताउनुभयो ।