Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
नागरिक समाजको भूमिका
 

दलहरू सङ्घीयताको दलदलमा भास्सिइरहेको बेला स्वतन्त्र नागरिक बुद्धिजीवीहरूले आफ्ना दृष्टिकोण सार्वजनिक गरी दलहरूलाई सहमतिमा पुग्न प्रेरित गर्नुपर्ने देखिएको छ। प्रदेशको विभाजनमा दलहरू दलीय दृष्टिकोणबाट विभाजित छन्। पहिचान आफंैमा नकारात्मक परिणाम होइन तर बहुजातीय बहुविशेषतामूलक मुलुकमा एकल जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिंदा अन्य जाति तथा समुदायले आफ्नो सम्मानमा आँच पुगेको महसुस गर्न सक्छन्। त्यसैले सबै अटाउन सक्ने, सबैले सम्मान गर्नसक्ने प्रदेशको निर्माण र नामकरणमा स्वतन्त्र नागरिक समाजले दलहरूलाई दबाब दिनसक्नुपर्दछ। हरेकजसो प्रजातान्त्रिक आन्दोलन र खासगरी २०६२/६३को जनआन्दोलनमा उल्ल्ोख्य सहभागिता जनाएको नागरिक समाज वर्तमान विवादमा किन सुस्त छ भन्ने आमगुनासो छ। नागरिक समाजले आफ्नो प्रतिष्ठा बचाउन सबैभन्दा पहिले आफू निष्पक्ष भएर स्वतन्त्र विचार दिनुपर्दछ। विगतमा यस्तो हुन नसकेकाले समाज र त्यसका प्रतिनिधिमाथि केही आरोप र गुनासा रहे पनि नागरिक समाजको भूमिकालाई अनावश्यक अनुभूत गरिएको छैन तर समाजका सदस्यले आफ्नो स्वतन्त्रता र तटस्थताप्रति आमनागरिकलाई विश्वस्त तुल्याउनुपर्ने भएको छ। लुकेरछिपेर पार्टी र तिनका भ्रातृसङ्गठनका चौवन्नी सदस्यता लिने, नियुक्ति पाउन माउपार्टीलाई लेभी तिरेकै हुनुपर्ने जस्ता प्रवृत्ति र पार्टीमा आबद्ध बुद्धिजीवीले पार्टीका कुरा बोलिदिनुपर्ने भएकाले नागरिक समाजका सदस्यको निष्पक्षतामा प्रश्न उठाइएको हुनसक्छ।

नेपाली काङ्ग्रेसले बहुपहिचानका आधारमा ११ प्रदेशसम्म बनाउनसकिने बताएर अड्किरहेको विवादलाई सल्टाउने प्रयास गरेको छ। माओवादी र एमालेले पनि यस्तै सङ्ख्या प्रस्तुत गरेकाले मोटामोटी यो सङ्ख्यामा सबैको सहमति हुनसक्ने देखिएको छ। प्रदेशको नाम बहुपहिचान वा प्रदेशलाई नै राख्न दिने प्रस्ताव अहिलेका लागि राष्ट्रिय निकास हुनसक्छ। नागरिक समाजले यस्ता प्रस्तावमा सहमति जुटाउन सबै दललाई आग्रह गर्न सक्छन्। फाल्गुनन्द, सलहेस, मिथिला, बुद्ध, पाशुपत, अन्नपूर्ण, कणर्ाली सुन्दरपश्चिमजस्ता प्रदेशको नाममा सायदै विमति जनाइएला। के यी नाम नेपाल र नेपालीका पहिचान होइनन् ? हाम्रा सामूहिक पहिचानलाई जातिजातिमा टुक्र्याएर वैमनस्यको खेती गर्नु र जातीय पहिचानका लागि युद्धको मोर्चामा आऊ भनेर आहृवान गर्दा समस्या चर्काउन सक्छ भनेर दलका नेतालाई नागरिक समाजले सचेत गर्न नसक्नु दुःखद विषय बनेको छ। प्रजातन्त्र वा सशक्त प्रदेशका लागि सङ्घीयताको आवश्यकता देखिएको हो भने प्रदेशलाई नै उसको नामकरण गर्ने अधिकार दिउँ भन्दा प्रदेश र प्रदेशवासीको सम्मान हुन्छ। सबै जातजाति, समुदाय अटाउने सांस्कृतिक तथा सम्पदामा आधारित प्रदेशको नामकरण गरेर प्रदेशलाई जातीय नाम दिँदा जितिन्छ र हारिन्छ भन्ने आमजनतामा रहेको द्वन्द्वात्मक मनोविज्ञानको व्यवस्थापन गर्न सकियो भने भविष्यमा नाम जे राखे पनि प्रदेशमा सबैको सहअस्तित्व कायम हुनेछ। त्यसबेला फेरि प्रदेशले चाहृयो भने आफूलाई उपयुक्त नाम राख्नसक्छ। जनता पनि विश्वस्त भइसकेका हुन्छन्। अहिले नाम, नामसँग जोडिएको अग्राधिकार, आत्मनिर्णयजस्ता अपरिभाषित र विवादास्पद कुराले जनतालाई जातीय नाम भन्नेबित्तिकै त्यसको सम्भावित आतङ्कले पिरोलेकाले केही समय उनीहरूलाई यस्ता विवादका परिणामलाई चियाएर विचार निर्माण गर्न शान्त राजनीतिक वातावरण दिनुपर्दछ। हामीले मुलुकलाई यो सङ्क्रमणबाट अघि बढाई सबैको सम्मान र सहभागितालाई सुनिश्चित गर्न सकियो भने जातीय नामको भ्रम र डरबाट समाजलाई मुक्त गर्नसकिन्छ। नाममा अल्भिmनु बुद्धिमानी र बलवानी दुवै होइन। धनीरामहरू कङ्गाल हुनु र गरिबदासहरू सम्पन्न हुने सन्दर्भमा पनि नाममा अल्भिmएर देशको गतिमा ढुङ्गा तेस्र्याउनु हुँदैन। यसका लागि नागरिक समाजले आफ्नो सामथ्र्य र सार्थकता बुझ्न सकोस्। अहिलेको आवश्यकता सामूहिक जित र बहुपहिचान हो भन्ने कुरालाई तटस्थ नागरिक समाजले अघि बढाउनसक्छ। आज सबैले समस्याका लागि तात्ने र तताउने बेला होइन, समाधानका लागि सोच्ने बेला हो। नागरिक समाजले दायाँबायाँ लागेका दलहरूका खुट्टालाई सही बाटोमा ल्याइदिन सक्छन्। यतातिर सबैको बुद्धि फिरोस्।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px