अजाभोलि अर्थतन्त्रलाई विभिन्न पाटोबाट हेर्ने, विश्लेषण गर्ने र अर्थतन्त्रमा आर्थिक र गैरआर्थिक तìवबाट पार्ने प्रभावका विषयमा खोज, अध्ययन गर्ने कार्यले प्राथमिकता पाउन थालेको छ। अर्थतन्त्रलाई कसरी गतिशील, सुरक्षित र दिगो बनाउन सकिन्छ भन्ने उपाय खोजीका लागि अर्थशास्त्रीहरू अध्ययन र अग्रसरता मार्फत नीतिशिल्पीहरूलाई निरन्तर सल्लाह र सचेत गराउन उद्यत छन्। उनीहरू अहिले अर्थतन्त्रमा देखिएको मौन र विलुप्त क्षति -हिडेन लस) कसरी कम गर्न सकिन्छ भनेर चिन्तित छन्। अर्थतन्त्रमा देखिने लगातारको मौन र विलुप्त क्षतिलाई तत्काल रोक्न सकिएन भने यसले तत्कालका लागि त्यति असर नदेखाए पनि लामो समयसम्म अर्थतन्त्र तङ्गि्रन सक्तैन। यस प्रकारको क्षतिबाट अर्थतन्त्रले व्यहोर्ने लागतका विषयमा परम्परागत अर्थशास्त्रीहरूले ध्यान दिएकै थिएनन्। त्यसैले अवधारणागत रूपमा पनि यो विषय भरखरै विकास हुँदैछ।
के हो मौन क्षति वा विलुप्त घाटा ? पहिला यसलाई प्रष्ट पारेर मात्र नेपालको अर्थतन्त्रमा देखिएका यसका क्रियाकलापलाई साङ्केतिक रूपमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ। आर्थिक क्रियाकलापलाई प्रत्यक्ष प्रभाव पार्ने, त्यस प्रभावबाट कोही पनि पर रहन नसक्ने र विस्तृत चरित्र भएको कुनै पनि मानवीय बाध्यतालाई अर्थतन्त्रको मौन/सुसुप्त क्षति -हिडेन लस) का रूपमा लिन गरिन्छ तर यो प्राकृतिक प्रकोप भने होइन, न यसको चरित्र नै प्रकोपको जस्तो हुन्छ। यस्ता क्रियाकलाप स्थानीय, क्षेत्रीय, राष्ट्रिय र विश्वव्यापी प्रभाव पार्ने हैसियतमा समेत रहन सक्छन् तर यहाँ उल्लेख गर्न खोजिएको सन्दर्भ नेपाली अर्थतन्त्रसम्म मात्र सीमित छ। मौन क्षति -हिडेन लस) ले अर्थतन्त्रको सक्रिय समयलाई निस्त्रिmय पारिदिन्छ, आर्थिक गतिशीलताको गति रोकिदिन्छ र स्वाभाविक अवसर दोहन गर्ने क्षमता स्वात्तै घटाइदिन्छ। कतिपय अवस्थामा यस प्रकारको क्षतिको जानकारी समेत सार्वजनिक क्षेत्रले महसुस गर्दैन भने कहिलेकाहीँ महसुस त गर्छ तर सम्बोधन गर्ने सामथ्र्य तत्काल आर्जन गर्न भने सक्तैन। यो भने लामो समयसम्मको नीति अकमण्र्यताको परिणामका रूपमा अर्थतन्त्रमा देखिएको हुन्छ। त्यसैले यसलाई अर्थतन्त्रको क्षयरोग भन्न सकिन्छ जसले अर्थतन्त्रलाई भुसको आगो झँै नदेखिने गरी भित्रभित्रै भस्म गर्दै लगेको हुन्छ।
नेपालमा हालैका दिनमा अर्थतन्त्रका मौन क्षतिका केही चरित्र गहिरिँदै गएका छन् र सर्वसाधारणले यसलाई पीडादायी अनुभूतिका रूपमा लिँदै आएका छन् तर सार्वजनिक क्षेत्रबाट औपचारिक एवं अनौपचारिक औजार प्रभावकारी रूपमा प्रयोग नगरिएमा यसले नेपालको अर्थतन्त्रलाई मात्र होइन, सामाजिक जीवन प्रणालीलाई नै निकै कष्टप्रद बनाउने निश्चित छ। यसका केही कारक र उदाहरण यहाँ उल्लेख गरिएको छ।
पहिलो क्षति ः केही वर्षदेखि नेपाली समाज लोड सेडिङले आक्रान्त छ। विस्तारै ऊर्जा सघन भएर गएको नेपाली समाज र अर्थतन्त्रमा यसले ठूलो धक्का दिएको छ। यसले उद्योग कलकारखाना, बन्द व्यापार क्षेत्रमा पार्ने प्रभावको यदाकदा विश्लेषण गर्ने गरिए पनि अनौपचारिक र परिवार तहमा पार्ने असरको हरहिसाब गर्ने गरिएको छैन।
नेपालमा अहिले करिब ५६ प्रतिशत घरमा बिजुलीको पहँुच पुगेको छ र बिजुलीबाट ती उनीहरू अभ्यस्त भएमा छन्। बिजुलीको बहुपक्षीय उपयोगबाट यसलाई जीवन प्रणालीको अभिन्न भागका रूपमा लिने बानी उनीहरूमा परिसकेको छ तर दैनिक सोर्ह घण्टासम्म लोडसेडिङका कारण एक करोड ५६ लाख जति सर्वसाधारणको दैनिक सरदर १० घण्टा निस्त्रिmय रूपमा खेर जाने गरेको छ।
यो बाध्यताले तत्कालका लागि क्षति प्रतिवर्ष केही खर्ब रुपियाँमा सीमित हुनसक्छ। यो निस्त्रिmयताले व्यक्तिको आनीबानी, रहनसहन, सोच सामथ्र्य, कार्यजारुकता, सीप र शिक्षाको अवसरमा पार्ने क्षतिको कल्पनासम्म पनि गर्न सकिँदैन। युवा र सिर्जनशील व्यक्तिले देखाउने अग्रसरता, सिर्जना र आविष्कारलाई यसले निषेध गरिरहेको छ। मानवीय क्रियकलाप एउटा शृङ्खलामा रहने भएकाले त्यो शृङ्खला र उत्साह टुट्न गएमा त्यसको नतिजा कहिल्यै ननिस्कन पनि सक्छ।
फेरि खास काम त्यही समयमा नगरिएमा त्यसको सार्थकता नै रहँदैन। जसबाट व्यक्ति, समाज, राष्ट्र र समस्त मानव समुदाय नै प्रताडित हुनपुग्छ। अहिलेका बालबालिका नै भविष्यको नेपालका राजनेता, नीति निर्माता, वैज्ञानिक, आविश्कार सबै हुन्। ऊ एउटा असल र योग्य नागरिक बन्न कडा परिश्रमको क्रममा रहनुपर्ने अवस्थामा छ।
प्रतिस्पर्धात्मक वातावरणमा उसले गर्नुपर्ने मिहिनेत हिजोको भन्दा जरुर बढी छ। लोडसेडिङका कारण उसले मिहिनेत गर्न मात्र नपाएको होइन कि बालमनोविज्ञानमा समेत नराम्रो असर परिरहेको छ। के यस क्षतिको पूर्ति भविष्यका दिनमा गरिने कुनै पनि प्रयासबाट सम्भव छ ?
दोस्रो क्षति ः सबैजसो गृहिणी र क्रियाशील व्यक्तिहरू आजभोलि ग्यास, मट्टीतेल, डिजेल, पेट्रोल, पानी जस्ता जीवन निर्वाहका न्यूनतम आवश्यकताका वस्तुहरूमा लामबद्ध हुन बाध्य छन्। पैसा तिरेर पनि दैनिक उपभोगका वस्तुहरू पाइँदैनन्। पाँच लिटर पेट्रोलका लागि पाँच घण्टासम्म लाइनमा लाग्ने समयमा सवारी चालकले थुप्रै यात्रा तय गरिसकेको हुने थियो।
दसौँ पटक साहुजीलाई ग्यासका लागि अनुनय गर्न जानुपर्ने गृहिणीको त्यो समय मूल्य कति उल्लेख गर्ने ? त्यस्तै पानीको जोहो गर्न मध्यरातदेखि जागा बस्नुपर्ने, धारोमा लाइन लाग्नुपर्ने समयको सट्टा मूल्य कति हो, त्यो पनि भन्न सकिँदैन। यी सेवा-वस्तुका केही साङ्केतिक उदाहरण मात्र हुन्।
सबैलाई थाहा भएकै कुरा हो, नेपालमा सर्वमान्य बजार सिद्धान्तका आधारमा बजार सञ्चालित छैन। जसका कारण आम उपभोक्ताहरूको अमूल्य समय बित्थामा खेर गैरहेको छ।
तेस्रो क्षति ः नेपालको श्रम बजारले प्रतिवर्ष आर्थिक रूपमा सक्रिय हुने चार लाख ५० हजार युवालाई क्रियाशील गर्न सकिरहेको छैन। श्रम बजारमा कामको खोजी गर्नेमध्ये औपचारिक क्षेत्रबाट बर्सेनि करिब २० हजारभन्दा कमलाई मात्र रोजगारी उपलब्ध हुने गरेको छ। स्वरोजगारी सिर्जनाका लागि श्रम, उद्योग, महिला, अर्थ, स्थानीय विकास, कृषि मन्त्रालय अन्तर्गतको निकायबाट करोडौंको लगानीमा सञ्चालित तालिमले व्यावसायिक सीप दिन सकेको छैन। विद्यालय शिक्षा 'टेवुल मान्छे' उत्पादन गर्ने प्रक्रिया हो। त्यसैले प्रतिदिन एकहजार १०० देखि एक हजार २०० सम्म युवाहरू रोजगारीका लागि विदेशिने गरेका छन्। सरकारी पदाधिकारी र अर्थशास्त्रीहरू तर्क देलान नेपालको अर्थतन्त्रमा विप्रेषण आयले ठूलो योगदान गरेको छ तर यसको सिधा सम्बन्ध राष्ट्र निर्माणसँग छ।
नेपाली पसिना मलेसियाको जङ्गल र अरबको मरुभूमिमा पोखिँदा त्यहीँको अर्थतन्त्रले पाउने फाइदाको एक प्रतिशत पनि नेपाली अर्थतन्त्रले पाउँदैन। कुनै पनि मुलुक विप्रेषण आयले विकसित भएको उदाहरण पनि छैन। साथै यसले ल्याउन सक्ने सामाजिक विग्रह र सांस्कृतिक स्खलनको लागत छुट्टै छ। विदेश पनि जान नसक्ने वा नचाहने र नेपालभित्र रोजगारी र स्वरोजगारीमा पनि संलग्न नहुने ठूलो संख्या निराशा र कुण्ठा पालेर देशभित्र बस्न बाध्य छन्। यिनीहरू कि त विना तलबका राजनैतिक जमात बन्छन् वा अन्य अनुत्पादनशील क्रियाकलापमा संलग्न हुन्छन्।
जसले सामाजिक व्यवस्था र मूल्य प्रणालीलाई गलत दिशातिर अभिमुख गराउँछ। नेपालमा धेरै राजनैतिक दल, धेरै बन्द हड्ताल, धेरै भूमिगत समूह बन्नुमा युवा शक्तिको उपयुक्त प्रशोचन हुन नसक्नु प्रमुख कारण हो। व्यस्त र रोजगार व्यक्ति सामान्यतः गलत दिशातर्फ उन्मुख हुने फुर्सद समेत हँुदैन तर यसको पनि अर्थशास्त्रीय र समाजशास्त्रीय विश्लेषण हालसम्म हुन सकेको छैन।
चौथो क्षति ः अहिले कोही पनि व्यक्तिले नेपालभित्र आप\mनो सुरक्षित भविष्य देखिरहेको छैन। पढेलेखेका, धनी र सीपयुक्त व्यक्तिहरू आफ्नो वृत्ति सम्भावना नेपालभन्दा बाहिर देखिरहेका छन्। सबैको गन्तव्य नेपाल बाहिर छ। योग्य, अनुभवी र इमान्दार कर्मचारी आफूले काम गरिरहेको प्रणालीप्रति कत्ति पनि विश्वस्त छैन। वृत्ति विकासका लागि हाकिम, मन्त्री, राजनैतिक कार्यकर्ता र पत्रकार अनि टे्रड युनियनको विशेष निगाहका लागि ऊ अनुचर बन्न चाहँदैन। जसका कारण यस्तो कोही पनि राष्ट्रसेवक बढुवा, वृत्ति विकास मात्र होइन, सरुवा र सामान्य अवसरबाट वञ्चित छ।
लगानीकर्ता निजीक्षेत्र सार्वजनिक निकायबाट गरिने निर्णयबाट दिक्दार छन्। पढ्ने विद्यार्थीहरू बारम्बारका बन्द र हड्तालबाट आजित छन्। राम्रा चिकित्सक र अभियन्ताहरू यस्तै कारणले विक्षिप्त छन्। यी वर्ग आफ्नो क्षमता र अनुभवलाई प्रणाली बाहिर उपयोग गर्न लालायित छन्। नेपालको होनहार प्रतिभा अस्ट्रेलिया र युरोपको विकासमा लगानी भइरहेको छ।
गरिब आमा बुबाले बारीको पाटो बेचेर, पेट काटेर, ऋण काढेर विकास भएको प्रतिभाको लगानी अन्यत्रको विकासका लागि हुनु निकै ठूलो क्षति हो। आप\mनो जीवनको सम्भावना, अवसर उपयोगको सुनिश्चितता आफ्नै जन्मभूमिमा देख्न नसक्ने परिस्थितिले अँध्यारो भविष्यको सङ्केत गरिरहेको छ। त्यसमाथि पनि पछिल्ला दिनमा समावेशीका नाममा राजनीतिक लोकपि्रयताका लागि भएका व्यवस्थाहरूबाट क्षमता, सीप र सम्भावना दोहन गर्नसक्ने सामथ्र्यमा मौन क्षति भइरहेको छ। आशा र सम्भावनाको क्षति आर्थिक विकासका लागि सबैभन्दा ठूलो सङ्कट हो। यी कुरा गुमाइसकेपछि यसलाई स्थापित गर्न समेत निकै लामो समय लगानी गर्नुपर्ने हुन्छ।
त्यस्तै वातावरणीय विनाशको लागतको पक्ष पनि चुनौतीप्रद छ। प्रतिवर्ष केही लाख मानिस काठमाडौं उपत्यकामा मात्र थुपि्रँदै गएका छन्। आधा शताब्दी अघिको संरचनाका आधारमा उभिएको काठमाडौं उपत्यकामा सहरी सेवा, खानेपानी, खुला ठाउँ मात्र उपलब्ध नभएको होइन बाँच्नका लागि नभै नहुने पानी समेत वितरण गर्न सकिएको छैन।
अत्यधिक स्रोत दोहनले प्रतिवर्ष करिब एक मिटर पानीको तह रित्तिँदै छ। अन्य प्राकृतिक साधनका भण्डारहरूको नवीकरणविना लगातार उपयोग बढिरहेको छ। यसले उपत्यकालाई निकै जीर्ण र बूढो बनाउँदै लगेको छ।
उल्लिखित कुराहरू साङ्केतिक रूपमा उल्लेख गरिएका मौन क्षति र विलुप्त घाटाका केही उदाहरण मात्र हुन्। यस्ता मौन क्षतिबाट अर्थतन्त्रलाई बचाउने प्रयास नगरिएमा नेपाली अर्थतन्त्र सधँै निर्वाहको स्तरबाटमाथि पुग्नसक्ने छैन। यसतर्फ अर्थशास्त्री र स्वतन्त्र विश्लेषकहरूले विश्लेषण र सुझाव गर्ने काम अनि नागरिक समाजले सरकारलाई निष्पक्ष सुझाव र पहरेदारी गर्न सक्नुपर्छ। समय र अवसरको गति एकपटक उम्केपछि हामी सधैँ पछि पर्नसक्छौँ। त्यसपछि राजनैतिक तौरबाट सस्तो लोकपि्रयताका लागि घोषणा हुने कुनै आश्वासनले अर्थतन्त्रलाई टेवा दिन सक्ने छैन।
यसको उदाहरण फिलिपिन्सबाट देख्न सक्छौँ। दक्षिण कोरियासँगै विकासको यात्रा सुरु गर्ने फिलिपिन्सले समयको गति समाउन नसक्दा विकासमा पछिल्तिर धकेलिएको छ। समयको गति समाउन भियतनाम र थाइल्याण्ड लागि परिरहेका छन् जसले त्यहाँको विकासलाई सहज बनाउँदै लगेको छ। हामीले यस्तै घटनाक्रमबाट शिक्षा लिनसक्नु पर्छ।