म्यान्चेस्टर -इङ्ल्यान्ड), जेठ १ गते। म्यान्चेस्टर सिटीले आखिर ४४ वर्षपछि इङ्लिस पि्रमियर लिगको उपाधि जितेको छ। यो उपाधि म्यान्चेस्टर सिटीलाई यस सत्रको अन्तिम खेलको अन्तिम समयमा मात्र प्राप्त भयो। जुन सन् १९६८ पछि सिटीको पहिलो लिग उपाधि थियो। युनाइटेडले सन् १९६८ पछि १२ पटक लिग जितिसकेको छ।
पि्रमियर लिग अहिलेसम्म यस्तो नाटकीय अन्तिम दिनको साक्षी बनेको थिएन सायद। क्विन्स पार्क रेन्जर्सविरुद्धको अन्तिम खेलको निर्धारित समय सक्दा सिटी २-१ ले पछाडि थियो। सन्डरल्यान्डको घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडले आप\mनो अन्तिम खेल १-० ले जितिसकेकोले सिटीलाई उपाधि जित्न थप पाँच मिनेटको इन्जुरी समयमा दुई गोल आवश्यक थियो। त्यसैले सन्डरल्यान्डमा म्यान्चेस्टर युनाइटेडका खेलाडी तथा समर्थक उपाधि जितेको खुसी मनाउन थालिसकेका थिए तर सिटीले हिम्मत भने हारेन। आखिर इन्जुरी समयमा सर्जियो अग्वेरो र एडिन जेकोले गोल गरे र म्यान्चेस्टर सिटीलाई अविस्मरणीय उपाधि हासिल भयो।
नौ महिना सञ्चालन भएको ३८ चरणको खेलपछि म्यान्चेस्टरका दुई क्लब सिटी र युनाइटेडबीचको फरक गोल अन्तर मात्र रहृयो। सिटी र युनाइटेड दुवै समान अङ्कमा रहे।
हाम्रो खेल सकिँदा मैले थाहा पाएँ स्कोर २-२ थियो, त्यसैले हामी व्यग्र पर्खाइमा थियौँ जितको खुसी मनाउन तर हामी सबै एक्कासि शान्त बन्यौँ, उनीहरूले अन्तिम समयमा गोल गर्न भ्याए र हामीबाट उपाधि खोसे, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रियो फर्डिनान्डले भने।
सिटीले उपाधि जितेपछि इतिहाड रङ्गशालामा दुर्लभ दृश्य देखियो। रेप|mीले अन्तिम सिठ्ठी फुक्नासाथ सिटीका समर्थकद्वारा मैदान भरिएको थियो।
सिटीका प्रशिक्षक रोवर्टो म्यान्सिनीले 'स्याम्पेन' खोल्दै भने, यो अविस्मरणीय सत्रको नाटकीय अन्त्य हो। हुन पनि पाँच हप्ताअघि म्यान्चेस्टर युनाइटेड अङ्क तालिकामा सिटीभन्दा आठ अङ्कले अगाडि थियो। त्यसैले पनि सिटीको यो उपाधि प्रशंसायोग्य बनेको छ। अन्तिम खेलको अन्तिम मिनेटमा उपाधि खोसिएपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनले भने, पि्रमियर लिग विश्वकै सबभन्दा कठिन लिग हो।
म्यान्चेस्टर सिटीले हालका समयमा टिम बनाउन ठूलै लगानी गरेको छ। पछिल्ला तीन वर्षमा अबुधाबीका शेख मान्सुरले खेलाडीमा एक अर्ब डलर खर्च गरेका छन्। एजेन्सी