Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
सम्पादकिय/विचार
हवाइ दुर्घटनाका शृङ्खला रोक
 

पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थल नजिकैको डाँडामा ठोक्किएर सोमबार दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने छजनाको उद्धार गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार विमान अवतरणका लागि टाढाबाट घुमाउनुपर्नेमा नजिकैबाट अवरतण गराउन खोज्दा मोड नपुगेका कारण डाँडामा ठोक्किएर दुर्घटना भएको हो। थप अनुसन्धान भइनसकेकाले यसैकारण दुर्घटना भयो भन्न सकिने आधार छैन तर जोमसोम नेपालका जोखिमपूर्ण विमास्थलमध्ये एक भएकाले त्यहाँबाट उडान भर्ने र अवतरण गर्नेले स्थानीय भौगोलिक बनोट र मौसमलाई विशेष ख्याल गर्नुपर्दथ्यो। त्यो हुन सकेन कि भन्ने आशङ्का उत्पन्न भएको छ। मानवीय वा प्राविधिक त्रुटि जेसुकै कारण दुर्घटना भएको भए पनि यो घटनापछि पटकपटकका विमान दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश जानसक्ने भएको छ। आठ महिनाअघि बुद्ध एयरको विमान दुर्घटना भएको पीडा निको हुन नपाउँदै भएको यो दुर्घटनापछि नेपालले हवाइ सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई पुष्टि मात्र गरेको छैन हवाइ यात्रुलाई सुरक्षित यात्रामा विश्वस्त बनाउनुपर्ने भएको छ। अन्यत्र हवाइ यातायातलाई सुरक्षित यात्रा मानिन्छ तर नेपालमा भने ठीक उल्टो बुझाइ स्थापित हुने अवस्था आएकोमा चिन्तित हुनैपर्दछ। नेपालको भूबनोटका कारण हवाई यातायात प्रभावकारी हुने भए पनि यहाँका खोँचमा साना हवाइ मैदानका कारण यस्तो यातायात चुनौतीपूर्ण भएको छ। जुन कुरा नेपाललाई बढी आवश्यक छ त्यही कुरा चुनौतीले नेपालमा हवाइ यातायातलाई विश्वासपूर्ण बनाउन केही सघन उपाय थाल्नुपर्ने भएको छ। नेेपालले हवाइ यातायात सुरु गरेको सन् १९५५ देखि हालसम्म ६९ वटा दुर्घटना भएका छन्। दुर्घटनाका कारण हालसम्म ६०८ जनाले ज्यान गुमाइसकेकाले पनि यस्ता सुरक्षात्मक उपायलाई उच्च महत्व दिनुपर्ने भएको हो।

हाल नेपालले पर्यटन विकासका लागि पर्यटकलाई आकर्षक गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यसले गर्दा पनि नेपाली हवाइ सेवाको प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या बढ्दै गएको छ। नेपालले हवाइ सेवामा खुला नीति लिएपछि विभिन्न हवाई कम्पनीले यस्तो सेवा दिइरहेका छन्। हरेक दुर्घटनापछि आमउपभोक्ता यहाँ प्रयोगमा रहेका जहाजको गुणस्तरमा शङ्का गर्दछन् तर अनुसन्धानपछि झण्डै शतप्रतिशत प्रतिवेदनले चालकको गल्तीका कारण यस्तो भएको उल्लेख गर्ने गरेका छन्। यहाँ भएका दुर्घटनाको सङ्ख्याले केही न केही कमीकमजोरीलाई सङ्केत र पुष्टि गरेका छन्। हवाइ दुर्घटना रोक्न वा न्यूनीकरण गर्न पाइलट र प्राविधिकहरू बढी जिम्मेबार हुने भए पनि जमिनमा रहने सामान्य प्राविधिकदेखि नीति नियम बनाउने निकायसमेत उत्तिकै जिम्मेवार रहन्छन्। एक पक्षको सानो गल्ती वा कमजोरीले हुनसक्ने यस्ता भीषण दुर्घटना रोक्न सबै पक्षको समन्वयात्मक प्रयास हुनुपर्दछ। यसका लागि यस्तै प्रकारका कानुनी, प्रशासनिक संरचना बन्नु आवश्यक हुन्छ। मौसमजस्तो मानव नियन्त्रणभन्दा बाहिरका परिस्थितिमा बाहेक अन्य कारणलाई यस्तै मानवीय प्रयासबाट कम गर्न सकिन्छ भन्नेतिर नागरिक उड्डयन प्राधिकरणले विशेष ध्यान दिनु आवश्यक छ। यात्रुको माग र चाप छ भन्दैमा प्रतिकूल मौसम वा अवस्थामा जहाज उडाउन नपाइने व्यवस्थालाई प्राधिकरणले कडाइका साथ लागू गर्नुपर्दछ। हवाई मैदानलगायत उडानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्न कुनै पनि अवस्थामा सम्झौता गरिनुहुँदैन। यहाँका धावनमार्ग, जनशक्ति तथा विमानका प्राविधिक पक्षमा तय गर्नुपर्ने मापदण्डलाई व्यापारको माग र चापसँग सम्झौता गरियो भने यस्ता दुर्घटना बढ्नेछन्। भविष्यमा यस्ता कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न कारण पत्ता लगाई त्यसको नियन्त्रणमा सम्पूर्ण ध्यान दिनु आवश्यक छ। नेपालले हवाई यातायातलाई प्रभावकारी र विश्वसनीय बनाउन सकेन भने आन्तरिक अर्थव्यवस्थामा मात्र होइन पर्यटन क्षेत्रको समग्र विकासमा पनि अवरोध झेल्नुपर्नेछ, यो अवस्था हाम्रा लागि दीर्घकालीन अभिशाप हुनेछ।

अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं
सहमतीय बजेट नै उपयुक्त माध्यम
हिमाल संरक्षणमा साझा प्रयास
परिणाममुखी सहमतिको अपेक्षा
अस्थिरताको भुमरीमा पाकिस्तान
माओवादीको दुःखद विभाजन
राष्ट्रप्रमुखको चिन्ता र चासो
अकाल मृत्युवरणबाट बचाऔं
लोकसेवा आयोगमाथि जनविश्वास
कसैले पनि कसैलाई उक्साउने काम नगरौं
बालश्रमबिरुद्धको महासन्धिबाट सुखद परिणामको अपेक्षा
साझा हितमा बजेट
राष्ट्रियताका सवालमा नेपालीबीचको एकता
महङ्गीको मार
परामर्श प्रतिफलमुखी बनाऔं
बेलैमा सोचौं !
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px