Untitled Document
Untitled Document
 प्रमुख समाचार
नौ बुँदे मागमा सहमति
 
 राष्ट्रिय
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस
 
 सम्पादकिय/विचार
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
 
 विचार/विवेचना
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
 
 अर्थ
ऊर्जा संकट कम गर्न नयाँ कार्यक्रम
दश उद्योग कारबाहीमा
नेपाल टेलिकमको महसूल दरमा परिवर्तन
आईडीएद्वारा नेपाललाई झण्डै नौ अर्ब सहयोग
एकैजनाको रू. एक लाखसम्म आम्दानी
बीमा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी
नेप्सेमा सामान्य सुधार
गरीबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण
कृषि योजना निर्माणमा सरोकार निकायको प्रतिनिधित्व जरूरी
सुन साताभर तलमाथि
 
 खेल जगत
आईसीसी यु-१९ विश्वकपमा नेपालले नयाँ रणनीतिमा खेल्ने
ब्रेट लीद्वारा सन्न्यासको घोषणा
इन्डो-नेपाल सोतोकान कराँते शरु
सेरेनाले जितिन् विम्बल्डन
फूटबलमा प्रविधिलाई स्थान, स्कार्फ लगाएर खेल्न पाउने
प्रवर्द्धनको आशामा च्यानबारा
प्राइम क्लब फाइनलमा
राष्ट्रिय विशेष खेलकूद सम्पन्न
प्राइमद्वारा पि्रमियर पराजित
दुबै खुट्टा गुमाएका पिस्टोरिअस लन्डन ओलम्पिकमा दौडने
 
 मोफसल विकास गतिविधि
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी
 
 
विचार/विवेचना
समाधानको बाटो
सुरेशकुमार भट्ट
 

दुई-तीन वर्षअगाडि एक दिन अनायासै बालाजु बाइसधारा गेट अगाडि एउटा ट्याक्सीमा आँखा पर्‍यो। लेखिएको थियो- 'मेरो महान् नेपाल।' मन प्रफुल्ल भयो र त्यही ट्याक्सी चढी 'सिंहदरबारसम्म जाउ"m' भनेँ। त्यसपछि उसलाई सोध्न थालेँ, 'भाइ कति भो ट्याक्सी व्यवसाय गर्न थालेको ?' उवार आयो १०-१२ वर्षजति भो।' 'काठमाडौँमै हो ?' 'यहाँ त दुई वर्ष हुन लाग्यो। पैले त इन्डियामै चलाउँथेँ।'। अनि ऐन मौकामा सोधिहालेँ, 'भाइ यहाँ कुनै पनि गाडी ड्राइभरले लेख्दैनथे तर बाबुले भन्ने कुरो पूरा हुन नपाउँदै उसले भन्यो। 'देशप्रेम त इन्डियनहरूमा बढी छ दाइ Û मलाई त कसोकसो छाप परिहाल्यो अनि लेखिहालेँ सानो भए पनि हाम्रो देश पनि त महान् छ नि।

अर्काकी आमा जति राम्री भए पनि जन्म दिने आˆनै आमा प्यारो हुन्छ नि ? हैन र ?' बस मलाई यत्ति नै पाउनु थियो भनेँ, 'भाइ मैले भेट्ने मान्छे भेटिसकेँ रोक्नुस्।' पुरानो बसपार्कमै ओर्लिएँ र मन खोलेर त्यो मेरो महान् नेपाल भनेर लेख्ने ट्याक्सी ड्राइभरलाई धन्यवाद दिएँ तर हिजोआज जति धेरै म सडकमा भड्किएर हिँडिरहे पनि फेरि त्यो ट्याक्सी र ड्राइभर भेट्दिन।

समय र परिस्थितिले फाइदा लिएर नेतृत्वमा पुगिहाले तर मान थाम्न गाह्रो परेको छ नेतृत्व पङ्क्तिलाई यतिखेर। एउटा पाको र उचाइ भएको परिपक्व राष्ट्रवादी नेताको खाँचो खड्किएको छ। राष्ट्रवादी जिम्मेवार र त्यागी नेल्सन मन्डेला जस्तो उदार बहुलवादी नेताको निकैै खाँचो छ। नेपाल आमा त्यस्तो नेता जन्माइदेऊ Û अनि मात्र तिम्रो अस्मिता बच्नेछ। कुपुत्रबाट देश बचाउन ढिला पो हुन्छ कि ? देशै गुम्ने हो कि ? भन्न बाध्य पारिएको छ। "न रह्यो बाँस न बज्यो बाँसुरी" भनेझैं एकल जातीय प्रदेश नबने प्रतिकार गरे भनेर पनि पछि पर्दैनन् हाम्रा नेताहरूू। यो कुन हदसम्मको स्खलन हो ?

जातीय द्वन्द्वको शंखघोस गर्ने नेता कुन कोटीमा पर्छन् र नियत के हो ? त्यसैले त एकले अर्कालाई 'मै सरहको त हो ऊ पनि' भन्ने अहम्ले आफूहरूभित्र छाडेर बाहिर खोजिरहेको अवस्थाले गर्दा पनि अरुले आˆनो प्रभाव र चातुर्यको प्रक्षेपण गरिरहेका छन्।

मुलुकलाई यस्तो जटिल परिस्थितिबाट पार गराउन फेरि पनि नाउ त नेताहरू हुन्। तसर्थ घरसारको कुरा टक्सारमा नपुर्‍याउन सहमति र सहकार्यबाट लेनदेन गरी निकास दिनु नै बुद्धिमानी ठहर्छ। २०६९ जेठ १४ को खड्को नेपाली राजनीतिका शीर्ष नेताहरूको लागि पहिचान र सामथ्र्यको कसौटीमा जचिने दिन पनि हो। त्यसैले नेपाली लोकोक्ति 'खाने नानीको पाइन खले जाँतोमा देखिन्छ' भनेभै"m अबका दिनमा आमाको अस्मिता अक्षुण्ण राख्न र नेपाली जनतालाई राहत दिन शान्ति र समृद्धिको महान् नेपाल बनाउन पहिचान र सामथ्र्यसहितको सङ्घीय लोकतान्त्रिक संविधान यही जेठ १४ भित्रै ल्याउनुपर्छ। तब मात्र नेता र दलको श्रेय रहनेछ, अस्मिता बच्नेछ।

अन्यथा देशले कठोर संकटको सामना गर्नुपर्ने स्थिति सुरु भइसकेको खण्ड र अखण्ड, एकल र बहुजातीय पहिचाहनको तुफानले अहिले विभिन्न भूभागमा जनस्तरमा आन्तरिक विखण्ड र अखण्डले अहिलेकै स्थिति रहेमा कुनबेला दनदनी बल्न सुरु हुने हो यसै भन्न सकिन्न। मौसमी गर्मीसँगै राष्ट्रमा ताप र राप थपेको छ।

२०६२/०६३ को जनआन्दोलनबाट लोकतान्त्रिक अधिकार प्राप्त भएकाले मुख खोल्न पाएका नेपालका बहुधार्मिक, बहुभाषी, बहुजाति र बहुसंस्कृतिभित्रका केही समुदाय एकल जातको पहिचानलाई राष्ट्रिय पहिचानभन्दा माथि देख्ने र नेपाली हुनुभन्दा जात हुनुमा महान् पहिचान पाउने र सम्मान हुने भन्ने मनोगत रोगले ग्रसित बनेको परिस्थिति एकातिर छ भने केही नेता त्यसैमा मलजल गर्दैछन्।

केही जातकै लागि राज्य खडा गर्नुपर्ने माग आई.एन.जी.ओ.ले नेपथ्यमा हिजैदेखि सुरु गराएका थिए। आज प्रत्यक्ष भएको छ। युगौँदेखि कायम रहँदै आएको सामाजिक सद्भाव खल्बल्याउने कामको प्रारम्भ भएको छ। त्यसै मेसोमा खण्ड खण्डको कुरो गर्दछन् भनिरहेका छन्। कोही भने अर्कोतर्फ साबिक अखण्डमै रहनुपर्छ खण्ड खण्ड र अखण्डको विवादले उग्र रूप लिँदै गइरहेको छ। फेरि कोटेली भुरे टाकुरे रजौटा जातीय नारामा स्थापित गरेर पश्चगमन गरी अग्रगमनको साइनबोर्ड लगाउने नारा अलापिँदै छ।

आज जनजातिलाई आदीवासी सँगै जोडेर खिर्राको रूखको आडमा कुट सिमल सारिए जसरी सारिएको छ। जो सधैँ आधारमा मात्र बाँचोस्, क्लाइम्बर्स लहरे बिरुवा जो थाँक्रो खोज्छ त्यस्तै बनाउने केही दलको प्रयत्न हिजैदेखि जारी छ। आफू थाँक्रो बन्ने अर्थात् आधार बनेर फलाइ खाने। त्यस्तो सोचबाट कुनै पनि जाति माथि उठ्न सक्तैन। त्यस्तोे सोच जनहितका लागि हुनै सक्तैन। तथापि नेपालमा त्यस्तै हुँदैछ। पछाडि परेका जाति वर्ग र क्षेत्रलाई क्षमता र सामथ्र्य वृद्धि गरी आत्मनिर्भर बनाउनुभन्दा ठूलो र भरपर्दो अर्को कुनै विकल्प देखिँदैन।

एउटा उपमा फेरि पनि कुट सिमलकै लिउ"m, आधार नदिई कुट सिमल रोपौँ र त्यसलाई मलजलको मात्रा राम्रोसँग पुर्‍याउँ ऊ आपै"m उभिन सक्छ। अरू रूख सरह बढ्छ र बलियोसँग उभिन्छ तर सँगै अरू बिरुवाको आड दिएर रोपेको कुट सिमल कहिल्यै आफू एक्लै उभिन सक्ने हुँदैन। किनकि आधारमा हुर्किएकोले आधार नै खोजिरहन्छ। आधार ढल्यो भने ऊ सँगै ढल्छ। तसर्थ स्वयं उभिन सक्ने अर्थात् आत्मनिर्भर हुन सक्ने गरी क्षमता र सामथ्र्य वृद्धि गरिदिने अवसरको व्यवस्था गर्नु पर्दछ। शिक्षा, स्वास्थ्य, आहार, अवसरको आरक्षणले आत्मनिर्भर गराउन मद्दत पुर्‍याउँछ। तसर्थ एकल जातीय राज्य खडा गरेर फेरि पनि नयाँ रजौटा बनाउनु राष्ट्र हितमा र जनहितमा कदापि हुन्न।

बहुजातीय राज्यको अवधारणा र पछि परेका जाति, वर्ग, क्षेत्रलाई आवधिक रूपमा क्षमता र सामथ्र्य वृद्धि गर्ने सीप र दक्षतामूलक आरक्षण सहितको समानुपातिक प्रादेशिक संरचना नै नेपालका लागि उपयोगी सिद्ध हुनेछ। á

अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या विजया दाहाल
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं डा. गोविन्दराज भट्टराई
दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी
बजेटको बखेडा श्याम श्रेष्ठ
सम्पर्क भाषामा संस्कृतको स्थान कमल रिजाल
झिनामसिना होइन, मूल कुरातिर लागौं डा. विश्वदीप अधिकारी
जंगली च्याउ खानु कि नखानु गोपीचन्द्र कार्की
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता बाबुकाजी कार्की
राजनीतिक वस्तुस्थिति मिठाराम विश्वकर्मा
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ? निर्मलकुमार आचार्य
ओबामा र पुटिनको कूटनीति रामप्रसाद आचार्य
ताजा जनादेश उत्तम विकल्प सुदर्शन खड्का
जातीयताको प्रश्न र राष्ट्रिय राजनीति गणेश अधिकारी
अग्लो व्यक्तित्वका धनी गिरिजाप्रसाद कुलचन्द्र वाग्ले
'भूमिगत गिरोह'देखि खेलनायकसम्म सीताराम अग्रहरि
लक्ष्य प्राप्तिका लागि सहमति गोविन्द पोखरेल
सहमति भए निकास निश्चित गोकर्ण अर्याल
निरङ्कुशताविरुद्ध गिरिजाबाबुको चुनौती पुरुषोत्तम बस्नेत
बजेट प्रस्तुतिको माखेसाङ्लो रामकृष्ण रेग्मी
'रियो' सम्मेलन र हाम्रो प्रवृत्ति हरिप्रसाद भट्टराई
लिकबाट बरालिएको नेपाली राजनीति श्याम श्रेष्ठ
समस्याग्रस्त सार्वजनिक खर्च शिवराम न्यौपाने
'प्लुटो' किन ग्रह होइन ? आकाश महर्जन
मुक्त हलिया पुनःस्थापना गणेश वी.के.
मार्खेज र 'म्याजिक रियालिज्म'
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px